×

X
Dabur
Nic Asia
Marvel

चलचित्र संवाद

‘लक्का जवान’ एउटा ‘अर्ग्यानिक’ नेपाली चलचित्र हो- शिवहरि पौड्याल (अन्तर्वार्ता)

नेताहरूले राष्ट्रियता बिर्सिए भन्ने तर हामी नै आफ्नो चलचित्र नहेरेर अर्काको चलचित्रलाई हेर्न जाने ?

काठमाडाैं | बैशाख २४, २०७९

TVS INSIDE

शिवहरि पौड्यालनेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय निर्देशन र अभिनय गरेका पौड्याल यतिबेला चलचित्र लेखन र निर्देशनको भूमिकामा पनि उत्रिसकेका छन् । 

IME BANK INNEWS

उनको लेखन तथा निर्देशन रहेको पहिलो चलचित्र ‘लक्का जवान’ हिजो (शुक्रबार)देखि देशव्यापी प्रदर्शनमा आएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस चलचित्रका कलाकारसमेत रहेका शिवहरि ‘लक्का जवान’ एउटा ‘अर्ग्यानिक’ नेपाली चलचित्र बनेको दाबी गर्छन् ।

यो चलचित्रसँग अर्को नेपाली चलचित्र पनि प्रदर्शनमा आएकोबारे पौड्यालले लोकान्तरसँग भने, ‘हामीले जुधाएको होइन, हामी निर्दोष छौँ । दुई वर्ष रोकिएको हाम्रो चलचित्र अहिले बल्ल बल्ल रिलिज गर्दा अर्को नेपाली चलचित्र जुधाउनु अन्यायको पराकाष्टा भयो । मानवता भन्ने नै देखिएन ।’  

Vianet communication
Maruti inside

प्रस्तुत छ, शिवहरिसँग चलचित्र निर्देशनमा हात हाल्नुको कारण, नेपालमा विदेशी चलचित्रको प्रभाव, चलचित्र निर्देशनको आगामी यात्रा लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश : 

तपाईले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘लक्का जवान’ प्रदर्शनमा आएको छ । कत्तिको उत्साहित हुनुहुन्छ ?

एकदमै उत्साहित छु । दर्शकहरूले पनि उत्तिकै राम्रो प्रतिक्रिया दिनुभएको छ । हामीले शहरका विभिन्न स्थानमा रोड शो गरेर हिँड्दा पनि दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको पायौं । हाम्रो फेरि ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको चलचित्र हो । बच्चादेखि बुढा उमेरका हरेक दर्शकले हेर्न मिल्ने, हरेक उमेर समूहका दर्शकलाई रमाइलो प्रदान गर्ने खालको कमेडी जनरामा पारिवारिक चलचित्र बनाएका हौँ ।   

हजुर त थुप्रै चलचित्रमा कलाकारका रुपमा काम गर्नुभएको व्यक्ति । अहिले आफैं लेखन एवं निर्देशनमा आउनुको कारण नि ?

मैले टेलिसिरियलसँगै धेरै एडफिल्महरू पनि बनाएँ । टीभी एडहरू पनि बनाएँ । म्युजिक भिडियो निर्देशन गरेँ, डकुमेन्ट्री निर्देशन पनि गरेँ । आफै लेखेर सयौं स्टेज शोहरू पनि गरेँ । कलाकारिता क्षेत्रमा लागेर मैले गर्न बाँकी के त ? भन्दा एउटा ठूलो पर्दाको चलचित्रमा लेखन तथा निर्देशन गर्ने थियो । सोही कुरा पूरा गर्न पनि चलचित्र लेखन र निर्देशन गरेँ । र, अर्को कुुरा सधै टेलिफिल्मको जमाना त नहुन सक्छ । अब, अलिकति आफूलाई पनि परिवर्तन गर्नुपर्छ, आफूलाई अपग्रेड त गर्दै जानुपर्‍यो । चलचित्र लेखन, निर्देशनको पनि अनुभव लिऔं न त, भोलिका दिनमा ठूलोपर्दाको चलचित्रको काम त बाँकी नै राखिस् भन्ने नपरोस् भनेर चलचित्र लेखन र निर्देशनमा हात हालेको हुँ । 

तपाई ‘लक्का जवान’को लेखक, निर्देशकसँगै कलाकार समेत हुनुहुन्छ, यी तीनवटै पात्रको आँखाबाट हेर्दा चलचित्र साँच्चिकै कस्तो बनेको छ ?

