×

X
Nic Asia
Dabur
Marvel

स्थानीय चुनाव

गुल्मी, धादिङ, काभ्रे, दोलखादेखि धनकुटासम्म जहाँ ढल्यो एमालेको विरासत

काठमाडाैं | जेठ ७, २०७९

TVS INSIDE

गत चैत्र १७ मा जुम्लामा एमालेले विशाल सभा आयोजना गरेको थियो, जसलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । 

IME BANK INNEWS

जुम्लामा एमाले सभामा देखिएको भीडलाई पार्टी र अध्यक्ष ओलीप्रतिको आकर्षणको रूपमा एमालेले प्रचार गरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जुम्लाको सिञ्जा गाउँपालिकाको उक्त सभालाई सम्बोधन गर्दै ओलीले सिञ्जाको विकास गर्न सक्दो सहयोग गर्ने वचन दिएका थिए ।

तर, स्थानीय तहको निर्वाचनमा भने जुम्लाका जनताले एमालेलाई पत्याएनन् । 

Vianet communication
Maruti inside

जुम्लाकाे सिञ्जामा चैत १७ मा एमालेले आयाेजना गरेकाे जनसभा ।

चैत्र १७ को त्यो सभा ओलीलाई हेर्न आएको भीड मात्रै रहेछ, उनीहरूले ओली र एमालेको कुरा पत्याएनन् भन्ने कुरा निर्वाचनको परिणामले बताएको छ । 

जुम्लामा रहेका आठ स्थानीय तहमा एमालेले एउटा पनि जित्न सकेन । जुम्लामा कांग्रेसले ५ र माओवादी केन्द्रले दुई स्थानीय तहमा जितेका छन् । बरू जुम्लामा पनि स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् । एमाले शून्यमा सीमित भयो । 

जुम्ला एउटा उदाहरण हो, एमालेले चुनावअघि यस्ता प्रशस्त सभा गरेको थियो । जहाँ हजारौंको भीड हुन्थ्यो, जसलाई एमालेले जनताले आफूलाई पत्याएको अर्थमा बुझेको थियो । त्यसबाहेक, चुनावअघि एमालेले विभिन्न पार्टीबाट प्रशस्त मान्छे पनि भित्र्याएको थियो । तर, त्यो चुनावी परिणाममा बदलिन सकेन ।

अघिल्लो चुनावमा २९४ स्थानीय तहमा जितेर पहिलो पार्टी बनेको एमाले यसपटक भने दोस्रो स्थानमा ओर्लिएको छ । 

अघिल्लो चुनावमा ३९ प्रतिशत स्थानीय तहमा नेतृत्व जितेको एमाले यसपालि ३० प्रतिशतभन्दा तल ओर्लिने देखिएको छ । 

चुनावअघि एमालेले राखेको अन्तिम केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै तथ्यांक प्रस्तुत गरेका थिए, ‘एमालेको सक्रिय सदस्य संख्या साढे ८ लाख छ । मंसिरमा भएको १० औं महाधिवेशन यता विभिन्न पार्टीबाट ३ लाख प्रवेश गराएका छौं । एमालेको सदस्य संख्या साढे ११ लाख पुग्यो । यो बलमा स्थानीय तह निर्वाचनमा ६० प्रतिशत सिट जित्छौं ।’

शनिबार मध्यान्नसम्मको नतिजा अनुसार, एमालेले १८७ स्थानीय तहको प्रमुख जितेको छ  भने २०८ स्थानीय तहमा उपप्रमुख जितेको छ । १९ स्थानीय तहको मतगणनामा एमाले अगाडि छ । यी सबै स्थानीय तह एमालेले जित्छ भन्ने मान्दा पनि एमालेले जित्ने स्थानीय तहको संख्या २०६ मात्रै हुन्छ । यो कुल स्थानीय तहको २७ प्रतिशत हो । ओलीले दाबी गरेको ६० प्रतिशतको आधाभन्दा कम स्थानीय तह मात्रै एमालेले जित्न सक्यो ।  

२०७४ को चुनावमा २९४ स्थानीय तहमा एमालेले जितेको थियो । यो कुल स्थानीय तहको ३९ प्रतिशत हो । यस वर्षको निर्वाचनमा एमाले करीब १२ प्रतिशत सिट गुमाएर दोस्रो दल भएको छ । कांग्रेस सर्वाधिक सिट जितेर पहिलो दल बनेको छ । 

जहाँ ढल्यो एमालेको विरासत

राजधानी काठमाडौंसँग जोडिएको धादिङलाई एमालेको ‘लाल किल्ला’ मानिन्थ्यो । २०७० को संविधानसभा चुनावका बेला धादिङमा तीनवटा निर्वाचन क्षेत्र थियो । त्यसबेला एमालेले तीनवटै निर्वाचन क्षेत्रमा एकलौटी जितेको थियो । 

संविधान बनेपछि स्थानीय तह पुनःसंरचना भयो । धादिङमा १३ स्थानीय तह बने । संघीय निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र बन्यो ।

