×

NMB BANK
NIC ASIA

लजिष्टिक्स विकास नीति (मस्यौदा) सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रम

जेठ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (निर्यात प्रवर्धन तथा व्यापार सहजीकरण शाखा) को अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले “लजिष्टिक्स विकास नीति, २०७८ (मस्यौदा)” मा पृष्ठपोषण तथा सुझाव संकलन गर्न सरोकारवालाहरूबीच सार्वजनिक नीति संवाद कार्यक्रम गरेको छ । 

Muktinath Bank

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, झन्डै ३ दर्जन सङ्घसंस्था र महासङ्घहरूबाट प्रतिनिधित्व रहेको थियो  l


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वस्तुको ढुवानी, भण्डारण र वितरणमा आवश्यक हुने गुणस्तरीय पूर्वाधार निर्माण र सोको समुचित प्रयोगलाई प्रवर्द्धन गरी हाम्रो भूपरिवेष्टित मुलुकलाई दक्षिण एसिया क्षेत्रको व्यापारिक केन्द्र (हब) बनाई नेपालले खेप्दै आएको व्यापार घाटा न्यूनीकरण गर्नु यस नीतिको उद्देश्य रहेको प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले बताए । 


Advertisment
Nabil box
Kumari

यातायात तथा परिवहन प्रबन्ध विकास र व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको यस नीतिले आपूर्ति शृङ्खला (सप्लाई चेन) व्यवस्थापनमा उल्लेख्य योगदान गर्न सक्ने डा. उप्रेतीको ठम्याइ छ l

Vianet communication
Laxmi Bank

नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले नीतिको विस्तृत समीक्षात्मक टिप्पणी गरेका थिए । 

सहभागीहरूले पूर्वाधार राम्रो नभएकोले लागत बढी लाग्ने गरेको, पूर्वाधारहरू निर्माण गर्दा ठूलो भोल्युम (मात्रा)लाई थेग्ने किसिमको नभएको, उत्पादन पकेट (क्षेत्र)हरूसम्म सडक विस्तार हुन नसकेको जस्ता समस्याहरू रहेको बताए  l 

सहभागीहरूले यातायात, रसद र उत्पादन भण्डारणसम्बन्धी धेरै अवरोधहरू जस्तै सडक सुरक्षा, एयर कार्गोको महँगी, गोदामहरूको अभाव, नियामक निकायहरूको विसंगति र सिन्डिकेट प्रणाली रहेको औँल्याएका थिए । साथै उनीहरूले आन्तरिक ढुवानी सेवा महँगो हुँदा भारतका विभिन्न प्रदेशबाट आइपुग्ने सामानसँग समेत स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको तीतो यथार्थको रहेको बताए l

यस्ता समस्याहरू समाधान गर्न सरकारले नियमनकर्ता नभई सहजकर्ताको भूमिका खेल्नुपर्ने, लजिष्टिक्स पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउनुपर्ने, पारवहनको विषयमा छिमेकी मुलुकहरूसँग वार्ता गरेर ढुवानी  र पारवहन लागत घटाउनु पर्ने जस्ता सुझावहरू दिएका थिए  l 

सहभागीहरूले १५ औं आवधिक योजनाले मार्गनिर्देश गरेअनुरूप व्यापार, पूर्वाधार र कृषिलाई जोड्नु पर्ने कुरामा समेत जोड दिएका थिए  l साथै, उनीहरूले राष्ट्रिय यातायात तथा व्यापार सहजीकरणका लागि विभिन्न विभागमा रहेका विभिन्न नियामक र अनुगमन समितिको विकल्पमा एकीकृत नियामक समिति बनाइनुपर्ने; व्यापार, यातायात, आपूर्ति र रसद आपसमा सम्बन्धित भएकाले अन्तर विभागीय सहकार्यको व्यवस्था मिलाइनुपर्ने, पारवहनको क्षेत्रमा बिमाको उचित व्यवस्था हुनुपर्ने; सरकारी क्षेत्रभित्रका मन्त्रालय र विभाग, नियामक निकाय, निजी क्षेत्र र सबै सरोकारवालाको भूमिका नीतिमा तोकिनुपर्ने; व्यापार र निर्यातमा विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बन्न पारवहनका लागि लाग्ने समय र लागत घटाउनुपर्नेमा जोड दिए ।

यसरी बहुसरोकारवालापक्षलाई एक ठाउँमा राखी सबैको चासो, राय सुझाव सङ्कलन गरेकोमा सहभागीहरूले प्रतिष्ठानप्रति कृतज्ञता देखाएका थिए l 

प्रतिष्ठानका अनुसन्धान विभाग निर्देशक डा. हरि शर्मा न्यौपानेले छलफलबाट आएका सुझावलाई समेटेर नीति तर्जुमा गरिने बताए । 

सूचना अधिकारी राजेन्द्र सेन्चुरीले मस्यौदामा सल्लाह सुझाव दिन चाहनेले प्रतिष्ठानमा सम्पर्क गरी मस्यौदा नीति प्राप्त गर्न सकिने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x