चलचित्र सिचुयशनल हास्य छ । चलचित्रमार्फत समाजलाई एउटा गम्भीर प्रश्न उठाइएको छ । जुन कुरा कथा पढ्दै जाँदा थाहा हुन्छ । उक्त प्रश्नमात्रै नछाडी अन्तिममा हामीले समाधान दिएर सचेत पनि गराएका छौं । समयमै सचेत भएन भने यस्तो अवस्था आउँछ है भन्ने किसिमले सचेत गराएका छौँ । अनि हामीले दोस्रो, तेस्रो जेनेरेशनका कलाकारहरूलाई पनि समेट्दै अलिकति जेनेरेशन ग्याप हुँदै गएको पनि देखाएका छौं । पहिलो जेनेरेशनले के गर्‍या थियो ? दोस्रोले के गर्छ ? तेस्रोले के गर्छ ? भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रभित्र एउटै परिवारमा धेरै कलाकारहरू हुनुहुन्छ । हामीले बाटोमा हिँड्ने व्यक्तिलाई कता जाँदै हुनुहुन्छ ? भनेर सोध्ने दृश्यमा पनि राम्रै कलाकार राखेका छौँ । 

चलचित्रमा नयाँ पुराना धेरै कलाकारहरू हुनुहुन्छ । धेरै कलाकारहरू हुँदा सबैलाई अझ भनौँ सम्पूर्ण पात्रलाई न्याय भएको छैन कि भन्ने आशंका पनि हुनसक्छ नि ?

एकदमै न्याय भएको छ । पोष्टरमा देखिनुभएका १५/१६ जना कलाकारहरू मुख्य/मुख्य  भूमिकामा हुनुहुन्छ । उहाँहरूको शुरूदेखि अन्त्यसम्म कथा बढ्छ । उहाँहरूको पात्रलाई मज्जाले न्याय भएको छ । अरु पात्र चाहिँ आउने–जाने, आउने–जाने हो । नाम चलेको कलाकारहरू नराखेर हुने ठाउँमा पनि हामीले चलेको कलाकार राखेका छौँ । त्यसो गर्दा उहाँहरूबाट अभिनय पनि राम्रो आयो, त्यो सिनलाई पनि न्याय भयो भन्ने हो । मुख्य/मुख्यभन्दा अरु पात्रको कुरा गर्दा देखिएको जति कलाकारहरूलाई न्याय गर्न त कसैले सक्दैन । उहाँहरूले न्याय खोज्नुभएको पनि छैन । धेरै कलाकारहरू चलचित्रमा अभिनय गर्न उत्साहित भएर आउनुभएको हो । मुख्य–मुख्य पात्रलाई न्याय नभएको कुरामा चाहिँ शंका गर्नुपर्ने छैन । 

चलचित्रमा धेरै कलाकारहरू हुनुभए पनि प्रचार–प्रसारमा भने सीमित कलाकार मात्र देखिनुभएको छ नि ! किन ?

