जेठ १३, २०७९
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् । ‘रुससी...
काठमाडाैं | बैशाख ३०, २०७९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार गर्न लागेको लुम्बिनी भ्रमणका विषयमा भारतको विदेश मन्त्रालयले शुक्रवार विशेष प्रेस ब्रीफिङ गरेको छ ।
उक्त ब्रीफिङमा सम्बोधन गर्दै विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीको यो भ्रमणले नेपाललाई भारतले दिएको उच्च महत्त्वलाई झल्काउने बताएका छन् ।
अहिले नै किन मोदीले लुम्बिनीको भ्रमण गरेको भनी एक भारतीय पत्रकारले सोधेको प्रश्नमा क्वात्राले नेपाल र भारतबीचको पुरानो समयदेखिको सांस्कृतिक सम्बन्धलाई प्रधानमन्त्री मोदीले बारम्बार दोहोर्याउने गरेको बताए ।
बुद्ध जयन्तीको पवित्र अवसरमा प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गर्नुमा कुनै गोप्य उद्देश्य नरहेको क्वात्राको भनाइ छ ।
बौद्ध धर्म पनि दुई देशबीचको साझा सभ्यतागत विरासत भएको उनले बताए । प्रधानमन्त्रीको भ्रमणले उक्त सभ्यतागत सम्बन्धलाई उत्सवका रूपमा मनाएको उनको कथन छ ।
यसमा अतिरिक्त अर्थ निकाल्नुभन्दा पनि भारतको छिमेक पहिले नीतिलाई विचार गर्नुपर्ने क्वात्राले बताए ।
अर्की एक भारतीय पत्रकारले प्रबुद्ध व्यक्तिहरूको समूहले बुझाएको प्रतिवेदनलाई भारतका प्रधानमन्त्रीले बेवास्ता गरेको विषयमा प्रश्न सोध्दा क्वात्राले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश नै नभएको बताए । पेश भएपछि मात्र त्यसको समीक्षा गर्ने उनको भनाइ छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् । ‘रुससी...
धनी होस् वा गरीब । श्रमिक होस् वा अफिसर । भावना र मन सबैसँग हुन्छ । भारतको नयाँदिल्लीस्थित एक मजदुरको लभ स्टोरी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । चिया पसलमा अफजल र सबीनाले एकै गिलासमा चिया पि...
लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए । गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।
भारत सरकारले खाद्यान्न निर्यालमा एकपछि अर्काे प्रतिबन्ध लगाउँदै आएको छ । सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् । ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...
युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ । आक्रमणमा ३५ जना घाइते भएका छन् । मृत्युसंख्या बढ्न सक्ने सम्भावना...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...