
नेपाल बैंक लिमिटेले बागमती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
गत वैशाख ४ गतेदेखि ७ गतेसम्म धुलीखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बागमती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।
बैंक व्यवस्थापनले शाखाहरूसंग अन्तक्रिया गरि शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरूमा बृहत रुपमा छलफल गरि सो सम्बन्धमा आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्यक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट बिभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धकहरू पासाङ्ग दोर्जे शेर्पा तथा धिरज राई, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादूर कँडेल, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधान कार्यालय बजेट कमिटिका अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो ।