×

NMB BANK
NIC ASIA

कम्युनिस्टको उद्गम थलो रतुवामाईमा कांग्रेसको दबदबा, एमालेले उल्ट्याउन सक्ला नतिजा ?

बैशाख २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको रतुवामाई कम्युनिस्ट पार्टीको उद्गम थलो मानिन्छ । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्व. मदन भण्डारीको घर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिस्टको उद्गम थलो भए पनि पछिल्लो चुनावको परिणामअनुसार रतुवामाईमा कांग्रेसको दबदबा देखिन्छ । गत ३ वटै तहको चुनावमा कांग्रेसले जीत हात पारेको थियो । रतुवामाई मोरङको २ नम्बर क्षेत्रमा पर्छ, जहाँ मिनेन्द्र रिजालले संघीय सांसदको निर्वाचनमा जीत हात पारेका हुन् ।


Advertisment
Nabil box
Kumari

चुनावमा एमालेका ऋषिकेश पोखरेललाई हराउँदै उनी निर्वाचित भएका थिए । ७ निर्वाचन क्षेत्र रहेको मोरङमा २ नम्बर क्षेत्रमा मात्रै कांग्रेस विजयी भएको थियो । ६ वटा क्षेत्रमा नेकपा विजयी भएको थियो ।

Vianet communication
Laxmi Bank

गत चुनावमा प्रमुख पद गुमाएको एमालेले यसपटक नतिजा उल्ट्याउन कसरत गरिरहेको छ । विगतको चुनावी परिणामलाई आधार मान्दा रतुवामाईमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

गठबन्धनबाट प्रमुखमा कांग्रेसका नेता नागेश्वर सिंह र उपप्रमुखमा माओवादीका युवा नेता सुमन कालिकोटे चुनावी मैदानमा छन् । एमालेले दुर्गाबहादुर विष्टलाई प्रमुख र निवर्तमान उपमेयर दमयन्तीदेवी चुँडाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा कांग्रेसका रविन राईले बाजी मार्दा उपप्रमुखमा एमालेकी चुँडाल विजयी भएकी थिइन् । रविनले यसपटक टिकट पाएका छैनन् भने कांग्रेसले ७४ वर्षीय वृद्ध नेता नागेश्वर सिंहलाई उम्मेदवार बनाएको छ तर उनी एमालेका विष्टभन्दा बलियो भएर चुनावी मैदानमा छन् ।

गत चुनावमा रविन राई ९ हजार ९५ मतसहित निर्वाचित भएका थिए । एमालेका टेकेन्द्रबहादुर पोमुले ८ हजार १०० मत ल्याएका थिए । विगतको चुनावी परिमाण हेर्दा गठबन्धन दल एमालेभन्दा ४ हजारभन्दा धेरै मतले अगाडि रहेको देखिन्छ । 

गत चुनावमा ३६ हजार २९७ मतदाता रहेका थिए यसपटक ७ हजार ३६७ मतदाता नयाँ थपिएका छन् । कांग्रेसले विगतमा एक्लै चुनाव जितेकाले अहिले गठबन्धनबाट सहजै जीत निकाल्ने दाबी मेयरका उम्मेदवार सिंहको छ । 

एमाले पहिलेभन्दा सुधारको अवस्था आएकाले चुनाव जित्ने विष्ट बताउँछन् । गठबन्धन गर्दा थप एमालेलाई फाइदा पुग्ने उनी बताउँछन् । 

‘मैले नेतृत्व गरेका हरेक संघसंस्था नमूना छन्,’ उनले भने, ‘नगरपालिकालाई पनि नमूना बनाउने योजना छ ।’ पूर्व प्रधानाध्यापक समेत रहेका सिंहले आफूले चलाएको विद्यालय नमूना बनाएको भन्दै नगरपालिकालाई पनि नमूना बनाउने दाबी गरे ।

सिंहलाई चुनाव जित्न कांग्रेस नेत्री सुजाता  कोइरालाको पनि साथ चाहिन्छ । नगर क्षेत्रमा सुजाताको प्रभाव छ । गत चुनावमा विजयी भएका रविन सुजाता निकट छन् ।

गत चुनावमा पार्टीभित्र नै अन्तद्र्वन्द्व रहेको र यसपटक कुनै समस्या नरहेकाले चुनावमा जीत हासिल गर्ने एमालेका उम्मेदवार दुर्गा विष्टको दाबी छ । मदन भण्डारीको कर्मथलोमा एमालेले हार्छ भन्ने सोच्नु पनि नहुने उनी बताउँछन् । साविकका सिजुवा, वरडंगा र झुर्किया, महादेवा र इटहरा गाविसमा एमालेले जितेकोले तिनै गाविस मिलेर नगरपालिका भएकाले चुनाव जित्ने उनको दाबी छ । 

गठबन्धनसँग महिला उम्मेदवार नभएकाले पनि दोस्रो कार्यकालका लागि पनि आफू निर्वाचित हुने एमालेबाट उपप्रमुखकी उम्मेदवार चुडेलको दाबी छ । 

गठबन्धनबाट उपप्रमुखकी उम्मेदवार कालिकोटेले अघिल्लोपटक उपमेयरमा विजेता भएर कुनै भूमिका देखाउन नसकेको बेला एमालेले उनैलाई उम्मेदवार बनाएकाले आफूलाई सहज भएको दाबी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x