
कांग्रेसका कार्यकर्तामाथि आक्रमण र उम्मेदवारलाई धम्की दिएको भन्दै धादिङमा गठबन्धन गरेका दलले घटनाको विरोध गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)ले बिहीवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणको घटनाप्रति खेद प्रकट गरेका हुन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ का वडाध्यक्षका उम्मेदवार भीमप्रसाद भट्टको घरमा एमालेले घटाएको घटना, एमालेबाट सिद्धलेक गाउँपालिकामा अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल नेतृत्वको समूहले कांग्रेसका कार्यकर्तालाई धम्की दिएको र गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि गरेको आक्रमणको घटनाप्रति विज्ञप्तिमार्फत निन्दा व्यक्त गरिएको छ ।
साथै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन पनि सरकारसँग माग गरिएको छ ।
