
महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसले अन्ततः मेयर पदका लागि चिरन्जीवी हमाल नै आधिकारिक उम्मेदवार रहेको खुलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतलाई आधिकारिक पत्र लेखेर दोहोरो मनोनयन पेश भएकोमा आधिकारिक उम्मेदवार हमाल नै रहेको जानकारी दिएका हुन् ।
यसअघि प्रल्हाद क्षेत्रीले पनि टिकट लिएर मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि विवाद उत्पन्न भएको थियो ।