२६ जेठ २०८३, मंगलबार

कांग्रेसबाट यी हुन् रुपन्देहीमा उम्मेदवारहरू

बैशाख १२, २०७९
कांग्रेसबाट यी हुन् रुपन्देहीमा उम्मेदवारहरू

सत्तारुढ गठबन्धनले मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमवार मात्र रुपन्देहीका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएका छन् । 

रुपन्देहीका प्रमुख पालिकाहरु कांग्रेसले लिएको छ । उपप्रमुख र उपाध्यक्ष गठबन्धन अन्य दलहरुलाई अझै टुंगो लगाएका छैनन् । 

बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको नाम टुंगाएको हो । बुटवलको उपप्रमुख नेकपा एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ पाउने भएका छन् । त्यस्तै तिलोत्तमामा कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँण उम्मेदवार बनेका छन । 

उनी यस अगाडि २०७४ मा नेकपा एमालेका बाशुदेव घिमिरेसँग पराजित भएको थिए । त्यस्तै देवदह नगरपालिकामा हिरा बहादुर खत्रीलाई अगाडि सारेको छ । उनी अहिलेका मेयर हुन् । 

त्यस्तै सैनामैना नगरपालिकामा फणीन्द्र शर्मालाई अगाडि सारेको छ । उनी यस अगाडि पनि उम्मेदवार थिए ।

त्यस्तै सिद्धार्थनगरमा इस्त्याक खान उम्मेदवार बनेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सहबुद्धिन मुसलमान उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै सुद्धोधन गाउँपालिकामा विष्णु बस्याल, सियारीमा थानेश्वर घिमिरे, कञ्चन नवराज ढकाल मायादेवी धु्रवनारायण चौधरी, रोहणी बैजनाथ साहनी  समरीमाईमा विवेक कुमार श्रीवास्तव उम्मेवारको टुंगो लगाएको जिल्ला सभापति रामकृष्ण खाँणले बताए ।

रुपन्देहीका १६ स्थानीय तह रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्