×

Dabur
Nic Asia
Marvel

‘युक्रेनको बहानामा रुसमाथि आक्रमण गर्ने पश्चिमको योजना’

काठमाडाैं | जेठ ४, २०७९

TVS INSIDE

पश्चिमले मस्कोविरुद्ध अघोषित युद्ध गर्ने बहानाका लागि युक्रेनलाई प्रयोग गरेको आरोप रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभले लगाएका छन् । 

morang Auto yamaha

मंगलवार परिषद्को सल्लाहकार बोर्डको बैठकमा पात्रुशेभले आफ्नो अस्तित्व जोगाउनका लागि रुसले युक्रेनमाथि आक्रमण गर्नुपरेको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

पश्चिमले विश्वव्यापी सुरक्षा संरचना तथा अन्तर्राष्ट्रिय कानूनी प्रणालीलाई ध्वस्त पारेकाले अहिलेको अभूतपूर्व भूराजनीतिक संकट आएको पात्रुशेभको भनाइ छ । मस्कोसँग सिर्जनात्मक संवाद गर्नुको साटो अमेरिका र उसका साझेदारहरूले रुसविरुद्ध सैन्य तथा राजनीतिक विस्तार अभियान चलाएको उनी बताउँछन् । उनीहरूले युक्रेन सरकारलाई समर्थन गर्दै पूर्वी युक्रेनमा विशाल स्तरको हिंस्रक कारवाही चलाउन उक्साएको आरोप पात्रुशेभले लगाए । 

रुसको सत्तामा नियन्त्रण गर्ने परिस्थिति निर्माण गर्ने पश्चिमको अभीष्ट रहेको पात्रुशेभ बताउँछन् । यसको परीक्षण उनीहरूले युक्रेन तथा अन्य राज्यहरूमा गरिसकेका थिए । रुसले युक्रेनमा सैन्य कारवाही चलाएर यसलाई रोकेको पात्रुशेभको भनाइ छ । रुस राज्यको अस्तित्वमा नै संकट आइलाग्ने गरी राष्ट्रिय सुरक्षा जोखिम बढेकाले त्यसलाई रोक्न रुसले कारवाही चलाएको पात्रुशेभ बताउँछन् ।

Vianet communication
Maruti inside

रुसमाथि लगाइएको प्रतिबन्ध तथा अमेरिका र उसका सेवक राष्ट्रहरूले चलाएको रुसविरोधी अभियान हेर्दा रुसविरुद्ध अघोषित युद्ध चलाउने बहाना युक्रेन बनेको स्पष्ट भएको पात्रुशेभको निष्कर्ष छ । मस्कोविरुद्धको आक्रामकतामा विचारधारात्मक आयाम रहेको दाबी पनि उनले गरे ।

Mega
TATA Below
NLIC
असार १५, २०७९

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि तेर्स्याएको अवरोध खोलिदिएको छ । हिजोदेखि स्पेनको राजधानी मड्रिडमा शुरू भएको नेटो शिखर सम्मेलनका क्रममा ती दुई मुलुक र टर्कीबीच सहमति बनेको फिनल्यान्डका राष्ट्...

असार १५, २०७९

जी७ मुलुकहरूले लाखौं मानिसलाई भोकमरीमा पारेको र पृथ्वीलाई थप तातो बनाएर पकाउनै लागेको विश्वव्यापी सहायता संस्था अक्सफ्यामले आरोप लगाएको छ ।  उक्त संस्थाका असमानता नीति प्रमुख म्याक्स लसनले मंगलवार एक ...

असार १५, २०७९

युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...

असार १४, २०७९

विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैंकका एक वरिष्ठ अधिकारीले  सोमबार बताएका छन् । पश्चिम र मध्य अफ्रि...

असार १४, २०७९

अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या बढेको ताजा जनगणनामा देखिएको छ ।  द गार्डियन पत्रिकामा छापिएको खबरअनुसार, उक्त देशमा रहेका आप्रवासीमध्ये नेपालीहरू शीर्ष ११औं स्थानमा छन् । भारतीयपछि नेप...

असार १५, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमाथि आक्रमण गर्र्दैनसथए होलान् भनी बयान दिएका छन् । युक्रेन युद्ध पुरुष अहंकारको उम्दा उदाहरण भएको उनको भनाइ छ । ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x