×

Nic Asia
Dabur
Prabhu Bank

स्थानीय चुनाव : भरतपुर महानगरपालिका विशेष

गठबन्धनको भविष्य निर्धारण गर्ने क्षमता बोकेको भरतपुर महानगरको 'ग्राउन्ड जिरो'

चितवन | बैशाख २३, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

भरतपुरमा बिहीवार आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभामा कांग्रेसका जिल्लास्तरीय नेताहरूले मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनसम्म यो गठबन्धन कायम रहने प्रतिबद्धता खोजे ।

yONNEX
Frooti
Appy

शुरूमा चुनावी तालमेलको विरोध गरेका कांग्रेसका निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ र केन्द्रीय सदस्य समेत रहेका चितवनका प्रभावशाली नेता टेकप्रसाद गुरुङले अहिले चुनाव जितेर पछि धोका दिने हो कि भनेर प्रचण्डप्रति आशंका व्यक्त गरे । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

श्रेष्ठ र गुरुङ मात्र हैन कांग्रेस चितवनका कार्यकर्ताहरू विगतमा जस्तै कांग्रेसको सहयोगमा छोरीलाई मेयरमा जिताउने र एमालेसँग तालमेल गरेर प्रतिनिधि सभा चुनाव जित्ने दाउमा प्रचण्ड लाग्ने हुन् कि भन्ने आशंकामा छन् । प्रचण्डले गठबन्धन १५ वर्ष चल्ने हल्का जवाफ त दिए, तर त्यो जवाफमा कांग्रेस कार्यकर्ता विश्वस्त हुन सकेको देखिँदैन ।


Advertisment
Lokantar App
Saurya island

कांग्रेस कार्यकर्तालाई 'इमोसनल ब्ल्याकमेल' गर्दै प्रचण्डले एमालेका नेताहरू मिलौं भन्न आएको तर आफूले नमानेको दाबी पेश गरे । 

चितवनमा रेनु हारे प्रचण्डको रणनीति बदलिने भय कांग्रेसका नेता/कार्यकर्तामा राम्रैसँग गढेको देख्न सकिन्छ । अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले/माओवादी मिल्दा कांग्रेस शून्य बनेको थियो ।

JYOTI
Vianet communication

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले तालमेल सफल नभए गठबन्धन भत्किन सक्ने चिन्ता व्यक्त गरे । 

रेनुको कामको प्रशंसा गरेका देउवाले इमान्दारीपूर्वक भोट हाल्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । रामचन्द्र पौडेलले त २३ सिट जितेको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन भन्दै गठबन्धन गरिएको बताए ।

प्रचण्डले त कांग्रेसले फेरि पनि हँसिया हथौडामा भोट हाल्न आनाकानी गरे रणनीति फेरिन सक्ने स्पष्ट संकेत छन् । 

प्रचण्डले भनेका थिए–

‘तपाईंहरूले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो । यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो । देश र जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । तपाईं चितवनवासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर रेनु दाहाल र चित्रसेन अधिकारीको टीमलाई विजयी गराउनुभयो भने म निकै उत्साही हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्षसम्म लाने मेरो प्रतिबद्धता हुनेछ । त्यसकारण म भन्छु, तपाईंहरूले खाली नेताहरू मात्रै नहेर्नुस् । तपाईं जिल्लामा बसेर काम गर्ने नेताहरू र चितवनबासी जनताको हातमा फैसलाको अधिकार छ । 

उनले अघिल्लोपटक कांग्रेस कार्याकर्ताले हँसिया हथौडामा भोट हाल्न आनाकानी गर्दा एमालेसँग मिल्नुपर्ने परिस्थिति आएको बताउँदै अब पनि गठबन्धन अस्वीकृत भए घण्टी बजाएर नबस्ने बताए ।

