२७ जेठ २०८३, बुधबार

इरानका शीर्ष सैन्य अधिकृतको हत्या, पश्चिम एसियामा तनाव बढ्ने पक्का

जेठ ९, २०७९
इरानका शीर्ष सैन्य अधिकृतको हत्या, पश्चिम एसियामा तनाव बढ्ने पक्का

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का वरिष्ठ अधिकृतलाई आइतवार तेहरानमा बन्दूकधारीहरूले घरबाहिर हत्या गरेका छन् । 

कर्नेल हुन सैयद खोदायारीलाई उनकै कारमा पाँचवटा गोली हानिएको थियो । चालकको सीटमा एकजना मानिस उत्तानो परेको र उनको नीलो शर्टको कोलरमा रगत लागेको देखिएको थियो । 

खोदायारीलाई डिफेन्डर अफ द स्यांक्चुअरी भनी इरानले वर्णन गरेको छ । सिरिया वा इराकवा इरानको पक्षमा काम गर्ने व्यक्तिलाई त्यो उपाधि दिइन्छ । 

खोदायारी कुद्स फोर्सका सदस्य थिए । आईआरजीसीको विदेशी कारवाही चलाउने उक्त इकाइका लागि सिरियामा रही खोदायारीले वर्षौंसम्म काम गरेका थिए । 

अमेरिका र इजरायल खोदायारीको हत्याका लागि जिम्मेवार रहेको इरानको आरोप छ । आक्रान्ताहरूलाई पहिचान गर्नका लागि अनुसन्धान थालेको आईआरजीसीले जनाएको छ । 

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले यस हत्याबाट विभिन्न समीकरण परिवर्तन भएको र यसको प्रतिशोध लिइने बताएको छ । इरानको प्रतिशोधात्मक कारवाहीले पश्चिम एसियालाई थप अस्थिर बनाउने निश्चित छ ।

यसअघि सन् २०२० को नोभेम्बर महिनामा इरानका शीर्ष आणविक वैज्ञानिक मोहसेन फख्रिजादेको हत्या गरिएको थियो । 

अनि सन् २०२० को जनवरी महिनामा अमेरिकाले कुद्स फोर्सका कमान्डर कासिम सुलेमानीलाई इराकमा हत्या गरेको थियो । 

इरानले सिरिया सरकारलाई सहायता उपलब्ध गराउँदै आएको छ । कुद्स फोर्स अन्तर्गत उसले हजारौं लडाकू सिरिया र इराकमा आईएसविरुद्ध लड्न पठाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्