२६ जेठ २०८३, मंगलबार
मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्य आकाशियो, पेट्रोलदेखि ग्याससम्मको भाउ बढ्यो

पेट्रोलियम पदार्थको मूल्य आकाशियो, पेट्रोलदेखि ग्याससम्मको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।  निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएपछि खरिद लागत बढेर घाटा बढेपछि भाउ बढाउनु परेको निगमको भनाइ छ । 

अहिले निगमलाई लिटर पेट्रोलमा रु २२.९४, डिजेलमा रु ३५.३३ घाटा रहेको छ । यस्तै ग्यासमा प्रति सिलिन्डर १०५० घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समग्रमा १५ दिनमा करीब रू ४ अर्ब ४९ करोड घाटा हुने स्थिति रहेपछि मूल्यवृद्धि गर्नुपरेको निगमको भनाइ छ।   जसअनुसार राति बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी  खुद्रा बिक्री मूल्य क्रमशः १८०, १६३ र १६३ रुपैयाँ कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर रू १० ले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य रू १६६ प्रति लिटर कायम गरिएको छ । त्यसैगरी एलपी ग्यासमा प्रति सिलिन्डर रू २०० ले वृद्धि गरी नयाँ विक्री मूल्य रू १८०० प्रति सिलिन्डर कायम गरिएको निगमले जनाएको छ । 

 मूल्य समायोजन पश्चात पनि निगमलाई महिनामा एलपी ग्यासमा करिव रू ३ अर्ब घाटा हुने देखिएको छ भने डिजेलमा करिव रू ३ अर्व ४० करोड घाटा हुने देखिएको छ । यस्तै पेट्रोलमा करिव रू १ अर्व घाटा रहने देखिएको निगमको भनाइ छ । 


 

salt training

कमेन्ट गर्नुहोस्