जेठ १४, २०७९
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान सत्सङ्ग समारोह २०७९ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो । सत्संग समारोहमा अन्तर्राष्ट्रिय आध्यात्मिक...
काठमाडाैं | बैशाख ३१, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री खाँणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीशहरू, र निर्वाचन अधिकृतलाई सीमित स्रोतसाधन उपयोग गरेर एकैचरणमा निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद दिए ।
गृहमन्त्री खाँणले शनिवार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधान सेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटपुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकैपटक सम्पन्न गरेकोमा धन्यवाद दिए ।
‘सीमित स्रोत र साधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ,’ गृहमन्त्री खाँणले टेलिफोनमा भने, ‘मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीशहरू र निर्वाचन अधिकृतहरूले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ । म्यादी प्रहरीले झन् प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेवारी निभाउनुभएको छ । सबैले सरकारले दिएको जिम्मेवारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्छ ।’
एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाँणले बताए ।
गृहसचिव पाण्डेले गृहमन्त्री खाँणले सरकारको निर्णय बमोजिम सीमित स्रोतसाधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोतसाधनबीच सुरक्षा व्यवस्था मिलाएकोमा धन्यवाद दिएको बताए ।
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान सत्सङ्ग समारोह २०७९ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो । सत्संग समारोहमा अन्तर्राष्ट्रिय आध्यात्मिक...
प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्य वृद्धि नियन्त्रण गरी मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न अधिकतम प्रयत्न गरिने बताएका छन् । प्रतिनिधिसभालाई सोमबार सम्बोधन गर्दै देउवाले बाह्य प्रभावका कारण अर्थतन्त्रमा हुने उतार...
नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधान...
स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिका...
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुवाहक माइक्रोबस र प्...
रोल्पा कारागारमा एक बन्दीले आत्महत्या गरेको विषयमा अध्ययन अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । गृह मन्त्रालयले शनिवार कारागार व्यवस्थापन विभागका निर्देशन झरेन्द्रप्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यी...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...