×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

एमालेको गढ बुटवलमा खेलराजले गाडे कांग्रेसको झण्डा, भारी मतान्तरले मेयरमा निर्वाचित

जेठ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् । 

Muktinath Bank

एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले ३० हजार १३० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मात्र ल्याउन सके । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरूङलाई ७ हजार ९९४ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरूङले १६ हजार ९८० मत मात्र ल्याउन सके । १९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये ६३ हजार १७ मत खसेको थियो ।


Advertisment
Nabil box
Kumari

२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका पाण्डे पाँच वर्षपछि भारी मतान्तरले पश्चिम नेपालकै प्रमुख शहरको पहिचान बनाएको राजनीतिक तथा आर्थिक केन्द्र बुटवलको नेतृत्वमा पुगेका हुन् ।

Vianet communication
Laxmi Bank

नेकपा एमालेको गढका रूपमा परिचित बुटवलमा यसपालि खेलराजले गठबन्धनको बलमा कांग्रेसको झण्डा गाडेका छन् ।

बुटवलका ५ वटा वडाहरू १०, ११, १४, १८ र १९ वडामा एमाले विजयी भएको छ भने वडा नम्बर १ मा स्वतन्त्र, २ मा नेकपा एस, ३ मा रुख चिह्नबाट लडेर माओवादी केन्द्र निर्वाचित भएको छ । त्यस्तै ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६, १७ मा कांग्रेसले जित निकालेको छ । बुटवलमा एमाले एकातिर र सत्तारूढ गठबन्धन अर्कोतिर भएर चुनाव लडेका थिए । 

को हुन् निर्वाचित मेयर पाण्डे ?

स्याङ्जाको कालीगण्डकी गाउँपालिका तत्कालीन (आलमदेवी गाविस कोटाकोट) मा २०२६ सालमा लीलाबल्लभ पाण्डे र माता तारादेवी पाण्डेका सन्तानका रूपमा खेलराजको जन्म भएको थियो ।

पाण्डेय २०४६ सालयता बुटवलमा बसोवास गर्दै आएका छन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका पाण्डेयले नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट राजनीतिक यात्रा शुरू गरेका हुन् । २०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीति सुरू गरेका पाण्डे वि.स २०४४ सालमा अमृत साइन्स क्याम्पसको नेविसंघको सहसचिव थिए ।

२०४६ सालमा रुपन्देही आएपछि उनको विद्यार्थी राजनीतिको यात्रा झनै फराकिलो बन्यो । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति, २०५२ सालमा नेविसंघ रुपन्देही सचिव, २०५९ सालमा तरुण दल रुपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरुण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि अहिलेसम्म तीन कार्यकाल नेपाली कांग्रेस बुटवल नगर सभापति रहेका छन् ।

२०७२ मा सरकारले बुटवल नगरविकास समिति सभापति बनाएपछि उनीसँग बुटवलको विकासमा राजनीतिक, आर्थिक र सामाजिक नाता जोडिन पुग्यो ।

बीपी कोइरालाका पुस्तकहरूको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेयले कांग्रेसभित्र पनि लोभलालचरहीत, सामान्य, सरल र प्रस्ट वक्ताको रूपमा आफूलाई उभ्याएका छन् । उपमेयरमा निर्वाचित अर्याल नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । सामाजिक क्षेत्रमा क्रियाशील उनी लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x