प्रचण्डले थपे–

परिस्थितिले माग गर्‍यो भने फेरि हामी शेरबहादुरजीलाई अगाडि राखेर गठबन्धन बनाएर, लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, विकास र समृद्धिको यात्रातर्फ जान हामी अप्ठ्यारो मान्दैनौँ । म लकिरको फकिर होइन । म बौद्ध भिक्षु रहेसम्म घण्टी बजाएर बसिराख्ने मान्छे होइन । मलाई तपाईंहरूले त्यसरी नै बुझ्दा हुन्छ । तपाईंहरूको साथ सहयोग भयो भने म धेरै परसम्म जान सक्छु । तपाईंहरूले के हो, के हो प्रचण्ड भनेर मलाई आशंकाले हेरी गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ । देश दुर्घटनामा पर्ने खतरा छ । त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेहरूले दिनुपर्नेछ ।

देशका अन्य ठाउँको नतिजाले के कति फरक पार्छ यकिन छैन, तर गठबन्धन रहने कि नरहने भन्ने कुराको निर्क्यौल भरतपुरको नतिजाले गर्ने स्पष्ट संकेत कांग्रेस र माओवादी दुवै पार्टीका नेताले गरिसकेका छन् ।

प्रचण्डले बिहीवारको सभामा चितवनमा रेनु हारे फेरि एमालेसँग जान्छु त भनेनन् तर देश दुर्घटनामा पर्ने भन्दै गठबन्धन नरहने प्रस्ट संकेत गरे । 

कस्तो छ मतदाताको मनोविज्ञान ? 

चितवनस्थित भरतपुर महानगरपालिका भवनको ठ्याक्कै अगाडि रहेको एक ड्राइभिङ इन्स्टिच्युटमा पाँचजना बीच गरमागरम चुनावी बहस चलिरहेको थियो ।

गठबन्धनकी उम्मेदवार रेनु दाहाल, नेकपा एमालेका विजय सुवेदी र नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको सबल र दुर्बल पक्षका बारेमा छलफल भइरहेको थियो । 

चुनावी परिदृष्यबारे गफिएका भरतपुर– ६ गीतानगरका उत्तम मिश्र नेपाली कांग्रेसका शुभेच्छुक रहेछन् ।

उत्तम मिश्र

कांग्रेसले माओवादीसँग चुनावी तालमेल गरेकोमा उनी फायर छन् । ‘नेपाली कांग्रेसको पकड रहेको क्षेत्रको टिकट अर्कोलाई बेचियो । आचारसंहिता उल्लंघन गर्दै गृहमन्त्री आएर जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन कोशिश गरे, तर सकेनन्,’ मिश्रले भने, ‘पार्टीमात्र नभएर राज्य लाग्दा पनि किन टिकट फिर्ता भएन ? कति चोट परेको होला कार्यकर्तालाई ?’ 

अहिले ऐक्यबद्धता जनाएका सबैले समर्थन गरेमा पौडेलले जित्ने दाबी उनले गरे ।

‘अब माओवादीलाई भोट हाल्नु परेमा हात काटिन्छ’ भन्ने उत्तेजक अभिव्यक्ति दिएका कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्देशन पालना गर्दै रेनुलाई जिताउनु आफ्नो कर्तव्य हुने भनिसके पनि कांग्रेस कार्याकर्ताहरू अझै दोधारमा देखिन्छन् ।

महानगरको भवन अगाडिको ड्राइभिङ इन्स्टिच्युटमा मिश्रसँगै थिए, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रतिबद्ध स्थानीय कार्यकर्ता कुमार पाण्डे । भरतपुर– १८ गुञ्जनगरका पाण्डे रेनु र विजयबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गर्छन् ।

‘सरसरर्ती हेर्दा रेनु र विजयबीच तीव्र प्रतिस्पर्धा हुने देखिँदैछ । जगन्नाथ पनि बलिया उम्मेदवार हुन् । उनले आफैं नजिते पनि जीतहारको समीकरण बदल्न सक्छन्,’ पाण्डेले विश्लेषण गरे ।

