असार १९, २०७९
नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेक...
काठमाडाैं | जेठ २, २०७९
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ । सोमबार साँझसम्म करीब २० हजार मत गनिसक्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई दोब्बर मतान्तरले पछि पारेका छन् ।
हालसम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को नतिजा आइसकेको छ । त्यसमा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । तर, त्यही वडामा भने महानगरको प्रमुखमा बालेनले धेरै मत पाए । अहिले वडा नम्बर ३२, ३, ४, ५ र ६ को मतगणना जारी छ । त्यसमा पनि बालेनले अग्रता कायम गरेका छन् ।
बालेनको चुनाव चिन्ह ‘लौरो’ शब्दले एमाले र कांग्रेसका प्रतिनिधिलाई यति दिक्क पारेको छ कि गणनामा बसेका प्रतिनिधिहरू पनि लौरो शब्द सुन्ने अनुहार मलिन बनाउँछन् ।
सोमबार विहान साढे ११ बजे मतगणास्थलमा खटिएका कर्मचारीले मत पत्र देखाएर ‘प्रमुख लौरो अरू सबै सूर्य’ भन्दा दलका प्रतिनिधिले भनेका थिए, ‘लौरो शब्द सुन्दा पनि वाक्क लागिसक्यो प्रमुखमा अरू भन्दैनन् त ।’
‘लौरो–लौरो भन्दाभन्दै दिमागमै लौरो बस्न लाग्यो’, अर्का प्रतिनिधि भन्दै थिए । अर्का प्रतिनिधिले थपे, ‘प्रमुख लौरो र उमप्रमुख सूर्य भन्दा केही आउँदैन । अरू त साइड लाग्दा हुने भो ।’
मतगणनास्थलमा गणकले लौरो उच्चारण गर्दा दलका प्रतिनिधि तर्सिने अवस्थामा देखिए ।
मत गणनास्थलमा १५ मिनेट विताउँदा यस्तो सुनियो–
१ लौरो अरू सबै सूर्य ।
१ देखि ६ सम्म सूर्य, ७ हँसिया हथौडा
(मतपत्रमा दोस्रोमा उपप्रमुख, तेस्रोमा वडा अध्यक्ष, चौथोमा वडा महिला सदस्य, पाँचौमा दलित महिला वडा सदस्य, छैठौंमा दुई जना वडा सदस्यको चुनाव चिन्ह छ)
१ लौरो २ हलो, ३ रूख, ४ देखि ६ सम्म हलो
१ र २ रूख, ३, ४, ५ सूर्य
१ लौरो अरू सबै सूर्य
१ लौरो, २ रूख, ३, ४, ५, ६ र ७ सूर्य
प्रमुख र उपप्रमुख खाली, ३ रूख अरू सबै तराजु
१ देखि ४ सम्म सूर्य अरू सबै खाली ।
यसरी हेर्दा अहिले काठमाडौं महानरपालिका प्रमुख पदमा अधिकाङ्सले लौरोमा र अन्य आफ्ना दलका उम्मेदवारलाई भोट दिएको देखिन्छ ।
मतगणनामा अहिलेकै प्रवृत्ति कायम भएमा काठमाडौंको मेयरमा बालेन साह निर्वाचित हुने देखिन्छ ।
काठमाडौंमा अहिलेसम्म करीब २० हजार मत गणना भएको छ । त्यसमध्ये बालेनले करीब ८ हजार मत पाएका छन् । यो भनेको कुल गणनाको ४० प्रतिशत हो ।
काठमाडौं महानगरमा कुल १ लाख ९१ हजार मत खसेको छ । अहिलेकै प्रवृत्ति अनुसार बालेनले मत पाउने हो भने उनको पक्षमा कुल मतको ४० प्रतिशत अर्थात ७६ हजार ४ सय मत आउने देखिन्छ । बालेनले कुल मतको ४० प्रतिशत पाउने हो भने उनले काठमाडौंको मेयर जित्न सक्छन् ।
काठमाडौं महानगरको बाहिरी क्षेत्रमा बालेको जवर्जस्त क्रेज देखिएको छ । अहिलेसम्म उनले पाएकाले मतले पनि यो पुष्टि हुन्छ । मतगणनास्थमा देखिएका दलका प्रतिनिधिहरूले एक आपसमा गर्ने कुराकानी नै बालेनले चमत्कारिक रुपमा पाएको मत हो ।
दलका प्रतिनिधिहरू काठमाडौंको पुरानो वस्ति रहेको क्षेत्रमा बालेनले कति मत पाउँछन् भन्नेमा चिन्तित देखिएका छन् ।
काठमाडौंको २ वटा वडा जितेको अवस्थालाई हेर्दा पनि प्रमुखमा बालेन र वडाहरूमा दलका उम्मेदवारलाई मत आएको देखिन्छ ।
वडामा मतदाताको सिधा सम्पर्क हुने र व्यक्तिगत कामका लागि पनि वडामै जानुपर्ने भएका कारण आफूले चाहेको दलका उम्मेदवारलाई मत दिएको देखिन्छ ।
१ लौरो, २ सूर्य, ३ देखि ७ सम्म रुख
१ र २ सूर्य, ३ रुख, ४ देखि ७ रुख
मतको यो ट्रेण्डले पनि काठमाडौंका वडाहरूमा दलका उम्मेदवारहरुले जित्ने देखिन्छ ।
काठमाडौं वडानम्बर–६ का एमालेका प्रतिनिधि चन्द्रमान लामाले काठमाडौंको बाहिरी क्षेत्रको मतगणना भइरहेकोले बालेन पक्षमा बढी मत देखिएको र भित्रि बस्तिको मत गणना हुन थालेपछि एमाले अगाडि आउने दावी गरे ।
‘अहिले बाहिरी क्षेत्रको मत गणना भइरहेको छ । बाहिरी क्षेत्र भनेको भोट स्वीङ हुने ठाउँ पनि हो । भित्रि क्षेत्रमा त एमाले धेरै अगाडि आउँछ,’ लामाले लोकान्तरसँगको कुराकानीमा भने, ‘तर, भोट जनताले हालेका हुन् ।’
दलका प्रतिनिधिहरुलाई बालेनले ल्याएको प्रारम्भिक मतबाट त्रास उत्पन्न भएको भने उनले स्वीकारे ।
उनकाअनुसार ६ देखि १८ नम्बर वडा काठमाडौंको ‘कोर क्षेत्र हो । त्यहाँ एमालले र काँग्रेस दुवैको भोट बढी आउने अनुमान ती दलका प्रतिनिधिहरुको छ । ६ नम्बर वडामा ९ हजार ५ सय मत खसेको छ । त्यसमा अधिकांश एमाललेको र केही काँग्रेसको भोट रहेको लामाको दावी छ ।
‘हामीले ४६ सय भोट ल्याएर वडामा जित्छौं त्यसमा लौरोको कम भोट आउँछ भन्ने हाम्रो अनुमान हो । तर, अहिलेको ट्रेण्ड त वडा जित्ने प्रमुख नजित्ने देखिएको छ,’ लामाले भने ।
दलका कार्यकर्ता शान्त, बालेनका उग्र !
मतगणना शुरु भएर बालेनले अग्रता लिएदेखि नै उनका समर्थकहरुले चौविसै घण्टा राष्ट्रिय सभागृह छाडेका छैनन् ।
उनीहरू बालेनका पक्षमा नाराबाजी गरिरहेका हुन्छन् ।
बालेनका प्रतिनिधिहरुले बेला–बेलामा मत परिणाम बाहिर ल्याउँदा भिड उग्र हुन्छ । उनीहरूले अहिले समाजिक सञ्जालमा भाइरल भएको ‘सागर, बसन्ते, किस्ने’ शब्दलाई लय मिलाएर नारा लगाउँछन– ‘सागर, बसन्ते र किस्ने बालेनले हो जित्ने ।’
त्यस्तै उनीहरूको अर्को नारा छ– ‘लौरो भष्टाचारीलाई सेकाउन मिल्ने, बुढाबुढीलाई टेकाउन मिल्ने ।’
मतगणना शुरू भएको दिनबाटै बालेन राष्ट्रिय सभागृहमा बसिरहेका छन् । उनी समय–समयमा बाहिर निस्कन्छन् । समर्थकलाई नमस्कार गर्छन र फर्कन्छन् ।
त्यसबेला भीडले बालेन साह जित्ने नारा लगाउँछन् । केहीबेरमा उनी फर्कन्छन् । दुई दिन स्थलगत रिर्पोटिङको क्रममा बालेनले आफ्ना समर्थकलाई भेट्ने योजनाबद्ध तरिका अपनाएको देखियो ।
राष्ट्रियसभा गृहको पछाडि रहेको अस्थायी क्यान्टीनमा आफ्ना प्रतिनिधिहरुसँग बालेन बसिरहेका हुन्छन् । कालो चस्मा, गाढा रातो कोटभित्र टिसर्ट र कालो जुत्ता उनको ड्रेस कोड जस्तै छ ।
शनिबार र आइतबार दलका कार्यकता सभागृहमा देखिएका थिएनन् । आइतबार साँझ वडा नम्बर १ मा एमालेले जितेको नतिजा आएपछि सोमबार विहान वडा नम्बर–४ एमालेले जितेपछि एमालेका कार्यकर्ताको भीड बढेको थियो । तर, उनीहरुले नाराबाजी र होहल्ला गरेनन् । पार्टीको झण्डा लिएर शान्त थिए । बालेनका समर्थक उग्र थिए ।
अहिलेसम्म काँग्रेसकी उम्मेदवार सिर्जना सिँह र नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने मतगणनास्थलमा देखिएका छैनन् ।
नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेक...
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यहरूको बैठक बस्ने गरी नेताहरूले तयारी गरिरहेका छन् । माओवादी केन्द्र र एमाले एकीकृत भएर बनेको नेकपामा ९ सदस्यीय सचिवालय थियो । उक्त सचिवालयको बह...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले जारी गरेको भू–उपयोग नियमावली तत्काल खारेज गर्न माग गरेको छ । बबरमहलमा शनिवार र आइतवार बसेको केन्द्रीय कार्यकारिणी बैठकले जेठ २३ मा जारी न...
नेकपा एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कामको संयोजक तोकेको छ । प्रदेश १ का लागि वरि...
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् । छलफलमा कांग्रेस केन्द्रीय सद...
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच आइतवार भेटवार्ता भएको छ । भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोल...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...