×

Nic Asia
Dabur
Prabhu Bank

स्थानीय चुनाव

नेताका ‘रेडिमेड’ घोषणापत्रले मतदाता वाक्क

पाेखरा | बैशाख २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

वैशाख ३० गते हुने स्थानीय चुनावको रौनक पोखरामा चर्किएको छ ।

yONNEX
IME BANK INNEWS

विगतजस्तै यसपटक पनि आफ्ना राजनीतिक एजेण्डा बोकेर राजनीतिक दलहरू जनताको घरदैलोमा कुदिरहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतिस्पर्धीविरुद्ध र आफ्नो पक्षमा चुनावी प्रचार शुरू गर्नुअगावै दलहरूले आफूले गर्ने कामको उद्घोष सहितको घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

चुनावी प्रचारमा यसरी आफ्ना एजेण्डा तथा घोषणापत्र बोकेर घरदैलोमा हिँड्नु विगतदेखि चलिआएको रित नै हो । राजनीतिक दलले आफ्नै तरिकाले जनता आश्वस्त पार्ने प्रयास गरिरहेका छन्, त्यसप्रति जनस्तरमा बुझाइ आफ्नै तरिकाका छन् ।


Advertisment
Lokantar App
Saurya island

यतिबेला स्थानीयले प्रचारप्रसारदेखि शासनशैली सबैमा परिवर्तन खोजेका छन् । पोखरा–१४ का स्थानीय भुवन भण्डारीले भने, ‘जहिले पनि उही शैलीको घोषणापत्र, जहिल्यै उही शैली !’

‘सबै दलमा उम्मेदवार हुने नेताहरू प्रायः पुरानै छन् । कम्तीमा पनि पहिलेका चुनावमा घोषणा गरेका योजना के–के पूरा भए ? के–के पूरा भएनन् ? किन पूरा भएनन् ? पूर्ण स्पष्टीकरण सहितको घोषणपत्र पाएको भए राजनीतिक दललाई विश्वास गर्ने धेरै आधार हुने थिए,’ भण्डारीले भने, ‘घोषणापत्र परिवर्तन नगर्नेले शासनको कार्यशैली कसरी परिवर्तन गर्लान् ?’ भण्डारीका अनुसार अबको शासन भनेको वास्तविकतामा केन्द्रित हुनुपर्छ, नकि महत्त्वाकांक्षी योजनामा ।

Vianet communication

‘अहिले हामीलाई विदेशमा जस्तो भयंकर ठूलो विकास तत्काल चाहिएको हैन, बरु भएका समस्या समाधान गर्ने स्पष्ट मार्गचित्र भए मात्र काफी हुने थियो अब ५ वर्षलाई,’ पोखरा–९ नयाँबजारका मनिष सुनुवारले भने । 

सुनुवारको जस्तै विचार छ पोखरा–१० अमरसिंह चोकका रामचन्द्र लामिछानेको । लामिछाने भन्छन्, ‘जनताले भोगेका सास्ती मात्र सम्बोधन हुने हो भने नेतागणहरूले धेरै आशिर्वाद पाउनुहुन्थ्यो । काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने जस्तो देखिन्छ । विगतदेखिकै शासनशैली, बरु विदेशको जस्तो सुविधा चाहिएको थिएन । सुरक्षित, शान्त र सुविधायुक्त वातावरणमा व्यापार–बिजनेश गरिखान पाइए हुन्थ्यो ।’

पोखराका ताललाई अतिक्रमण हुनबाट कसरी जोगाउने भन्ने विषय अहिले पोखराको सबैभन्दा जल्दोबल्दो मुद्दा हो । अझै पनि तालकै पानिमुनि करीब १ हजार रोपनी व्यक्तिगत जग्गा छन् । यी जग्गाको मुआब्जा दिने या नदिने भन्ने विषय करीब २ दशकदेखि नै विचाराधीन छ । तालको मापदण्ड धेरै कायम भएकाले जग्गावाला मर्कामा परेको भन्दै गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा मापदण्ड घटाउने काम त भएकै छ तर यसअघि नै कैयौले तालको पानीमै छोएर खुलेआम संरचना बनाइरहेका छन् ।

‘तालको मापदण्ड मिच्न पाइँदैन भन्न थालेको बिसौं–तिसौं वर्ष भइसक्यो तर कहिल्यै कसैलाई कारवाही भएको अहिलेसम्म थाहा छैन,’ पोखरा–३१ सुन्दरीडाँडाका सूर्यप्रसाद लामिछानेले भने, ‘यसो गर्छाैं उसो गर्छाैं भनेर सपना बाँड्न र आश्वासन देखाउन जसले नि सक्छ तर शासन गर्नेले स्थानीयस्तरको वस्तुस्थिति गहिराइबाट बुझ्नुपर्ने हो र त्यही अनुसारको एजेण्डा बनाउनुपर्ने हो ।’