२०७४ को स्थानीय चुनावमा १३ मध्ये ८ स्थानीय तहमा एमालेले जितेको थियो । त्यही वर्षको प्रतिनिधि सभाको चुनावमा पनि दुईवटै निर्वाचन क्षेत्रमा एमालेले विरासत कायम गरेको थियो । 

यसपटक भने धादिङमा एमालेको किल्ला ढल्यो । एमालेले धादिङमा दुईवटा स्थानीय तहको अध्यक्ष मात्रै जित्यो । 

एमालेको जितेको गल्छी र थाक्रे गाउँपालिकाको उपाध्यक्ष र वडा अध्यक्षमा अन्य पार्टीकै बाहुल्य छ ।

एमालेको प्रभाव रहेका जिल्लाहरू काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखामा पनि स्थानीय तहको चुनावमा एमाले खुम्चिएको छ । काभ्रेको १३ स्थानीय तहमध्ये एउटा धुलिखेल नगरपालिकामा मात्रै एमालेले जित निकाल्न सक्यो । पाँचखाल नगरपालिकाको नतिजा आउन बाँकी छ । २०७४ मा पाँचखाल नगरपालिका कांग्रेसले जितेको थियो । एमालेका चल्तापूर्जा नेता गोकुल बाँस्कोटाको जिल्ला हो, काभ्रे । 

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तह मात्रै जित्न सक्यो । एमालेको बलियो प्रभाव रहेको मेलम्ची र बाह्रबिसे नगरपालिका, जुगल, बलेफी, लिसंखुपाखर र त्रिपुरासुन्दरी गाउँपालिका एमालेले गुमायो । २०७४ मा हारेको सुनकोशी र इन्द्रवती गाउँपालिकाको नेतृत्व भने यसपटक एमालेले फिर्ता लिएको छ । 

देशभरमै सबैभन्दा बढी एमाले कार्यकर्ता रहेको सिन्धुपाल्चोकमा स्थानीय तहको चुनावमा एमाले तेस्रो दलमा खुम्चियो ।

एमालेको अर्को बलियो किल्ला थियो, दोलखा । यसपटक एमालेले दोलखामा दुईवटा स्थानीय तह मात्रै जित्न सक्यो ।

सधैँ जितिरहेको सदरमुकामको भीमेश्वर नगरपालिका नै एमालेबाट फुत्कियो । दोलखामा नौ स्थानीय तह छन् ।

नुवाकोटमा एमालेले विदुर र बेलकोटगढी दुवै नगरपालिकामा नेतृत्व गुमायो । तारकेश्वर गाउँपालिकाजस्तो गढमा पनि पराजित भयो ।

नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये एमालेले किस्पाङ गाउँपालिका मात्रै जितेको छ । यो पनि एमालेले माओवादी केन्द्रसँग तालमेल गरेर जितेको हो । 

लुम्बिनीमा ढल्यो एमाले गढ 

एमालेको लाल किल्ला मानिएको लुम्बिनी प्रदेशका धेरै स्थानीय तहमा एमालेको कन्तबिजोग भएको छ । 

एमालेलाई कसैले हल्लाउन नसक्ने मानिएको बुटवल उपमहानगरपालिका नै यसपटकको चुनावमा एमालेले जोगाउन सकेन । भारी मतान्तरले कांग्रेसका खेलराज पाण्डे मेयर चुनिएका छन् ।

बुटवल एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो । त्यहाँ उनको बलियो प्रभाव रहेको मानिन्थ्यो । रुपन्देहीका १६ स्थानीय तहमध्ये अहिलेसम्म एमालेले ३ वटा स्थानीय तह मात्रै जित्न सकेको छ । 

लुम्बिनी प्रदेशमा एमालेको अर्को गढ थियो, गुल्मी । गुल्मी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको जिल्ला पनि हो । एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएकी रामकुमारी झाँक्रीको जिल्ला पनि गुल्मी नै हो । 

गुल्मीको मदाने, मालिका, रुरू र इस्मा गाउँपालिकालाई एमालेको गढ मानिन्थ्यो । तर, यी सबै गाउँपालिका स्थानीय चुनावमा एमालेले गुमायो । 

गुल्मीको १२ स्थानीय तहमध्ये एमालेले ३ स्थानीय तह मात्रै जित्न सकेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा चीनको सांघाईजस्तो मानिने सुनसरीको धरान उपमहानगरको एमालेको विरासत यस वर्षको चुनावमा पनि फर्किन सकेन ।

अघिल्लो चुनावमा एमाले तारा सुब्बाले चुनाव जितेका थिए । कार्यकालको एकतिहाइ समय पनि नबित्दै उनको निधन भएपछि २०७६ मा भएको उपचुनावमा कांग्रेसले जित्यो । यसपटक एमालेले आफ्नो विरासत फर्काउने बताउँदै आएको थियो । तर, मतगणनाका क्रममा एमाले धरानमा तेस्रो स्थानमा छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा विजयी भए । 

