कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको कालिदास बनेर गठबन्धनको विपक्षमा उभिए । माओवादी र कांग्रेसले ७ जुनीसम्म कहिल्यै नछुट्टिने भनेर वाचा कसम खाँदै मंगलसूत्र पहिरिएर बिहे गरेका हैनन् भनेर काला, गोरा, खैरा सबैले बुझ्नु अपरिहार्य छ ।
नेपाली सेना र माओवादी लडाकु एउटै ब्यारेकभित्र भात खान सक्ने, निदाउन र परेड खेल्न सक्ने तर कांग्रेसले हँसिया हथौडामा भोट हाल्दा तोरीखोलाको वनझाँक्रीजस्तो काँप्नुपर्ने किन ? माओवादीले पनि रूखमा भोट हालेर दस्तावेजीकरण गरिएको कुनै बेलाको प्रधान शत्रुसँग मितेरी साइनो लगाउँदैछन् । छोराछोरीको भविष्यका लागि अर्कैसँग दोस्रो विवाह गरेर गएकी श्रीमती त फर्काएर ल्याउनुपर्छ भने देश र जनताको भविष्यका लागि कांग्रेस-माओवादी मिल्दा के फरक पर्छ ?
ओलीबामार्फत् संविधानमाथि पटक-पटक हमला हुँदा कांग्रेस रत्यौली खेलेर, कुरौनी बाँडेर बस्न सक्दैनथ्यो । माओवादी पनि राजा योगेन्द्र मल्ल मर्दा ३१ वटी रानी सती गएजस्तै सती जान सक्दैनथ्यो । ओलीबा साइबेरियाबाट नेपाल आउन उडेको खोया हाँसजस्तै तेज गतिमा अगाडि बढिरहेका थिए । बरु निरंकुश भनिएका राजाले जनताको नासो जनतालाई नै फिर्ता दिएका थिए, तर ओलीबाले त आफैँसँग लिएर जान खोजेका थिए ।
कांग्रेस र माओवादीसहितको चुनावी गठबन्धन मूलत: २०६२/०६३ को जनआन्दोलनको गठबन्धन बराबर हो । फरक यति हो, त्यतिखेरको गठबन्धन संविधान सभाका लागि थियो, यतिखेरको गठबन्धन संविधान रक्षाका लागि हो । यो प्रचण्डले चुनाव जित्ने वा हार्नेसँग सरोकारको विषय नै हैन । महात्मा गान्धी, नेल्सन मण्डेला, होची मिन्हा, आङ सान सू ची र प्रचण्डले चुनाव जिते पनि, नजिते पनि खासै फरक पर्दैन । संसारका देखिएका ९० प्रतिशत सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनहरू चुनाव जितेर गरिएका हैनन् ।
गिरिजाबाबुले प्रचण्डको काँधमा सुम्पिएको अभिभारा
आफ्नो भौतिक जीवनको अन्तिम मिनेटतिर अस्पतालको शय्याबाट गिरिजाबाबुले 'बाँकी शान्ति प्रक्रिया र देशलाई कता लैजाने, कस्तो प्रणाली विकसित गर्ने त्यो तपाईंको जिम्मा' भनेर प्रचण्डको हात समातेका थिए । गणतन्त्र नेपालका नायकद्वय गिरिजाबाबु र प्रचण्ड एकै हलमा नारिएका गोरुजस्ता थिए । र, परिवर्तनको रक्षा गर्ने बलियो आधार गिरिजाबाबुले प्रचण्डको अनुहारमा देखेका थिए । गिरिजाबाबु र प्रचण्डको एकता इतिहासको विशेष तर निर्मम परिस्थितिको उपज थियो । गिरिजाबाबुको निधन भएपछि प्रचण्डले भनेका थिए, 'कांग्रेसले त एउटा सभापति गुमायो होला तर आज मैले अभिभावक गुमाएको महशुस गरेको छु ।'
