×

NMB BANK
NIC ASIA

'मै पनि एमाले, सही पनि एमाले' गाउँने गायकको वडामा कांग्रेस विजयी !

जेठ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पाको रामपुर नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दोवराज तिवारी (गोविन्द) निर्वाचित भएका छन् ।

Muktinath Bank

सोमवार साँझ सम्पन्न वडाको मतगणना अनुसार तिवारी सहित सिङ्गो कांग्रेसको प्यानल विजयी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिवारीले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शंकर प्रसाद गौतमलाई २२ मतले पछि पार्दै तिवारी विजय भएका हुन् । वडा नं. ७ मा खसेको कुल २ हजार ८८ मत मध्ये तिवारीले १ हजार ३० मत र गौतमले १ हजार ८ मत प्राप्त गरेका हुन् । कांग्रेसबाट महिला वडा सदस्यमा देवी भण्डारी, दलित महिला सदस्यमा मिठु माया सुनार, खुल्ला वडा सदस्यमा खेमराज अधिकारी र मिन बहादुर सिंजाली निर्वाचित भएका छन् ।


Advertisment
Nabil box
Kumari

यो वडा ‘सै पनि एमाले’, ‘मेरो देशै एमाले’ जस्ता एमालेको चुनावी प्रचार प्रसार गर्ने गीत गाएका चर्चित लोक गायक बद्री पंगेनीको वडा हो । २०७४ सालको निर्वाचन अगाडि सार्वजनिक ‘सै पनि एमाले’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनै पंगेनीको स्वरमा यसपाली सार्वजनिक एमालेको चुनावी गीत ‘मेरो देशै एमाले’ले पनि लोकप्रियता कायम गरेको छ ।

Vianet communication
Laxmi Bank

लामो समयदेखि काठमाडौंमा बस्दै आएपनि पंगेनी स्थानिय निर्वाचनमा मत खसाल्न आउने गरेका छन । अघिल्लो पटक पनि यो वडामा एमाले पराजित भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x