अघिल्लोपटक क्लिनस्विप गरेको धनकुटामा यसपालि एमाले तीन स्थानीय तहमा सीमित भयो । तेह्रथुम, भोजपुर, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा पनि एमालेका लागि सुखद नतिजा रहेन ।

केपी ओलीको बसोबास रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष पनि एमालेले जित्न सकेन । सूर्यविनायकको प्रमुख तथा उपप्रमुख भने एमालेले जितेको छ । ओलीको निवास रहेको वडा भने कांग्रेसले जितेको छ ।

सुदुरपश्चिम प्रदेशका डोटी, कैलाली र कञ्चनपुरमा अघिल्लो चुनावमा एमालेले उत्कृष्ट नतिजा निकालेको थियो । तर, यसपटक भने ती जिल्लामा एमाले नराम्रोसँग खुम्चिन बाध्य भयो । कैलालीको १३ स्थानीय तहमध्ये एमालेले दुई वटा गाउँपालिकामा मात्रै चित्त बुझाउन बाध्य भएको छ । 

कैलालीको टीकापुर, लम्की र घोडाघोडी एमालेको बलियो आधार भएको ठाउँ थियो । तर, यसपटक एमाले ती तीनै स्थानीय तहमा पराजित भयो ।

अघिल्लो चुनावमा एमालेको जितेको प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका पनि एमालेको कब्जाबाट फुत्किएको छ । कर्णाली प्रदेशको कालिकोटमा एमालेको जीत शून्य भएको छ ।

 

के भन्छन् एमाले नेता ?  

नेकपा एमालेका नेताहरूले भने अरू पार्टीसँग थोरै मतान्तर रहेको ठाउँमा गठबन्धनका कारण एमाले पराजित भएको दाबी गरेका छन् । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको देशभरको कुल मत नबिग्रिएको र अन्य पार्टीभन्दा थोरै मतले अगाडि रहेको ठाउँमा अरू पार्टीले गठबन्धन गरेकाले एमाले हारेको बताए । 

उनले भने, ‘हाम्रो समग्र जनमत यथावत छ । तर पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिने बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भयो । हाम्रो जुन औसत जनमत हो त्यो यथावत छ ।’

एमालेका सचिव योगेश भट्टराईले भने एमालेविरूद्ध सत्ताको दुरूपयोग भएकाले हारेको प्रतिक्रिया दिएका छन् । त्यसबाहेक, एमालेभित्रै आन्तरिक कारणले पनि क्षति पुगेको उनले बताए ।

भट्टराईले भने, ‘एमाले हार्नुका आन्तरिक कारण पनि छन् । उम्मेदवार छनौटमा कतिपय ठाउँमा हाम्रो गल्ती भएको देखिन्छ । उम्मेदवारी दिइसकेपछि त्यो उम्मेदवारको पक्षमा जसरी पार्टी पंक्ति एकताबद्ध भएर लाग्नुपर्ने हो कतिपय ठाउँमा त्यो देखिएन । एमालेकै पनि कतिपय ठाउँमा बागी उम्मेदवारहरू देखिए । आफ्नो उम्मेदवारलाई मत नहाल्ने । विरोधी उम्मेदवारहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति पनि देखियो ।’

एमालेका नेता भीम रावलले भने एमालेको विभाजन नै चुनाव हार्नुको मुख्य कारण भएको बताए । 

‘एमालेले चुनाव हार्नुमा पार्टी विभाजनदेखि विभिन्न कारणहरू छन् । पार्टीको विभाजन, जनतामा देखिएको राजनीतिक दलहरूप्रतिको वितृष्णा आदि एमालेको चुनावी हारसँग सम्बन्धित छन्’, रावलले भने ।

कतिपय ठाउँमा राजनीतिक दलहरूप्रति जनताको वितृष्णा देखिएको रावलले बताए । राजधानी काठमाडौं, धरान, धनगढी र जनकपुरमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारले धेरै मत ल्याएको तथ्यलाई हेर्दा मुख्य शहरमा दलप्रति जनताको वितृष्णा बढेको निष्कर्षमा पुग्न सकिने रावलले बताए । 

एमालेभित्रै देखिएको अन्तर्घातले पनि चुनावी नतिजा प्रभावित भएको उनले बताए ।

TATA Below
NLIC
साउन ३१, २०७९

बुटवलको  एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी  ३३ वर्षकी पुष्पा बुढाथोकी  मृत फेला परेका हुन् । ...

साउन ३०, २०७९

अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् ।  यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...

साउन ३१, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।  बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।  बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...

साउन ३१, २०७९

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक  आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।  आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि  भन्दै फिर्ता पठाएको नागरिकता व...

साउन ३०, २०७९

सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भए...

साउन ३०, २०७९

लुम्बिनी प्रदेशबाट ह्याट्रिक (लगातार ३ पटक चुनाव जितेका) गरेका नेता ५ जना छन् । रूपन्देहीबाट नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्घाखाँचीबाट एमालेकै सचिव टोपबहादुर रायमाझी, दाङबाट नेकपा माओवादी केन्द्रका प्रभ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x