पोखरा सुन्दर पर्यटकीय नगरी तथा पर्यटन विकासमार्फत द्रूत आर्थिक विकास गर्न सम्भव भएको ठाउँ हो । नेपाल भित्रिने पर्यटकमध्ये करीब ७० प्रतिशत पदयात्राका लागि आउँछन् र तीमध्ये करीब ६० प्रतिशत पोखरा क्षेत्र आसपासको अन्नपूर्ण राउन्ड पदयात्राका लागि आउँछन् । ‘यस रुटसँग यहाँका प्रायः सबै पालिका सम्बन्धित छन् तर कुनै राजनीतिक दलले पर्यटकका समस्या के हुन् भनेर हामीसँग सोधेको थाहा पाइएन,’ पोखराको लेकसाइडका पर्यटन व्यवसायि हरि भुजेलले भने ।

वडा तहमा सरकार आएपछि विकासका हरेक पूर्वशर्त जस्तैः शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग लगायतमा स्थानीयकै संयोजकत्वमा समिति बनाइएको छ । तिनै समितिले चासोपूर्वक काम गर्ने हो भने पनि धेरैजसो समस्या समाधान हुने स्थानीयको विश्वास छ । ‘समितिमा बस्ने स्थानीय स्वयंलाई आफ्नो जिम्मेवारी के हो भन्ने चासो छैन, त्यसैमाथि समितिले काम गरे/गरेनन् भनेर सोधीखोजी गर्ने परिपाटी स्थानीय सरकारको छैन,’ पोखरा–३१ पचभैयाका रामजी पौडेलले भने ।

पर्यटकीय शहर पोखराका राजनीतिक दलहरू सुकुम्वासी समस्या समाधान गर्नतिर नलागेको गुनासो स्थानीयको छ । पोखरा–२९ पटनेरीकी किरण सुनार भन्छिन्, ‘सुकुम्वासीका नाममा जग्गा ओगट्ने हुकुम्वासीहरू कति देखियो तर पनि लालपूर्जाको पर्खाइमा छन् ।’ कति सुकुम्वासी कति हुकुम्वासी भनेर गहिरो अध्ययन गरी घोषणपत्र बनाउनुपर्ने सुनारको सुझाव छ । उनलाई सबैभन्दा अचम्म लाग्ने भनेको आफू स्कूल पढ्ने बेलादेखि नै पोखराको सडकमा देखिएका सडक बालक अहिले पनि उस्तै देखिनु हो । ‘राजनीति गर्नेले यस्ता समस्या किन झिना–मसिना मानेको हुन्छ ? मैले बुझ्न नसकेको कुरा हो,’ किरणले भनिन् । 

संघीय संरचना र स्थानीय सरकारको व्यवस्थाले सरकारसँग प्रत्यक्ष भेटेर कुरा राख्न सजिलो भए पनि समस्या समाधानका लागि उतिसारो तदारुकता नहुने गरेको अनुभव छ पोखरा–२७ तालचोकका बालकृष्ण तिवारीको । ‘सडक, बिजुली लगायतका भौतिक पूर्वाधार बनाउने आश्वासन त बाँडिएको छ तर हरेक टोलका गल्ली–गल्ली गएर हेरौं कति सडकहरू बन्दाबन्दै अलपत्र छन् । ‘यो कारणले यस्तो भएको हो, यो कारणले हामी यस्तो हुन दिँदैनौ भनेर तथ्यगत  तर्क प्रस्तुत गर्ने घोषणपत्र आजसम्म कुनै दलको भेटेको छैन,’ तिवारीले भने । 

पोखरा–३० शिसुवाकी सुनिता लामिछानेले नयाँ राज्य संरचनाले महिलालाई व्यवसायमा कर छुट लगायतका सुविधा हुने धेरै वर्षदेखि सुनेकी थिइन् । ‘तर व्यवसाय गर्न थालेको १० वर्ष बित्यो, अहिलेसम्म सरकारबाट सुको राहत पाइनँ,’ उनले भनिन्, ‘राजनीतिक दलबाट अरु विकास कस्तो हुन्छ भन्दा पनि हामीले भोगिरहेका समस्याप्रति कत्तिको ध्यान गएको छ भन्ने हो तर यस्तो कुनै दलको सरकारले पनि गरे जस्तो लागेको छैन ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ११, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशन...

चैत ११, २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गर...

चैत ११, २०७९

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्य...

चैत ११, २०७९

राप्रपा नेतृ कुन्ती पोखरेलले पोख्रेलले महिलाहरू आर्थिक रुपमा पुरुषको पछि लाग्न नहुने बताएकी छन्।  काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वर मनोहरा नगरपालिकामा पार्टीले गरेको महिला भेलामा उनले&n...

चैत ११, २०७९

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् ।      संसदीय दल...

चैत ११, २०७९

सरकारलाई समर्थन गर्ने साना दलले मन्त्रालयमा 'अस्वाभाविक आशक्ति' देखाएपछि सरकार विस्तारमा ढिलाइ भइरहेको छ। प्रधानमन्त्रीलाई समर्थन गर्ने साना ठूला गरी ११ वटै दलले धेरै र प्रभावशाली मन्त्रालयमा दाबी...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x