कांग्रेस र माओवादीको चुनावी एकतालाई लिएर धेरै वैचारिक प्रश्न उठेका देखिन्छन् । छिनछिनमै कुरा फेर्ने भनेर सामाजिक सञ्जालमा प्रचण्डलाई छेपारो पनि भनिएका छन् । तर डायनामिक नभएको भए उनी २० वर्षअगाडि नै मारिइसकेका हुने थिए भनेर तिनीहरूले बुझ्नुपर्दछ । माओवादी आन्दोलन समग्रमा एक रणनीति थियो र त्यो रणनीति पूरा गर्न त्यसका नेतृत्वकर्ता प्रचण्डले छिनछिनमै कुरा फेर्नै पर्थ्यो । फेरि युद्धको नेतृत्व गरेको कमान्डरले गौतम बुद्धको नक्कली अवतार रामकुमार बम्जनजस्तो अनिश्चितकालसम्म आँखा चिम्म गरेर बस्न पनि त सक्दैन ।
प्रचण्डजस्तै गिरिजाबाबु पनि गतिशील थिए । उनले पनि छिनछिनमै कुरा नफेरेको भए शायद १७ हजारको ठाउँमा आज १७ लाख भनेर लेख्नुपर्थ्यो । गिरिजाबाबुलाई कलंक भनेर दुत्कार्नेहरू पनि कैयौं छन्, तर उनी परिवर्तनका नायक हुन् । देशको संविधान नै बदल्नका लागि प्रचण्डले गरेको युद्ध र आन्दोलनलाई फ्युजन गराएर नारायणहिटी दरबार खाली गराइदिने गिरिजाबाबु देशको सच्चा अविभावक थिए । उनी कांग्रेसको मात्रै सभापति थिएनन्, देशकै सभापति थिए ।
आज प्रचण्ड एक्लै भएका छन् । र पनि उनलाई प्रतिगमनकारी बाँझो खेत जोत्नैपर्ने जिम्मेवारी आइलागेको छ । जुवा तान्ने सहकर्मी गोरु चाहिएको छ । घुँडा टेक्ने, थाक्ने छूट छैन । आफ्नै सहोदर भाइबहिनीले समेत सभापतिमा मतदान नगरेको तथ्य मनन गर्दै शेखर कोइरालाहरूले पनि राष्ट्रको जीवनलाई केवल अंकगणित वा हारजीतसँग तुलना गर्नुहुँदैन ।
माओवादीलाई खुला राजनीतिमा ल्याउँदा कांग्रेसलाई राजनीतिक रूपमा क्षति हुने थाहा पाएरै पनि शान्ति र स्थिरताका लागि गिरिजाबाबुले बुढेसकालमा दिल्ली पुगेर १२ बुँदे सहमति गरेका थिए । गिरिजाबाबुको आत्माको शान्तिका लागि यतिखेर कोइराला परिवार र समग्र कांग्रेसले प्रचण्डलाई भरपूर सहयोग गर्नु आवश्यक छ ।
गिरिजाबाबु र प्रचण्डको सहकार्य कुनै वैचारिक मत मिलेका कारण भएको थिएन । देशको तत्कालीन परिस्थिति र राजनीतिक घटनाक्रमले उनीहरू एक हुनु आवश्यक थियो । हाल शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र प्रचण्डको गठजोड पनि देशको विशेष राजनीतिक घटनाक्रमका कारण खडा भएको हो । हिजो बीपी कोइरालाले प्रजातन्त्रको लडाईं पनि कम्युनिस्टहरू सँगै मिलेर लडेका थिए ।
पञ्चायतविरुद्धको संघर्ष पनि एक्लाएक्लै भएको हैन । आजको यो गठबन्धन परिवर्तनलाई उल्टाउन खोज्ने प्रतिगमनकारी, प्रतिक्रान्तिकारी तत्त्वका विरुद्ध हो भन्ने बुझ्नुपर्दछ । एउटा प्रचण्ड चुनाव हार्ने वा जित्ने विषय हैन, यो त देशले हार्ने कि जित्ने भन्ने प्रश्न हो ।