भरतपुरको मेयरका लागि विप्लव नेतृत्वको नेकपाले दुर्गा सुवेदीलाई स्वतन्त्र उम्मेदवार बनाए पनि पछि फिर्ता लिएको छ । ‘अहिलेसम्म हामी कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुगेका छैनौं,’ पाण्डेले भने । 

तीव्र प्रतिस्पर्धा हुने ठानिएको भरतपुरमा विप्लव नेकपाको थोरै मतको पनि अर्थ रहन्छ । विप्लवको पार्टी विभाजित बन्ने अवस्था आएको भोट बाँडिने सम्भावना छ ।

उत्तम मिश्र र कुमार पाण्डेपछि कमल सापकोटाले भरतपुरको चुनावबारे आफ्नो कुरा राखे । भरतपुर– १३ गीतानगरमा बसोबास गर्ने सापकोटाले विभिन्न पब्लिक क्याम्पसमा अध्यापन गरेर भर्खरै अवकाश लिएका हुन् ।

कमल सापकोटा 

उनको विश्लेषणमा सत्तारुढ दलहरूबीच सही ढंगले गठबन्धन नभएकाले उनीहरूको पल्ला भारी हुने सम्भावना कम छ । 

‘जगन्नाथजस्तो चितवन कांग्रेसको हस्तीको उम्मेदवारी कायम रहदा यहाँको जनमतमा धेरै प्रभाव पार्छ । गठबन्धनलाई चुनाव जित्न कठिन छ,’ वामपन्थी दलहरूप्रति झुकाव राख्ने सापकोटाले भने । 

भरतपुर वीरेन्द्र चोकमा भेटिएका पुरुषोत्तम आचार्य सबै दलभित्र असन्तुष्टि रहेकाले कसले बाजी मार्छ भनेर भन्न सकिने अवस्था नरहेको बताउँछन् ।

‘पहिलो कार्यकालमा विकास गरेका कारण रेनुलाई धेरैले चिनेका छन्, पहिलेजस्तो टूरिस्ट उम्मेदवारको आरोप लागेको छैन । यसपालि नतिजा कता जान्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन,’ आचार्यले भने । 

दिवाकर जोशी दायाँतर्फ

भरतपुर– १० का दिवाकर जोशी सिंगल–सिंगल चुनावमा भिडेको भए चितवनमा राप्रपा पनि प्रतिस्पर्धामा आउने अवस्था थियो भन्छन् ।

‘यहाँ गठबन्धन र एमाले दुवैले दाबी गरेजस्तो परिस्थिति होइन । खासमा राप्रपाको पक्षमा माहोल बनेको थियो । दुर्भाग्य, राप्रपाले मेयरमा उम्मेदवार उठाएन,’ जोशीले भने । चितवन मात्र नभई देशका विभिन्न भागमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनप्रतिको आशा बढेको उनी दाबी गर्छन् । 

चितवन– ३ क्षेत्रपुरका वीरबहादुर मगरले भने पहिलो कार्यकालमा राम्रो काम गरेका कारण रेनु बलियो उम्मेदवार रहेको बताए ।

वीरबहादुर मगर

‘चितवनका गल्लीगल्लीमा पिच भएको छ । यहाँ जग्गाको दाम बढेको छ । विकासका धेरै काम गरेकाले रेनुप्रति पनि यहाँका मतदाता सकारात्मक छन्,’ उनले भने, ‘कांग्रेस र माओवादीको गठबन्धन बनेकाले उनीहरूको सम्भावना बलियो छ ।’

भरतपुर– १२ बसपार्कका कृष्ण न्यौपानेले एक कार्यकाल मेयर बनेर काम गरेकाले रेणुलाई केही सहज रहेको ठानिए पनि अहिल्यै यसै भन्न नसकिने बताए ।