यो कुरा दर्शकलाई पनि थाहा छ । कलाकारहरूको पनि अरु काम हुन्छ, अरु चलचित्रहरू हुन्छन् । हामी जतिपनि लगाव दिएर हिँडेका छौँ, अरु त्यसरी नदेखिनुभएको हो । 

किरण दाई र म त प्रचारप्रसारमा निरन्तर नै लागिपरेका छौं । प्रचारप्रसारमा हामीलाई अहिले सबैभन्दा बढी सहयोग गर्नुभएको कलाकारहरूमध्येमा पहिलो नम्बरमा अभिनेत्री प्रियंका कार्की हुनुहुन्छ । दोस्रोमा अभिनेता सलोन बस्नेत हुनुहुन्छ । दीलिप रायमाझी दाइले पनि साथ दिनुभएको छ । अरु कलाकारहरूले पनि साथ दिइरहनुभएको छ । 

अब प्रचारप्रसारमा मदनकृष्ण दाइलाई लिएर हिँड्ने कुरा आएन । सुशील पोखरेलजी पनि अलिकति व्यस्त नै हुनुहुन्छ । सरोज खनाल पनि कहिले कता, कहिले कता व्यस्त नै हुनुहुन्छ । भ्याएको समयमा अन्तर्वार्ताहरूमा आइदिनु नै भएको छ । तर, नियमित रुपमा उहाँहरूलाई प्रचारप्रसारमा लिएर हिँड्न सम्भव नभएको भएर कुनै–कुनै ठाउँमा आउनुभयो, कुनै ठाउँमा नदेखिनुभएको मात्रै हो । प्रचार–प्रसारमा सबै कलाकारहरूको राम्रै साथ पाएका छौँं । 

तपाईं कमेडी सिरियलमा काम गर्नुभएको । चलचित्रमा अन्य केही कलाकारहरू पनि कमेडी सिरियलमा काम गर्नुभएको कलाकारहरू हुनुहुन्छ । सो कारण चलचित्र पनि सिरियलकै धङधङीमा वा सिरियलकै शैलीमा बनेको हो कि भन्ने आशंका पनि छ नि ?

चलचित्रमा कमेडी छ तर राख्ने भनेर जबरजस्ती राखिएको होइन । एउटा इस्यु उठाएर त्यसभित्र सिचुयशनल कमेडी छ । ७०/८० प्रतिशत रमाइलो छ, त्यसपछि मार्मिक हुनुपर्ने अवस्था आउँछ । ‘यस्तै अवस्था आयो भने...’ भनेर केही सोच्दै निस्किनुपर्ने अवस्था चलचित्र हेरेका दर्शकमा हुन्छ । यसको निर्माण पनि सिरियलको शैलीभन्दा पनि चलचित्रकै शैलीमा गरेका छौँ । 

अर्को साता स्थानीय तहको निर्वाचन छ । त्यसले चलचित्रलाई कत्तिको असर गर्ला ?

स्थानीय तह निर्वाचनले भन्दा हिजोदेखि प्रदर्शनमा आएको अंग्रेजी चलचित्रले नै असर गर्ने देख्छु । ‘केजीएफ’ अहिलेसम्म चलि नै रहेको छ ।  ‘ए मेरो हजुर ४’ले पनि अलिअलि सिट पाइनै रहेको छ । अब हाम्रो चलचित्र पनि प्रदर्शनमा आयो । कुनै हलमा शो नपाएर खाली चाहिँ छैन, दर्शकहरू कत्तिको आउनुहुन्छ हेरौँ । तर, स्थानीय तहको निर्वाचनले चाहिँ चलचित्रलाई असर गर्लाजस्तो लागेको छैन । किनकी चुनावी माहोलमा जानेहरू अर्कै हुन्छन्, चलचित्र हेर्ने अर्कै हुन्छन् ।

‘लक्का जवान’सँग बाहिरी चलचित्रसँगै अर्को नेपाली चलचित्र पनि रिलिज भएको छ । दुई नेपाली चलचित्र किन जुधाउनुभएको ? यसले त दुबै चलचित्रलाई असर गर्दैन र ?

