×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

हेटौंडामा एमालेको लाल किल्ला ढल्यो, मेयरमा समाजवादीकी मीना लामा विजयी

जेठ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयरमा निर्वाचित भएकी हुन् । यसैगरी उपमहानगरको  उपमेयरमा  नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।  

Sagarmatha Cement
Muktinath Bank

शुक्रबार राति सम्पन्न मतगणनामा लामाले २३०८० मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका अनन्त पौडेलले २०९०८ मत मत प्राप्त गरे ।  यो जितसँगै लामा बागमती प्रदेशको एकमात्र उपमहानगरको पहिलो महिला मेयरको हुन पुगेकी छन् । त्यस्तै राप्रपाका मेयरका उम्मेदवार दिपक सिंहले २०५३१ मत मात्र प्राप्त गर्दै फेरि पराजित हुन पुगे । सिंह यसअघि भएका संसदीय निर्वाचनमा र उपमहानगरको निर्वाचनमा पनि पराजित भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसका राजेश बानियाँले ३३११४ मत प्राप्त गर्दा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले २४३२८ मत प्राप्त गरिन् ।  उता राप्रपाको  तर्फबाट उपमेयरको उम्मेदवार इन्दिरा न्यौपानेले ५५९७ मत मात्र प्राप्त गरेर तेस्रो भइन् । उनी २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि पराजित भएकी थिइन् ।  हेटौंडामा कुल १ लाख ५ हजार ५ सय ७३ मतदाता रहेकोमा ७३ हजार ५ सय १५ मत खसेको थियो ।


Advertisment
Nabil box
Kumari

एमालेको लाल किल्ला तोडियो
२०७५ सालको स्थानीय चुनावमा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लाल किल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीना कुमारी लामाले उपमेयरमा जितेका थिए । 

Vianet communication
Laxmi Bank

को हुन् मेयरमा निर्वाचित मेयर मिना लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा उनको जन्म भएको थियो । लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । २०५६ सालबाट विद्यार्थीबाट उनको राजनीतिमा यात्रा सुरु भयो  । हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी पास गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडि बढिन् ।

२०४२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भइन् । उनले २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरेकी थिइन् । त्यसैगरि २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव,२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भइन् । त्यसलगत्तै २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा निर्वाचित भइन् । नेकपा एमाले विभाजन भएसँगै उनी नेकपा एकीकृत समाजवादी लागेकी थिइन् । लामा मकवानपुरकी नेकपा एकीकृत समाजवादी उपाध्यक्ष समेत हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x