×

Dabur
Nic Asia
Marvel

४४ हजार भोट खसेको भक्तपुरमा कसरी सम्भव भयो छिटो गणना ?

भक्तपुर | जेठ ३, २०७९

तस्वीरः नवनिर्वाचित मेयर प्रजापतिको फेसबुकबाट
TVS INSIDE

धेरै मतदाता भएको नगरपालिका मध्ये भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा मतगणना चुस्त भयो । शनिवार बिहानबाट मतगणना शुरु भएकोमा सोमवार मध्यान्ह नतिजा नै सार्वजनिक भयो । समयमै मतगणना सम्पन्न गरेकोमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुख्य निर्वाचन अधिकृतलाई फोन गरेरै धन्यवाद दिए । 

morang Auto yamaha

देशका अन्य नगरपालिका र गाउँपालिकामा मतगणना ढिलाइ भइरहेको समयमा भक्तपुरमा नतिजा छिटो आउनुमा मुख्य निर्वाचन अधिकृतको काम गर्ने शैली हो । भक्तपुर नगरपालिकामा मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोला छन । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘खाना या चिया खाने समय भनेर छुट्याएनौ, मतगणना निरन्तर चलिरह्यो । केही कर्मचारीले रातिमा र केहीले दिउँसोमा गर्नुभयो’ मुख्य निर्वाचन अधिकृत बास्तोलाले भने ‘कर्मचारी ब्यवस्थापन चुस्त बनाउँदा छिटो नतिजा दिन सक्यौ ।’ जिल्ला अदालत भक्तपुरका न्यायाधीश समेत रहेका बास्तोलाले मतगणना देशभरकै जस्तो भएपनि जनशक्ति ब्यवस्थापन गर्दा छिटो नतिजा सार्वजनिक भएको बताए । कतिपय स्थानमा सिफ्ट नगरी एकैपटक कर्मचारीले रातदिन मतगणना गरिरहेका छन् । 

मतपत्र सटिङमा सामान्य कर्मचारी र गणनामा अधिकृत स्तरका कर्मचारीलाई लगाइएको थियो । मतगणना अवधिभर कुनै बिवाद पनि भएन । नेमकिपाको दवदवा रहेको भक्तपुरको मेयरमा नेमकिपाका सुनिल प्रजापति दोहोरिए । प्रजापतिले २९ हजार २ सय ५२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत प्राप्त गरे । 

Vianet communication
Maruti inside

निर्वाचन आयोगले बुधवार निर्वाचित लाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृत बास्तोलाले लोकान्तरलाई बताए । मतगणनामा ढिलाइ भइरहेको समयमा भक्तपुर अन्य ठाउँको लागि पनि उदाहरण बनेको छ । 

 

Mega
TATA Below
NLIC
असार १९, २०७९

नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज  आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...

असार १९, २०७९

२०७४ सालको प्रतिनिधि सभा चुनावमा ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि धनगढीमा घर नै किनेर चुनावी अभियान थालेकी प्रधानमन्त्रीपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवाले यसपटक मिति घो...

असार १८, २०७९

पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् ।  ‘९ जना...

असार १९, २०७९

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादील...

असार १९, २०७९

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्काउन कुराकानी चलिरहेको बताएका छन् । उनी मूल पार्टीमा फर्किन तयार रहेको समेत पौडेलले दाबी गरे । ...

असार १९, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी लोकान्तरको नियमित प्रस्तुती लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी पछिल्ला २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ । ००००...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x