हामीले जुधाएको होइन, हामी निर्दोष छौं । शुरूमा वैशाख २३ गतेका लागि हाम्रो एकल चलचित्र मात्र थियो । यो मितिमा अरु कुनै चलचित्र थिएनन् । ‘कबड्डी ४’ पनि यही मितिमा हालेको थियो । अनि निर्देशक रामबाबु गुरुङसँग रिक्वेस्ट गरेपछि ‘कबड्डी ४’ पछाडि सर्‍यो । चुनाव पनि आउन लाग्या छ भन्ठान्नुभयो होला उहाँहरूले ‘कबड्डी ४’ उक्त मितिबाट हटाउनुभयो । त्यसपछि ‘सम्झना बिर्सना’लगायत अरु चलचित्र पनि आएको थियो । हामीले रिक्वेस्ट गरेपछि उहाँहरू पनि हाम्रो मितिमा नआउने हुनुभयो । अहिले अर्को नेपाली चलचित्र ल्याएर जुधाउनुभयो । 

‘लक्का जवान’ दुई वर्ष अगाडिदेखि थला परेको चलचित्र छ । यस चलचित्रसँग अर्को नेपाली चलचित्र जुधाउँदा यो उद्योगलाई पाप चाहिँ लाग्छ । दुई वर्ष अगाडि हल पनि थला परेको थियो । चलचित्र उद्योग पनि थला परेको थियो । प्रोड्युसर थला परेका थिए । बल्ल बल्ल अहिले रिलिज गर्न लाग्दा पनि ल्याएर त्यही चलचित्रसँग अर्को नेपाली चलचित्र जुधाउन ल्याउँछन् भने यो उद्योगको मान्छेलाई पाप चाहिँ लाग्छ । यसरी चलचित्र जुधाउँला दुबै नेपाली चलचित्रलाई असर गर्छ । अहिलेको सन्दर्भमा अझ बढी त हामीलाई असर परेको छ । 

अढाई करोड लगाएर बनाएको चलचित्र दुई वर्षदेखि रोकिएको रोकियै थियो । अहिले उहाँहरूले चलचित्र जुधाउनै परे, नयाँ बनेको चलचित्रसँग ल्याएर जुधाउनु न । दुई वर्ष रोकिएको चलचित्र अहिले बल्ल–बल्ल रिलिज गर्दा अर्को चलचित्र जुधाउनु अन्यायको पराकाष्टा भयो । मानवता भन्ने नै देखिएन । 

‘लक्का जवान’ चल्नु र नचल्नुले तपाईंको चलचित्र लेखन एवं निर्देशनको आगामी यात्रामा कस्तो भूमिका खेल्छ ? अरु चलचित्र लेखन एवं निर्देशनको केही तयारी गर्नुभएको छ कि ?

दुई/तीनवटा प्रोजेक्ट आइरहेको छ । अब चलचित्र बनाउँदा चाहिँ यो किसिमको बनाउँदिन । थोरै लगानीमा, धेरै गीत–संगीत नराखिकन, निर्माता बच्ने किसिमको चलचित्र बनाउँछु ।  

नेपालको निर्माताहरू डुबिरहने अनि नेपालबाट साउथ इण्डियन र इण्डियन चलचित्रहरूले रकम लुँड्याएर लग्ने भइरहेको अवस्था छ । हाम्रो देश नै सानो छ, हाम्रो मार्केट नै सानो छ । 

उनीहरूको करोडौं–करोड लगानीमा बनाएको चलचित्रसँग हाम्रो डेढ–दुई करोडमा बनाएको चलचित्रले प्रतिष्पर्धा गर्न त सक्दैन । नेपाली चलचित्र लगाएको अवस्थामा बाहिरी जुधाउन नपाउने, हिन्दी चलचित्रको पनि कोटा तोकि दिनुपर्ने गरिदियो भने राम्रो हुन्थ्यो । जसरी पनि हल भरिनुपर्ने त हो नी ! विदेशी चलचित्र नदेखेपछि नेपाली चलचित्रमा पनि हल भरिन्छ नी । विदेशीसँग जुधाइ दिएपछि त्यसले व्यापार गर्‍यो नेपालीले सक्दैन पनि भन्न मिलेन नी त ।

