×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाएर ३२ वर्षे बनाउने चलखेल शुरू भएको छ । 

Muktinath Bank

स्रोतका अनुसार अहिले गृहमन्त्रालयबाट मौखिक स्वीकृति लिएर प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ मन्त्रालयका अधिकारीहरू अहिले छलफलमा छन् । केही महिनाअगाडि प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसी बढुवा भएका थिए ।


Advertisment
Nabil box
Kumari

सेवा अवधिका कारण अगामी १८ गते अर्थात् ९ दिनपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् ।

Vianet communication
Laxmi Bank

तर केही व्यक्तिहरू सशस्त्र प्रहरी नियमावली २०७२ लाई संशोधन गरेर आईजीपी केसीको समयावधि बढाउन लागिपरेको स्रोतको दाबी छ । 

सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ को नियम ६५ उपनियम १ (क) सच्याउन चलखेल भइरहेको हो । यो नियममा सेवा अवधि ३० वर्ष पूरा भएमा अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

सेवाअवधि बढाउने चलखेलले बढुवाको आशमा बसेका तल्लो तहका अधिकारीहरूमा निराशा पैदा भएको छ ।

सशस्त्रमा माथिल्लो तहमा खाली नहुँदा तल्लो तहका अधिकृतहरू १६/१७ वर्षसम्म एउटै पदमा अड्किएर बसेका थिए ।

यसरी अड्किएकाहरूलाई ३ दिनअगाडि मात्र बढुवा सिफारिश गरिएको थियो ।

सेवा अवधि ३२ वर्षे बनाउँदा फेरि त्यसरी नै तल्लो तहमा अड्किने भय रहेको अधिकारीहरू बताउँछन् । 

‘बल्ल–बल्ल बढुवाको लाइन खुलेको थियो । फेरि ३२ वर्षे बनाउने चलखेल भएपछि त्यही हविगत दोहोरिने भयो,’ सशस्त्र प्रहरीका एक निरीक्षक (इन्स्पेक्टर)ले लोकान्तरसँग भने, ‘तल्लो तहका कर्मचारीहरूको कसैलाई चिन्ता छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x