राजनीतिमा सबै कुरा सम्भव छ । गिरिजाबाबुसँग मिलेर विस्तृत शान्ति प्रक्रिया अगाडि बढाउनु र राजनीतिकरूपमा देशले फड्को मारेर आजको स्थितिमा आइपुग्नु प्रचण्डले भन्ने गरेको राजनीतिमा असम्भव भन्ने कुरा केही छैन भन्ने दर्शनको स्वत: पुष्टि हो । एमालेसँगको एकता पनि संविधानको रक्षा, गणतन्त्रको रक्षाका आधारमा भएको थियो । तर रक्षक नै भक्षक भएपछि त्यो आधार स्वत: भत्किएको हो ।
शायद केपीबाले संसद् विघटन गरेर संविधान मास्ने खेलको प्रारम्भ नगरेको भए आज माओवादी र कांग्रेस एक ठाउँमा आउनुपर्ने स्थिति बन्ने नै थिएन ।
प्रचण्ड अस्थिर भएको हुँदै हैन, यो त प्रचण्ड झन् गतिशील भएको हो । कांग्रेसले आफ्नो विचार बन्धकी राखेको पनि हैन, यो त देशको संविधान र प्रणाली रक्षाका लागि केही समय सहकार्य गरेको मात्र हो । गिरिजाबाबुले भनेजस्तै सहमति, सहकार्य र एकता हो । २०५७ सालदेखि पोस्टरमा मात्रै प्रचण्ड देखिनु, प्रचण्ड भन्ने मान्छे छ भन्ने कुराको अस्तित्व २०६३ साल असार २ गते बालुवाटारको पत्रकार सम्मेलनबाट मात्र पुष्टि हुनु र २०६५ सालमा त्यही प्रचण्ड गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नु यी सबै सहमति, सहकार्य र एकताका उपज हुन् ।
गिरिजाबाबु र प्रचण्डले हस्ताक्षर गरेको शान्ति सम्झौता र त्यसपश्चातको संकल्प तथा प्रतिबद्धताको फलस्वरूप नेपालमा संविधान सभामार्फत नयाँ संविधान लेखिएको, राजतन्त्रको अन्त्य भई धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको कुरा नेपालको मान्छेलाई मात्र हैन चराचुरुङ्गीहरूलाई पनि थाहा छ । संविधानमाथि बारम्बार हमला हुनु त्यो देशमाथिको हमला त हो नै प्रचण्डमाथिको हमला पनि हो । त्यो भन्दा धेरै गिरिजाबाबुमाथिको हमला पनि हो । यसकारण यो स्थानीय चुनावमा भोटको आदान-प्रदान गरेर कांग्रेस र माओवादी फेरि पनि एकपटक लोकतन्त्र, गणतन्त्र र संविधानवादको पक्षमा उभिनुपर्दछ ।
केपीबाको समूह कहिल्यै पनि माओवादी आन्दोलन र प्रचण्डसँग नरम हुन सकेनन् । गणतन्त्रमा कहिल्यै अपनत्व ग्रहण गरेनन् । यतिसम्म कि २०६२/०६३ सालमा गिरिजाबाबुको टाउको फुट्नेगरी जनआन्दोलन हुँदा केपीबा टेलिभिजनमा समाचार हेरेर घरभित्रै बसेका थिए ।
आज पनि केपीबा बालकोटमा टेलिभिजन हरेर बसिरहेका छन् । रातभरि नसुतेर अनिदो बसी शकुनी चाल रचिरहेका छन् । तर, जब कांग्रेस र माओवादी रणनीतिक रूपमा एक भएर अगाडि बढे, ओलीबाका विकेटहरू एकपछि अर्को गर्दै गिरिरहेका छन् । सम्भवत: यो महिनाको अन्तिमसम्ममा ओलीबासँग गिर्न बाँकी केही हुँदैन ।
यसरी हेर्दा वैशख ३० गते स्थानीय निर्वाचन पनि हो, गिरिजाबाबु र प्रचण्ड मिलेर ल्याएको परिवर्तनको रक्षा गर्ने दिन पनि हो ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...