×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

दिनभर भोकै, रातमा अनिदो : ग्यास्ट्रिकले उम्मेदवार लखतरान !

उम्मेदवारलाई डाक्टरको सुझाव– पानी धेरै पिउनुस्

बैशाख २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुलीको गोलाञ्जोर गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार ज्वालाप्रसाद न्यौपाने बुधवार खुर्कोटस्थित एक होटलमा खाना खान पसेका थिए । मध्याह्न साढे १२ बजे हात धोएर टेबलमा बसेका थिए । पस्किएको खाना टेबलमा ल्याउँदै गर्दा न्यौपानेको मोबाइलमा अध्यक्षका उम्मेदवार पुष्पबहादुर कार्कीको फोन आयो । 

Muktinath Bank

‘साथीहरूले खाना खाँदै गर्नुहोला, मलाई अध्यक्षले बोलाउनुभयो । म पछि आएर खाउँला,’ एकजना सहयोगीलाई लिएर न्यौपाने हिँडे । मोटरसाइकलमा बसिसकेका न्यौपानेले छोटो प्रतिक्रिया दिए, ‘चुनावको बेला एउटा भोटको पनि उत्तिकै महत्त्व हुने, पस्केको खाना पनि छाडेर हिँड्नु पर्दोरहेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्वाला न्यौपाने


Advertisment
Nabil box
Kumari

स्याङ्जाको वालिङ नगरपालिकमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण खाँण वैशाख १८ गते दिउँसो ३ बजेसम्म भोकभोकै थिए । उद्योग वाणिज्य संघ वालिङले उम्मेदवारसँग चुनावी प्रतिबद्धता माग्नका लागि गरेको कार्यक्रमले खाना खाने समय नमिलेपछि उनी दिनभर भोकै रहे । ‘हरेक वडा र वडाका पनि टोलटोलमा पुग्नुपर्ने भएकाले कहिलेकाहीँ खाना खान समय नै मिल्दैन, अरू केही खाएर हिँड्नुपर्छ,’ खाँणले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

बिहानदेखि बेलुकासम्मको घरदैलो, दिउँसोको कार्यक्रमको समीक्षा र भोलिको योजना बनाउनुपर्ने भएकाले उम्मेदवारहरू थाकेर लखतरान भएको भेटिए । 

नेपाली कांग्रेसबाट स्याङ्जाको गल्याङ नगरपालिकाका मेयरका उम्मेदवार गुरू भट्टराई सकेसम्म धेरै मतदाताको घरमा पुग्नुपर्ने भएकाले खाने र बस्ने ठेगान नहुने बताउँछन् । 

‘सबै वडा र टोलका मतदाता र शुभेच्छुकले आइदिएहुन्थ्यो भन्नुहुन्छ, पहाडी भेगका गाउँमा पुग्नुपर्ने भएकाले खाने बस्ने टुंगो हुन्न,’ चुनावी प्रचारको शिलशिलामा भेटिएका भट्टराईले भने । 

उम्मेदवारहरू घरदैलोमा जाँदा मतदाताले अपनत्व फील गर्ने भएकाले घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको उनी बताउँछन् । बिहानदेखि बेलुकासम्म चुनावी अभियानमा सहभागी हुँदा चितवनको भरतपुरमा गठबन्धनकी उम्मेदवार रेणु दाहालको घाँटी बसेको थियो ।

बिहान ७ नबज्दै घरदैलो शुरू गरेकी रेणु राति ८ बजे अन्तर्वार्ता दिँदै थिइन् । ‘भर्खरै मारवाडी समुदायका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम थियो, बिहानदेखि बेलुकासम्म एक मिनेट फुर्सद छैन,’ रेणुले भनिन् ।

कतिपय स्थानमा भने उम्मेदवारहरू एकले अर्कालाई स्वास्थ्यको ख्याल गरेर प्रचारमा लाग्न सुझाव दिएको पाइयो । 