नेपालीलाई पनि ठाउँ दिएर हेर्नुपर्‍यो नी । ठाउँ नै नदिने, विदेशी चलचित्र ल्याएर जुधाइदिने, नेपाली चलचित्र मारिदिने गरेपछि गाह्रो भयो । जस्तो कि अहिले दुई/तीनवटा साउथ इण्डियन चलचित्रले रकम लुँड्याएर लग्यो, नेपाली चलचित्रले कमाई गर्न सकेन । अहिले फेरि हाम्रोसँग अंग्रेजी चलचित्र आएको छ । अंग्रेजी चलचित्र हाउसफूल छ, नेपालीमा दर्शक कम छ । सबै चलचित्रलाई नराम्रो भनेर हेर्न पनि भएन, उनीहरूलाई पनि स्थान दिनुपर्‍यो । सो कारण विदेशी चलचित्र नआउने भन्ने कुरै भएन । हामीले त्यही विदेशी चलचित्र हेरेरै चलचित्र बनाउन सिकेका हौं । मेरो विचारमा विदेशी चलचित्रका लागि एउटा समय तोकिदिनुपर्‍यो । बाँकी चाहिँ नेपाली चलचित्रहरूलाई तोकियो भने त हामी पनि त्यही किसिमले अगाडि बढ्थ्यौँ । विदेशी चलचित्र पनि आउन्, दर्शकले पनि चाहानाअनुसार हेरुन् । तर, एउटा सिस्टम बनाएर नेपाली चलचित्र नमर्ने गरी गर्न पाए राम्रो हुन्थ्यो । 

नयाँ चलचित्रको तयारी अगाडि बढाइसक्नुभएको हो ? त्यसबारे अलिकति बताइदिनुहोस् न ।

धेरै कुराहरू भइसकेको छ । त्यसमा पनि मेरो लेखन, निर्देशन नै रहनेछ । उक्त चलचित्र नेपाल र विदेशमा छायाँकन गर्नेगरी कथा लेखिरहेको छु । चलचित्र युवापुस्ताको कथामा हुनेछ । चलचित्र वास्तविकतासँग नजिक रहनेछ । 

अझै केही समय चलचित्रको माहोलहरू सबै हेरेर मात्रै घोषणा गर्छु भन्नेमा छु । भदौबाट छायाँकनमा जाने सोच हो, हेरौँ । उक्त चलचित्रको लगानीमा भने मेरो पनि अलिकति सहभागीता हुन्छ । किनकी, निर्माताले यसलाई पनि लगानीमा सहभागीता गरायो भने अलिकति सिरियस भएर काम गर्छ भन्ने भन्ठान्नुभएको हो कि जस्तो लाग्छ । हुन त चलचित्रसँग जोडिएपनि राम्रो गराउन खोजिहालिन्छ । राम्रो गर्ने कोसिश सधैँ रहिरहन्छ । 

तर, अबको चलचित्रमा लगानी कम हुन्छ । कुनबेला साउथ र हिन्दी चलचित्र आउँछ डुबाइदिन्छ । त्यो अवस्था आएपनि टीभी च्यानललाई दिँदा, हलमा एकपल्ट लगाउँदा, यसो विदेशी साथीसँग रिक्वेस्ट गरेर मेरो चलचित्र लगाइदेनभन्दा पनि सुरक्षित हुने भइदेओस् । ७०–८० लाख भित्र नै चलचित्र बनाउन सकिने रहेछ । अबको चलचित्र सोही अनुसार गर्छु ।  

अन्त्यमा हाम्रा पाठकहरू र तपाईका दर्शकहरूलाई ‘लक्का जवान’बारे के भन्नुहुन्छ ?

