×

NMB BANK
NIC ASIA

कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गर्नु नकारात्मक प्रवृत्ति : प्रचण्ड

बैशाख २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्दै संविधान, गणतन्त्र, संघीयता र समावेशितालाई जोगाउन कायम भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।

Muktinath Bank

५ दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई शुक्रवार सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म लैजाने, देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धन देश, जनता र हितमा रहेको उल्लेख गर्दै उनले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठूलठूला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताए ।


Advertisment
Nabil box
Kumari

शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याउन र संविधानलाई थप कार्यान्वयन गर्नका लागि पनि गठबन्धन जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।’

उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ–जहाँ महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठूलो परिवर्तन गर्न नसकेको र उनकै भाषामा ‘ठूलो लछारपाटो’ लगाउन नसकेको स्पष्ट पारे ।

महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमितता समेत कम भएको उनको भनाइ थियो । उनले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पारे । अध्यक्ष दाहालले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पारेका छन् ।

अध्यक्ष दाहालले भने, ‘वाम–लोकतान्त्रिक गठबन्धन नै ‘नेचुरल’ थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामको सजिलो हो कि भनेर लागियो तर त्यो होइन रहेछ ।’

कांग्रेस र कम्युनिस्टबीच बेमेल हुँदा मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो । ‘कांग्रेस र कम्युनिस्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिस्ट मिलेपछि प्रजातन्त्र पुनः स्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो । अहिलेको गठबन्धन पनि यही आधारमा बनेको हो,’ उनले भने ।

कांग्रेस कार्यकर्ताले रुखबाहेक हँसिया हथौडामा र माओवादी कार्यकर्ताले हँसिया हथौडाबाहेक रुखमा भोट हाल्दिन भन्न नहुने उनको भनाइ थियो । 

उनले भने, ‘वाम गठबन्धन र पार्टी एकता गरेर जुन स्थायित्व र विकासको सपना देखेका थियौं त्यो सपना तीन वर्ष पुग्दा नपुग्दै चकनाचुर भयो । केपी ओलीलाई हामीले ठूलो समर्थन गरेर नायकको भूमिकामा लगेका थियौं तर एकताको २ हप्तादेखि नै ओलीबाट धोका पायौं ।’

गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो ठूलो मेहनत परेको उल्लेख गर्दै उनले यसको मूल्य र मान्यताभन्दा बाहिर जाने छुट कोही कसैलाई नभएको बताए । काठमाडौं महानगरलाई रूपान्तरण गर्न सकिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्दै उनले ऐतिहासिक परिवारसँग जोडिएको व्यक्तित्वलाई साझा उम्मेदवारको रूपमा अगाडि सारिएको अध्यक्ष दाहालको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x