कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
बैशाख ११, २०७९
स्थानीय तहमा मेयर बन्नका लागि चार प्रदेशका ७ जना सांसदले पदबाट राजीनामा दिएका छन् ।
बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपा र कांग्रेसका गरी २ जना, १ नम्बर प्रदेशबाट एमालेका २ जना र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रबाट १ जना सांसदले राजीनामा गरेका छन् ।
त्यसैगरी अन्य प्रदेशहरूमा सांसदले राजीनामा नगरेपनि तिनका स्वकीय सचिवहरूले राजीनामा गरेका छन्।
महानगरपालिकामा मेयर बन्नका लागि भन्दै बागमती प्रदेशका दुईजना सांसदहरूले पदबाट राजीनामा दिएका छन्।
चितवनको भरतपुर महानगरपालिकाको मेयर बन्नका लागि बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिएको राजीनामा वैशाख ८ गते नै सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरी उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेका थिए ।
उनले एमालेबाट भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिँदैछन् ।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले विज्ञप्ति जारी गर्दै सुवेदीले दिएको राजीनामा सभामुखबाट स्वीकृत भएको तथा उक्त पद रिक्त भएको जनाएका थिए।
त्यसैगरी काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनका लागि एमालेकै प्रदेश सांसद केशव स्थापितले पनि राजीनामा दिएका छन् ।
स्थापितले वैशाख ११ गते दिएको राजीनामा सभामुखले स्वीकृत गरेको प्रदेश सभा सचिवालयका सचिव श्रेष्ठले बताए ।
मेयर बन्नका लागि भन्दै मधेश प्रदेश सभाका २ जना सांसदहरूले पदबाट राजीनामा गरेका छन्।
रौतहटको निर्वाचन क्षेत्र नम्बर ४(२)बाट निर्वाचित शेषअबुल कलाम आजादले दिएको राजीनामा वैशाख ९ गते सभामुख सरोजकुमार यादवले स्वीकृत गरेका थिए ।
रौतहटको गढीमाई नगरपालिकाको प्रमुख बन्नका लागि उनले राजीनामा दिएपछि सभामुख यादवले सोही दिन उक्त क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको सूचना प्रकाशित गरेका थिए ।
स्वतन्त्रबाट निर्वाचित भएका उनी पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। अहिले जसपाबाट मेयर पदमा लड्नका लागि आजादले प्रदेश सांसदबाट राजीनामा दिएका हुन्।
त्यसैगरी मधेश प्रदेशकै सर्लाही जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र महतो कुशवाहाले सांसद पदबाट राजीनामा गरेका छन्।
प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार वैशाख ११ गते उनको राजीनामा इमेलमार्फत प्राप्त भएको हो ।
सर्लाहीको गोडैता नगरपालिकाको मेयर बन्नका लागि उनले सांसद पदबाट राजीनामा दिएका छन् । उनी सर्लाहीको ४(२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
त्यसैगरी १ नम्बर प्रदेशबाट हालसम्म दुईजना सांसदहरूले मेयर बन्नका लागि सांसद पदबाट राजीनामा दिएका छन् ।
१ नम्बर प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार एमालेका दुईजना सांसदहरूले आज राजीनामा दिएका छन् ।
इलाम १ (२) बाट निर्वाचित काजीमान कागते र झापा १ (२)बाट निर्वाचित गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका छन्।
मेची नगरपालिकाको प्रमुख पदमा लड्नका लागि प्रदेश सांसद पदबाट राजीनामा दिएको बुढाथोकीले लोकान्तरलाई बताए।
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका सांसद दिपेश थारुले वैशाख ९ गते नै सांसद पदबाट राजीनामा दिएका छन्।
बर्दियाको निर्वाचन क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका सांसद थारूले राजापुर नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्। मेयर पद कार्यकारी पद भएकाले सांसद पदबाट राजीनामा दिएको उनले लोकान्तरलाई बताए ।
कर्णाली प्रदेशमा हालसम्म कुनै सांसदले राजीनामा नदिए पनि ३ जना सांसदका स्वकीय सचिवले राजीनामा दिएका छन्।
प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार एमालेका तीनजना सांसद यमलाल कंडेल, कौशिलादेवी खत्री र करवीर शाहीका स्वकीय सचिवहरूले स्थानीय चुनावमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि एमालेका दुईजना सांसदका स्वकीय सचिवले राजीनामा गरेका छन् । त्यहाँको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार एमालेका तर्फबाट पूर्वमन्त्री समेत रहेका पठान सिंह बोहोरा र अर्का एक सांसदका स्वकीय सचिवले राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार एमालेका सांसद नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका सांसद तुलाराम घर्तीका स्वकीय सचिवले पनि राजीनामा दिएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म कुनै पनि सांसदले राजीनामा नदिएको गण्डकी प्रदेश सभा सचिवालयका उपसचिव जितेन्द्रजंग केसीले बताए । त्यसैगरी संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा हालसम्म कुनै पनि सांसदले राजीनामा गरेका छैनन्। तर सांसदका स्वकीय सचिवहरूले भने राजीनामा गरेको हुनसक्ने उनले बताए।
'माननीयज्यूहरूका स्वकीय सचिवले राजीनामा गरेको हुन सक्छ, माननीयज्यूहरूले त्यसको जानकारी पछि मात्र दिने हुनाले अहिल्यै यकिन भन्न सकिएन,' धमलाले लोकान्तरसँग भने ।
मेयर लड्न भनेर राजीनामा दिएका मन्त्रीले टिकट नपाएपछि हत्तपत्त लिए फिर्ता !
सिरहा नगरपालिकाको मेयरमा टिकट सुनिश्चित नभएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् ।
मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट पक्का नभएपछि फिर्ता लिएका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सांसद रहेका यादव अहिले प्रदेश सरकारमा मन्त्री छन्।
'साथीभाइहरूको समन्वयमा मेयरको टिकट पाउने सुनिश्चित नभएपछि दिएको राजीनामा मैले फिर्ता लिएको हो,' यादवले लोकान्तरसँग भने, 'सिरहा नगरपालिकामा सत्ता पक्षीय गठबन्धन गरेर नेकपा एसलाई नै मेयर पद दिने भन्ने मौखिक सहमति भए पनि व्यवहारमा नमान्दा मैले आफ्नो राजीनामा फिर्ता लिएको हो ।'
यादव नेकपा एसका सिरहा जिल्ला अध्यक्ष पनि हुन्।
'मैले राजीनामाका लागि अस्ति प्रदेश सभा सचिवालयमा निवेदन दिएको थिएँ, तर दर्ता पनि नभएको हुनाले राजीनामा फिर्ता लिन सहज भएको हो,' उनले भने ।
यसअघि प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले पनि लोकान्तरलाई प्रतिक्रिया दिँदा उनले राजीनामा दिएको खुलाएका थिए। तर अहिले उनी पनि यादवले मन्त्री पदबाट दिएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता नगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जस्ताको त्यस्तै निवेदन फिर्ता पठाएको बताए।
'मन्त्री यादवले सांसद पदबाट राजीनामा दिएको भए प्रदेश सभा सचिवालयमा दर्ता हुन्थ्यो, तर उहाँले मन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रदेश सभामा निवेदन दिएको हुनाले दर्ता नगरी मुख्यमन्त्री कार्यालयमा पठाएको थिएँ,' प्रदेश सभा सचिवालयका सचिव यादवले भने ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...