×

Nic Asia
Marvel

विराटनगरकी उपप्रमुख उम्मेदवार कार्कीविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

विराटनगर | बैशाख २८, २०७९

TVS INSIDE

विराटनगर महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदैछ । 

IME BANK INNEWS
morang Auto yamaha

सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासमा हुने भएको हो ।


Advertisment
NMB BANK
Saurya island

कार्कीले कीर्ते कागजात पेश गरेकाले उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वाेच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय आजको इजलासले गर्नेछ ।

यसअघि वैशाख २२ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि निर्णय गर्ने आदेश गरेको थियो । दुवै पक्षलाई राखेर छलफलपछि अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने भन्दै फुयालको इजालासले आजको पेशी तोकेको थियो । 

Vianet communication
Maruti inside

फुयालकै इजलासले रिटको पूर्ण सुनुवाइका लागि १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश गरिसकेको छ । 

उम्मेदवार कार्कीले बुझाएको कीर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले रिट दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्कीविरुद्धको उजुरी सुनुवाइ नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ । 

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । 
 

TATA Below
NLIC
जेठ १३, २०७९

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय, प्राविधिक तथा निर्माण व्यवसायीसहित १८ जनाविरुद्ध तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ ।  विभिन्न ...

जेठ १२, २०७९

करार सेवा अवधि थप गरिदिने भन्दै ३ लाख रुपैयाँ घुस लिएका एक प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  रौतहटको विश्वेश्वर प्रसाद कोइराला आदर्श ...

जेठ १२, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सन्दर्भमा नेपाल सरकारले गरेका सबै निर्णयहरू बदर गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाश...

जेठ ११, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वनको रकम हिनामिना गरिएको भन्दै ल...

जेठ १३, २०७९

तनहुँको व्यास नगरपालिकामा स्वतन्त्रबाट मेयर लडेका दीपकराज जोशीले पुनः मतगणनाका लागि दिएको मुद्दामा उच्च अदालत पोखराले निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय ऋष...

बैशाख २८, २०७९

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x