हाम्रो यो चलचित्र २ वर्ष अगाडि बनेको भएपनि यसको कथा अझ २० वर्ष पछाडि लगाउँदा पनि नयाँ नै हुने खालको छ । मैले दर्शकहरूलाई झुक्याएर हलसम्म ल्याउनु न्याय हुँदैन, एकपटक हेरिदिनुहोस् चाहिँ भन्न चाहान्छु ।

हामी राष्ट्रियताको कुरा गर्छौँ, राष्ट्रियताको भावना राख्ने, नेताहरूले राष्ट्रियता बिर्सिए भन्ने तर हामी नै आफ्नो चलचित्र नहेरेर अर्काको चलचित्रलाई राती १२ बजेको शो, ३ बजेको शो राखेर पैसा गुटमुटाएर विदेशी भूमिमा पठाउँछौँ । 

‘लक्का जवान’ अर्ग्यानिक, विशुद्ध नेपाली चलचित्र बनाइएको छ । विदेशी चलचित्र पनि हेर्नु तर नेपाली चलचित्रलाई पनि डुब्न नदिनुहोस् । सबै नेपाली चलचित्र राम्रो बनेको छ त म भन्दिन, तैपनि एकपटक ‘लक्का जवान’ हेर्नुहोला, चलचित्रले मनोरञ्जन अवश्य दिलाउनेछ ।

चलचित्र प्रदर्शन नहुँदासम्म हाम्रो हो, प्रदर्शन भएपछि दर्शकको भइसकेको छ । चलचित्र हेरिसकेपछि राम्रो/नराम्रो जस्तो लाग्छ प्रतिक्रिया दिनुहोला । नराम्रो चलचित्र बनाउने प्रयास त गरिएको छैन, नराम्रो लागे सुझाव दिनुहोला । राम्रो रहेछ भने झन हौसला दिनुहोला भन्न चाहन्छु । 

विदेशमा बस्ने निर्माता जो आफैमा कलाकार पनि हुनुहुन्छ धुव्र वन्त र अनुसुया श्रेष्ठ वन्त । उहाँहरूले आफूले दुःख गरी कमाएको पैसालाई चलचित्र उद्योगमा लगाउनुभएको छ । २/४ महिना नेपाली प्राविधिक, कलाकारहरूले रोजगार पाउन न त भनेर लगानी गर्नुभएको छ । एउटा चलचित्र बन्दा प्रत्यक्ष/अप्रत्यक्ष ३/४ सय जनाले रोजगार पाउँछन् । चलचित्रसँग जोडिएको टिमले त काम पायो, जस्तो हामी शुटिङ गर्न जाँदा होटलले काम पायो । त्यो वरिपरीका पसलेले काम पाए । जाने–आउने गर्दा पेट्रोल धेरै बिक्यो आयल निगमलाई फाइदा भयो ।

चलचित्र बन्दा यसरी अप्रत्यक्ष रूपमा पनि धेरै फाइदा भइरहेको हुन्छ । चलचित्र निर्माणको काम उहाँहरूले गरिदिनुभएको छ । उहाँहरूलाई नाफा चाहिएन, उहाँहरूजस्ता निर्मातालाई अर्को चलचित्र बनाउनका लागि सावाँ मात्रै आउने वातावरण भयो भने चलचित्र उद्योग जोगिन्छ । निर्मातालाई पलायन बनाउँदै लग्यो भने भोलि कलाकार र प्राविधिक मिलेर चलचित्र बनाउने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले गर्दा त्यसतर्फ सोचिदिनुहुन पनि दर्शकहरूलाई आग्रह गर्छु । मेरो निर्देशनको हिसाबले त ‘लक्का जवान’ डेब्यू चलचित्र, सो कारण मलाई दर्शकहरूको अझ बढी आशीर्वाद चाहिन्छ ।

TATA Below
NLIC
साउन २७, २०७९

भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइ...

साउन २७, २०७९

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।  निर्माता राजेश वंशलले...

साउन २८, २०७९

विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उ...

साउन ३०, २०७९

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेर...

साउन २९, २०७९

सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी&ndash...

साउन ३०, २०७९

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ ।  अमेरिकाको...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x