×

Nic Asia
Marvel

यी सेलिब्रेटी : कसले कहाँबाट गर्दैछन् मतदान ?

अमेरिकामा रहेका प्रकाश–केकी भन्छन् – आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला

काठमाडाैं | बैशाख २९, २०७९

TVS INSIDE

शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् ।

IME BANK INNEWS
morang Auto yamaha

सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान गर्दैछन् । कोही सेलिब्रेटीहरूले काठमाडौंमा नै मतदान गर्दैछन् भने कोहीले आफ्नो गृहजिल्लामा मतदान गर्नेछन् । मतदानका लागि थुप्रै सेलिब्रेटीहरू गृहजिल्ला पुगिसकेका छन् । कोही सेलिब्रेटीहरू भने निर्वाचनको समयमा कार्यक्रमको शिलशिलामा विदेश पुगेका छन् । 


Advertisment
NMB BANK
Saurya island

अभिनेता धिरेन शाक्य मतदान गर्नका लागि केहीदिन अघि नै गृहजिल्ला पाल्पा पुगिसकेका छन् । नेपाली चलचित्रमा कुनै समयका निकै चर्चित यी अभिनेताले तानसेन नगरपालिका –३ भगवती टोलबाट मतदान गर्दैछन् । मतदानका लागि धिरेन निकै उत्साहित समेत देखिन्छन् । ‘अब एक सातापछि मात्रै काठमाडौं फर्किनेछु,’ शाक्यले लोकान्तरसँग भने । 

अभिनेता दीपकराज गिरीले काठमाडौंबाट नै मतदान गर्नेछन् । उनले चन्द्रागिरी नगरपालिका–१, दहचोक थानकोटबाट मतदान गर्ने जानकारी दिए ।

Vianet communication
Maruti inside

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भने यसपटक मतदान नगर्ने भएकी छिन् । ‘छक्का पञ्जा’ फ्रेम्ड निर्देशक निरौलाको मतदाता नामावलीमा नाम विराटनगर महानगरपालिकामा छ । ‘विराटनगरबाट मतदान गर्नुपर्ने हो’ निरौलाले भनिन्, ‘जानका लागि तयारी पनि गरेको हो तर काम विशेषले जान पाइएन । त्यसैले यसपटक मतदान गर्न नपाउने भएँ ।’ 

गायक हेमन्त शर्मा मतदान गर्नका लागि केही दिनअघि नै परिवारसहित भैरहवा पुगिसकेका छन् । शर्माले सिद्धार्थनगर नगरपालिका –९ बाट मतदान गर्दैछन् । भानु माध्यमिक विद्यालय शर्माले मतदान गर्ने केन्द्र हो ।

उनी जितेपछि सघाउँछ भन्ने विश्वास लाग्ने उम्मेदवारलाई भोट हाल्नुपर्ने बताउँछन् । ‘आफ्नो टोल, वडा, गाउँ, नगरको दैनिक जीवनका, स–साना लाग्ने तर महत्वपूर्ण कुरामा सघाउँछ भन्ने विश्वास लाग्छ त्यो उम्मेदवारलाई भोट हाल्नुपर्छ, चाहे पार्टीकै हुन् चाहे स्वतन्त्र । पार्टीका पनि सबै उमेदवार खराब नहुन सक्छन्’ हेमन्त भन्छन् ।

मतदान गरेर सोमवार–मंगलवारतिर आफू काठमाडौं फर्किने शर्माले बताए ।

गायक प्रकाश सपूत भने केही दिनदेखि सांगीतिक कार्यक्रमका लागि अमेरिकामा छन् । सो कारण उनी स्थानीय तह निर्वाचनमा मतदानबाट बञ्चित हुने भएका छन् । उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै सबैलाई मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो मतको सदुपयोग हुने गरी मतदान गर्न पनि आग्रह गरेका छन् । उनी लेख्छन्,‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले मतदान प्रक्रियामा भाग लिनुहोला । साथै सोँच विचार गरेर आफ्नो मतको सही सदुपयोग हुने गरी मतदान गर्नुहोला ।’

प्रकाशले मत पाउनु मन जित्नु भएको बताउँदै आफू र आफ्ना सिर्जनाले अमेरिकामा बस्ने नेपालीहरूको मन जितेको रै‘छ भन्ने अनुभूती गरिरहेको समेत उल्लेख गरेका छन् । 

यता अभिनेत्री केकी अधिकारी पनि निर्वाचनको यो माहोलमा अमेरिकामा छिन् । टेलिभिजन रियालिटी शोमा भाग लिन अमेरिका पुगेकी उनले मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुखेको बताएकी छिन् ।

‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन्’ केकीले फेसबुकमा लेखेकी छिन्, ‘तपाईंहरूले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नु भएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला ।’

उनले शान्त, सुरक्षित अनि सु–ब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुन सकोस् भन्ने कामना समेत गरेकी छिन् ।

हास्य कलाकार एवं मोडल सागर लम्साल ‘बले’ले भने स्याङजाबाट मतदान गर्नेछन् । एक साताअघि नै स्याङजा पुगिसकेका उनले विरुवा गाउँपालिका –६ बाट मतदान गर्ने जानकारी दिए । मतदानका लागि आफू उत्साहित रहेको समेत सागरले बताए ।

मतदान पश्चात जेठको ३/४ गते आफू काठमाडौं फर्किने सागरले बताए ।

यस्तै, पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानले भने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकी छिन् । उनको मतदाता नामावलीमा नाम झापाको बिर्तामोडबाट छ ।

‘यस अगाडिको निर्वाचनमा मतदान गरेकी थिएँ’ काठमाडौंमा रहेकी उनले भनिन्, ‘यसपटक मतदान नगर्ने भएकी छु । भोट गर्नै पर्छ जस्तो पनि लागेन, त्यसैले कतै पनि भोट नगर्ने भनेर काठमाडौंमै बसेकी छु ।’

मतदान नगर्ने निर्णय गर्नुको कारण खुलस्त नपारे पनि उनी निर्वाचनलाई लिएर त्यति उत्साहित भने देखिइनन्।

TATA Below
NLIC
जेठ ११, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरूमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ श...

जेठ १४, २०७९

जातीय विभेदविरुद्धको लघु चलचित्र प्रतियोगितामा ‘द बास्केट’ पहिलो भएको छ ।  शुक्रवार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको फिल्मलाई आयोजकले २...

जेठ ११, २०७९

भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।  गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो म...

जेठ १४, २०७९

एक समय थियो सिरियल हेर्नका लागि टेलिभिजनको विकल्प थिएन । सिरियलका पारखीहरूलाई प्रसारण हुने दिन, समय कण्ठस्थ हुन्थ्यो । टेलिभिजन पनि सीमित घरमा हुन्थे ।  सिरियल आउने दिन टोलभरमा मानिसहरू जम्मा भएर टे...

जेठ १३, २०७९

नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुरा स्थायी बसोबासका लागि अमेरिका उडेकी छिन् । उनी आफ्नो श्रीमानसहित बिहीबार अमेरिका उडेकी हुन् । उनकी एकमात्र छोरी ४ वर्षदेखि अमेरिकामै छ...

जेठ ११, २०७९

आज (बुधवार)देखि प्रसारण हुने भनिएको टेलिभिजन कमेडी शो ‘कमेडी हब’ अर्को सातादेखि प्रसारणमा आउने भएको छ ।  जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य कलाकार केदार घिमिरे ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x