×

NMB BANK
NIC ASIA

एमालेका कारण नागरिकताको समस्या समाधान भएन : प्रचण्ड

बैशाख २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् ।     

Muktinath Bank

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज (शनिवार) आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताएका हुन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ,' दाहालले भने ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष दाहालले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे । उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताए ।

Vianet communication
Laxmi Bank

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि सङ्घर्ष गरिरहने बताए । 

यसैगरी अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको बताए । 

धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई आज सम्बोधन गर्दै उनले मधेसी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताए । 

उनले भने, 'मधेसी समुदायले, बुद्धिजीवीले यो परिवर्तनको बाहक र जनताको सुःखदुःखको साथी माओवादी केन्द्र नै हो भन्ने अब सबैतिर नयाँ चेतना र जागरण आएको छ ।' अध्यक्ष दाहालले २०७० को निर्वाचनमा मधेसबाटै लडेको र मधेसी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको बताए । 

उनले भने, 'मैले २०७० को निर्वाचन मधेसबाटै लडें, मधेसी जनसमुदायको मत पाएरै निर्वाचित पनि भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेसी जनताको मतकै कारणले भएँ । अब हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौँ, यो निर्वाचनमा मधेसले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ ।'

उनले कहीकतै कुनै भ्रममा नपर्न आह्वान गर्दै देशमा आमूल परिवर्तन माओवादीबाहेक अरुले ल्याउन नसक्ने दाबी गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x