कृष्ण न्यौपाने

‘मेयरमा उठेका दुवै राम्रा उम्मेदवार हुन्, बाजी कसले बाजी मार्छ भनेर अहिल्यै आकलन गर्न कठिन छ,’ न्यौपानेले भने । 

चितवन लंकु क्षेत्रका अर्का मतदाता कृष्णप्रसाद सापकोटा विजय सुवेदीको सम्भावना देख्छन् ।

‘चितवनको विकासका लागि लामो समयदेखि काम गरे पनि पदमा पुग्न नसकेकाले यसपटक मेयरमा सुवेदीको सम्भावना देखेको छु,’ सुवेदीले भने । 

अघिल्लो चुनावको अंक गणित

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुरको मेयरमा रेनु दाहाल कांग्रेसको समर्थनमा ४३ हजार १ सय २७ मतसहित विजयी भएकी थिइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए । राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए ।

त्यो बेला उपमेयरमा कांग्रेसकी पार्वती साहले ४७ हजार १ सय ९७ मत पाउँदा एमालेकी दिव्या शर्मा आचार्यले ३९ हजार ५ सय २५ र राप्रपाकी रीना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेका थिए ।

रेनु दाहाल

वडाध्यक्षको मत हेर्दा भने कांग्रेसले कुल ३८ हजार १२७, एमालेले ३७ हजार १९५, माओवादीले २१ हजार २१८ र राप्रपाले ६ हजार ७५३ मत ल्याएका थिए ।

राप्रपाबाट मेयरको उम्मेदवार बनेका तिमल्सिना अहिले माओवादी केन्द्रमा छन् । 

नेता विक्रम पाण्डेको पनि प्रभाव रहेको चितवनमा यसपटक उपमेयर दिएर एमालेले राप्रपासँग तालमेल गरेको छ । 

राप्रपाको तर्फबाट मेयरको उम्मेदवार रहेका व्यक्ति माओवादी प्रवेश गरिसकेकाले राप्रपाको जनाधार खस्किएको माओवादीको विश्लेषण छ ।

नेकपा एमाले विभाजनको असर समेत परेकाले पनि एमालेको अवस्था खस्किएको माओवादीको दाबी छ ।

उता नेकपा एमालेले भने आफूहरूको स्थिति मजबुत बनेको दाबी गरेको छ । एकातिर विजय सुवेदीको लोकप्रिय छवि र अर्कातिर बलियो संगठन अनि राप्रपाको साथमा जीत हात पार्ने आत्मविश्वासमा एमाले देखिन्छ ।

विजय सुवेदी

विगतमा रेनुलाई जिताउन हिँडेका जगन्नाथ पौडेल बागी उम्मेदवार बनेको र कांग्रेसभित्रको असन्तुष्टिका कारण पनि चुनाव जित्न सहज अवस्था बनेको एमालेको विश्लेषण छ ।

रामबहादुर थापालगायत माओवादीका नेताहरू एमाले प्रवेश गरेको अवस्थामा माओवादीको स्थिति कमजोर बनेको उनीहरूले बताए ।  

पहिलोपटक भोट दिन थपिएका ३५ हजार मतदातालाई रिझाउन मेयरका दुवै उम्मेदवार लागिपरेका छन् ।

वैशाख ३० मा हुने चुनावले भरतपुरको मेयर छान्ने मात्र नभई देशकै भावी राजनीतिको दिशानिर्देश गर्ने विश्लेषण चितवनमा भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरो...

जेठ १४, २०८०

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् ।  जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...

जेठ १४, २०८०

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।  बजेट आउने अघिल्लो दिन अर्थमन्त्रीले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्पर...

जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत...

जेठ १३, २०८०

 अमेरिकी सरकारले धर्म र धर्मान्तरणका  बारेमा हालै निकालेको रिपोर्टबारे चासो राख्दै सरकारले अमेरिकालाई एक नोट पठाएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार संसदमा बोल्दै नेपालस्थित अमेरिकी दूतावासमार्...

जेठ १३, २०८०

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक ...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x