
नुवाकोट विदुर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार श्रेष्ठले १ हजार ४२७ मत प्राप्त गरेका छन् ।
श्रेष्ठका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का सन्जु पण्डितले १ हजार ११५ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछि परेका छन् । उपमेयरमा एमालेकी अम्बिका पौडेल ९८८ मतसहित अगाडि छन् भने गठबन्धनबाट उपमेयरकी उम्मेदवार माओवादी नेता प्रभा बोगटीले ९८१ मत पाएकी छन् ।