×

NMB BANK
NIC ASIA

सप्तरीमा २३ दलका उम्मेदवार चुनावमा भिड्दै

बैशाख १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गएपछि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू योजना बैठक, भेला, कोणसभामा व्वयस्त हुन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सप्तरीमा उम्मेदवारी दर्ता गरेका २३ दलका उम्मेदवार प्रतिबद्धतापत्र र निर्वाचन चिह्नसहित घरदैलोमा पुग्नुका साथै कोणसभामा व्यस्त हुन थालेका छन् । सप्तरीमा सूचीकृत ३४ राजनीतिक दलमध्ये ११ दलको उम्मेदवारी नपरेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । केही दलले ठूला पार्टीको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएको राजविराज वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार दीपककुमार दासले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सप्तरीमा उम्मेदवारी दिने २३ राजनीतिक दलमध्ये १९ दलले मात्र पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालयले दिएको तथ्याङ्कअनुसार सप्तरीमा सबै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा उम्मेदवारी  दिने तीन दल मात्र रहेका छन् । जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले मात्र सप्तरीको १८ वटै स्थानीय तहको प्रमुख दुई पदमा उम्मेदवारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

जनता समाजवादी पार्टी नेपालले सुरुङ्गा नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएको छैन । त्यस पालिकामा नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन रहेको जसपा सप्तरीका कोषाध्यक्ष वृजमान तामाङले बताए । लोकतान्त्रिक समाजवादी पार्टीले सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिका, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको दुवै पद र बलान बिहुल गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिन सकेको छैन । सप्तरीमा लोसपाको कुनै पार्टीसँग गठबन्धन नरहेको र आवश्यक तयारीका अभावमा तीन वटा पालिकाको प्रमुख पदमा उम्मेदवारी दिन नसकिएको लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरले बताए । 

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रले चार पालिकामा प्रमुख पदमा उम्मेदवारी दिन सकेको छैन । सुरुङ्गामा जसपाको भागमा प्रमुख र खडक नगरपालिकामा एकीकृत समाजवादीको भागमा उपप्रमुख दिएर गठबन्धन गरेको माओवादीको अन्य पालिकामा गठबन्धन भएको छैन । कञ्चनरुप र सुरुङ्गा नगरपालिका, राजगढ गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी नदिएको माओवादीको तर्फबाट रुपनी गाउँपालिकामा अरुणकुमार साहले दिएको मनोनयन रद्द भएको छ । मतदाता परिचय पत्र भए पनि मतदाता नामावलीमा नाम नभएका कारण साहको मनोनयन रद्द भएको पार्टी नेता किरण जायसवालले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ पालिका प्रमुखमा र १० पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । राप्रपाले बोदे बर्साइन नगरपालिका तथा राजगढ, रुपनी र महादेवा गाउँपालिकामा दुवै मुख्य पदमा उम्मेदवारी दिन सकेको छैन । खडक नगरपालिकाको उपप्रमुखमा तथा विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको उपाध्यक्षमा राप्रपाको उम्मेदवारी परेको छैन ।

नेकपा (एकीकृत समाजवादी) को १२ पालिकाको प्रमुखमा र १० पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा मात्र उम्मेदवारी परेको छ । डाक्नेश्वरी, हनुमाननगर कंकालिनी नगरपालिका तथा राजगढ र तिरहुत गाउँपालिकाको दुवै मुख्य पदमा नेकपा (एस)को उम्मेदवारी परेको छैन । खडक नगरपालिकाको प्रमुखमा, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा, रुपनी,  महादेवा र तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एस)को उम्मेदवारी परेको छैन । राजविराज नगरपालिकामा उपप्रमुखमा मनोनयन दिनुभएकी ममता चौधरी गत विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट समानुपातिक बन्दसूचीमा रहेका कारण नाम दर्ता हुन पाएनन् ।  

एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा उम्मेदवार हुन नसक्ने मान्यताका आधारमा बन्द सूचीमा नाम रहेसम्म उम्मेदवार बन्न नपाउने आयोगले पहिले नै जनाएको थियो । बन्दसूचीको नाम हटाउन सम्बन्धित राजनीतिक दलले नै सहजीकरण गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था छ ।

एमालेले तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा तथा जनमत पार्टीले राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार बनाएको छ । जनमत पार्टीले सप्तकोशी नगरपालिकामा प्रमुख पदमा महिला उम्मेदवार खडा गरेको छ ।

नेपाली कांग्रेसले सुरुङ्गा नगरपालिका प्रमुखमा महिला उम्मेदवार खडा गरेको छ । माओवादी केन्द्रले बलान बिहुल, नेकपा (एस) ले तिलाठी कोइलाडी, लोसपाले तिरहुत गाउँपालिका र नेमकिपाले रुपनी गाउँपालिकामा महिलालाई  अध्यक्ष पदमा उम्मेदवार चयन गरेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x