असार २३, २०७९
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...
मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।
रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।
रंगेली नगरपालिका मेयरका कांग्रेस उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३४४२ मत खसेको थियो । तर, गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको उनले बताए ।
‘९९ वटा मतपत्र बढी भेटिनु निर्वाचन धाँधली भएको छ,’ उनले भने, ‘मतगणना स्थगित गरेर रंगेलीमा पुनः निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु पर्दछ ।’
रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माका अनुसार शुक्रवारदेखि रोकिएको मतगणना अहिलेसम्म शुरू हुन सकेको छैन ।
मतगणना शुरू गर्न सहमति गरे पनि अहिलेसम्म सहमति हुन नसकेको उनले बताए । सबै दलको सहमतिमा मतगणना शुरू गर्ने पक्षमा निर्वाचन कार्यालय रहेको उनले बताए । ‘७ वडामा १० मतपेटिका छ । १०८ मत बढी आएको कांग्रेस प्रतिनिधिहरूको गुनासो थियो । कम्प्युटरमा इन्ट्री गर्दा १०० सिट डबल इन्ट्री भएको रहेछ । त्यसलाई हामीलाई सच्याएका छौं,’ उनले भने, ‘यस विषयमा हामीले दलका प्रतिनिधिहरूलाई पनि बुझाइसकेका छौं । तर, उहाँहरू अहिलेसम्म गणनास्थलमा आउनुभएको छैन ।’ सहमति नभए निर्वाचन आयोगको निर्देशनअनुसार गणना प्रक्रिया अगाडि बढाउने उनले बताए ।
गणना रोकिएको १२ घण्टा बितिसक्दा पनि रंगेली नगरपालिकाको मतगणना शुरु नभएपछि गणनास्थलमा प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख निर्वाचन अधिकारी लेवन काश्यव अधिकारीसहित तीन सदस्य टोली त्यहाँ आइपुगेका छन् ।
रंगेली नगरपालिकाको १, २, ३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ । गणना सम्पन्न भएको पाँच वटै वडाध्यक्षमा एमाले विजयी भएका छन् ।
६, ७, ८ र ९ वडाको गणना हुन बाँकी छ । ७ नं वडा गणना गर्दा विवाद भएपछि अहिले रोकिएको हो ।
रंगेलीमा २७ हजार २७० मत खसेको छ । रंगेलीमा एमालेले उम्मेदवार दिलिपकुमार अग्रवालले मेयरमा अग्रता लिएका छन् । उनले ७ हजार ३८५ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत ल्याएर पछि परेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...
नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीम...
नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल...
सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्याउन धौ-धौ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिए...
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली का...
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले मुलुकभर धमाधम रोपाइँ चलिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मल...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...