‘कलेजमा सँगै जागिर खाएका र पढाएका सन्तोषलाल श्रेष्ठ(तानसेन नगरपालिकाको मेयर पदका कांग्रेस उम्मेदवार)लाई स्वास्थ्य पनि ख्याल गर्नुहोला, धेरै पानी खानुहोला भनेर सुझाव दिएको थिएँ,’ पाल्पाको तानसेन नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका धनेन्द्र घिमिरेले भने ।

उम्मेदवारलाई डाक्टरको सुझाव– 'पानी धेरै पिउनुस्'

चुनावको चटारोमा रहेका उम्मेदवारलाई सकेसम्म खानपानमा ध्यान दिन र पानी धेरै पिउन सुझाव दिन्छन्, वीर अस्पतालबाट अवकाश लिएका वरिष्ठ फिजिसियन एवं मुटुरोग विशेषज्ञ डा. देवी भुसाल । उम्मेदवारले आहारबिहार र व्यवहारमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

डा. देवी भुसाल

पर्याप्त पानी नपिउँदा शरीरमा डिहाइड्रेसन हुने तथा खाना नखाँदा प्रेसर र सुगर बढ्ने समस्या हुने डा. भुसाल बताउँछन् । ‘उम्मेदवारहरू स्टे«समा आएर बोल्दा सुगर र प्रेसर बढ्छ, यसमा पनि संयमता देखाउनुपर्छ,’ डा. भुसालले लोकान्तरसँग भने । 

उनले थपे :

चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारहरू घरदैलोमा हिँड्दा खानाको तह नपर्ने, पानी पनि पर्याप्त नपिउँदा स्वास्थ्यमा समस्या आउने हुन्छ । खाली पेट हुँदा ग्यास्ट्रिक मात्र होइन प्रेसर र सुगरलाई अझ छिटो असर गर्छ । सुगर भएको बिरामी भए चक्कर नै लाग्न सक्छ ।

सुगर अलिकति लो भयो भने मानिस बेहोश हुनसक्छ । अर्को खानाको अनियमितताले प्रेसर तलमाथि हुनसक्छ । प्रेसर लो भएपनि, हाइ भएपनि त्यसले स्ट्रोक हुने खतरा हुन्छ । प्रेसर र सुगर ब्यालेन्समा हुनुपर्छ । प्रेसर सुगरले तत्कालै असर गर्छ । त्यसपछि समयमा नखाँदा ग्यास्ट्राइटिस हुने खतरा हुन्छ । ग्यास्ट्राइटिस भएपछि पेट पोल्ने, अमिलो पानी आउने, भोक नलाग्ने आदि हुन्छ । त्यसैमा अनिद्रा थपियो भने धेरै थकाइ हुन्छ । 

इम्युनिटी पावरमा पनि असर पर्छ । समयमा नखाँदा भाइरसले आक्रमण गर्छ । नेपालको खानामा ब्यालेन्स डाइट छैन, भातमा कार्बोहाइड्रेट मात्र छ । खाने शैली पनि राम्रो छैन । त्यो पनि खाना नखाएमा झनै समस्या हुने भयो । प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, मिनरल र पानी सम्झनुस् । 

अहिलेको समयमा ३ देखि ५ लिटर पानी पिउनुपर्छ । चुनावमा भोट माग्दै दिनभरी हिँड्नेले त कम्तिमा पनि ५ लिटर पानी पिउनै पर्छ । उम्मेदवारहरूले स्वास्थ्यलाई कायम गर्न उपयुक्त आहारबिहार र व्यवहारलाई ध्यान दिनुपर्‍यो । अहिले गर्मी छ भनेर फ्रिजको पानी खाने गल्ती नगर्नु होला । रूम टेम्प्रेचरको पानी खाने गर्नुपर्‍यो ।  

चुनाव प्रचारमा हिँड्दा भात नै खान तह नपरे जंकफुड खानुभन्दा ब्राउन ब्रेड र बोइल गरेको अण्डा खादा पनि भयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x