×

NMB BANK
NIC ASIA

बजेट अधिवेशन

जमिन बाँझो राखेर युवा विदेशिने अवस्था हटाउने बजेट ल्याउँछाैं- अर्थमन्त्री

जेठ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्पादन बढाउनमा केन्द्रित हुने गरी आउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यसका लागि कृषि उत्पादनमा जोड दिने कार्यक्रमहरू आउने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनियोजित विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले देशभित्र आन्तरिक उत्पादन नबढ्नु र आयात मात्रै बढ्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको समेत बताए । उनले भने, ‘आयातमा भर पर्नुपर्ने, खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने चुनौती सरकारलाई थपिएको छ ।’


Advertisment
Nabil box
Kumari

यसले समग्र अर्थतन्त्रको संरचनागत प्रणालीमा असर गर्ने भएकाले आत्मनिर्भर अर्थतन्त्र उन्मुख हुने गरी बजेटका प्राथमिकता तय हुने पनि उनले बताए ।

Vianet communication
Laxmi Bank

आगामी आवको बजेटलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने, समाजवाद उन्मुख र आर्थिक रूपान्तरणमा केन्द्रित हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ । बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट खर्चिने उल्लेख छ । बजेटले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने पनि शर्माले उल्लेख गरे ।

अर्थमन्त्री शर्माले दिगो विकासको लक्ष्य, १५ औं राष्ट्रिय योजना र सरकार गठन हुँदा तय गरेको न्यूनतम साझा कार्यक्रमलाई मार्गदर्शन मानेर बजेट बजेट ल्याउने बताएका छन् । दुर्गम क्षेत्रका जनताको आवश्यकताका विषयलाई सम्बोधन गरेर बजेट आउने पनि उनले बताएका छन् ।

शर्माले भने, ‘संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, समष्टिगत आर्थिक स्थायित्व, जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्न समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट आउने छ ।’ सन्तुलित र समावेशी आर्थिक विकास गर्दै जाने, आर्थिक वृद्धिको लाभ समाजका सबै वर्ग र तहमा पुर्‍याउने गरी बजेट आउने छ ।’

आगामी बजेटले ग्रामीण विकासलाई प्राथमिकता दिइने, स्थानीय पूर्वाधार विकासमा लगानी केन्द्रित गर्ने, सभ्य र समतामूलक समाज निर्माण हुने गरी बजेटले प्राथमिकता कार्यक्रम तय गरेको भएको छ । स्वदेशी वस्तुको उत्पादनमा वृद्धि गरी निर्यात बढाउने कार्यक्रम पनि बजेटबाटै ल्याइने भएको छ ।

सम्भाव्य आयोजनमा मात्रै बजेट विनियोजन गर्ने, कर प्रणालीमा सुधार गर्ने तथा करको दायरा बढाउने, सार्वजनिक ऋणलाई राष्ट्रिय प्राथमिकता क्षेत्र तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने कार्यक्रमसहित बजेट आउने पनि उनको भनाइ छ । आगामी आवको बजेटले स्थानीय तहलाई राष्ट्रिय राजमार्गमा जोड्ने कम्तीमा एउटा सडक बाह्रै महिना चल्ने क्षमतामा विकास गर्ने कार्यक्रमलाई पनि पहिलो प्रथामिकता दिने अर्थमन्त्री शर्माले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x