२६ जेठ २०८३, मंगलबार

स्थानीय तह निर्वाचन : कुन पदमा कति जनाको पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

बैशाख १३, २०७९
स्थानीय तह निर्वाचन : कुन पदमा कति जनाको पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विभिन्न पदका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी परेको छ । 

आइतवार र सोमवारको उम्मेदवारी मनोनयन कार्यतालिकामा सो संख्याले मनोनयन गरेको मंगलवार बिहान निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दिएको पछिल्लो जानकारी अनुसार स्थानीय तहको प्रमुख पदमा ३ हजार २ सय ६१ जनाको उम्मेदवारी परेको छ । 

यस्तै अध्यक्ष पदमा ३ हजार २ सय ५४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

उपप्रमुख पदमा २ हजार ३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्ष पदमा २ हजार २ सय ९२ जनाको उम्मेदवारी परेको छ । 

यस्तै वडा अध्यक्ष पदमा ३२ हजार ५९ जनाको उम्मेदवारी परेको छ । 

महिला सदस्यमा २३ हजार ३ सय ७५, दलित महिला सदस्य पदमा २१ हजार १ सय १५, तथा सदस्य पदमा ४८ हजार ९ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । 

तालिकामा हेर्नुहोस्

तालिका सौजन्य : निर्वाचन आयोग
 

salt training

कमेन्ट गर्नुहोस्