×

NMB BANK
NIC ASIA

धरानको मेयर जितेका स्वतन्त्र उम्मेदवार

‘म्यान अफ दि इलेक्सन’ हर्क साम्पाङ उदयको अन्तर्य

जेठ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको कम्युनिष्ट आन्दोलनको लागि चीनको सांघाई सहरसँग तुलना हुने सुनसरीको धरानले यस पटकको निर्वाचनमा मूलधारका राजनीतिक दलका उम्मेदवारलाई विस्थापित गरी अभियन्ता हर्कराज राई साम्पाङलाई उपमहानगरको नेतृत्व  सुम्पियो । 

Sagarmatha Cement
Muktinath Bank

केही वर्ष अघिसम्म धरान नेकपा एमालेको आधार इलाका थियो । धरानको सबैजसो चुनाव एमालेले नै जित्दै आएको थियो । धरानमा यस्तोसम्म चर्चा हुन्थ्यो कि, कर्मचारी पनि एमाले सम्बद्ध मात्रै आउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४९, २०५४, २०५६ को चुनाव एमालेले जितेको थियो । २०६४ को संविधानसभाको चुनाव भने धरानमा एमालेले हार्‍यो । कुन्ता शर्मा, लीला श्रेष्ठ, कृष्ण राईले धरानबाटै चुनाव जितेका हुन् । 


Advertisment
Nabil box
Kumari

तर, २०७६ सालको उपचुनावमा एमाले धरानमा पछारियो । निर्वाचन अघि धरानमा भेट्दा एमालेकाे प्रदेश–१ कमिटीका सदस्य मोतिराज सुनुवारले २०७६ मा एमालेलाई ‘राजनीतिक देशान लागेको’ बिम्ब प्रयोग गरेर स्थानीय तहकाे चुनावबाट त्यसको उपचार गर्ने भनेका थिए । तर, चुनावबाट धरानमा एमाले झनै धसारियो । मेयरको प्रतिस्पर्धामा एमाले तेस्रो स्थानमा खुम्चिएको छ । 

Vianet communication
Laxmi Bank

२०७४ को चुनावमा एमालेबाट नगरप्रमख निर्वाचित भएका तारा सुब्बाको निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा एमालेको किल्लामा कांग्रेसले विजयी झण्डा फहरायो । नेकपा विभाजन हुनुअघि भएको निर्वाचनमा तिलक राई मेयर निर्वाचित भए । यसपटक भने कांग्रेसले पनि विजयी यात्रा कायम राख्न सकेन । धरानका चर्चित फुटबल खेलाडी रहेका कांग्रेसका उम्मेदवार किशोर राई स्वतन्त्र उम्मेदवार साङपाङसँग ४ हजार ७७० मतले पछि परे ।

धरानको खानेपानी, सर्दु खोलाको दोहन, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृत, स्थानीय सरकारको अनियमितता आदीलाई मुख्य विषय बनाएर समस्या समाधानमा दबाब दिदैैं आएका साम्पाङ यस पटक धराने जनताको रोजाइमा परेका छन् । 

हर्क साम्पाङ राइ

साम्पाङको संघर्ष र उदय

बैदेशिक रोजगारीको शिलशिलामा केही वर्ष इराक र अफगानिस्तान बसेर धरान फर्किएका हर्क साम्पाङले धराने युवाहरुलाई अङ्ग्रेजी भाषा पढाए । केही समय कम्प्युटर सिकाए । यो उनको रोजिरोटीको उपाय थियो । संगीतमा पनि साङपाङको उत्तिकै चाख छ । आफै गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउने गर्छन् । उनले केही एल्बम पनि निकालेका छन् । तर, ती खासै चलेनन् । उनको रहर पूरा गर्ने माध्यम मात्रै भयो । 

धरानमा साम्पाङकाे सार्वजनिक छवी निर्माणमा कृष्णनारायण मलिखेको साइनो जोडिन्छ । उनी २०५४ को निर्वाचनमा धरानको उपमेयर निर्वाचित भएका थिए । तर, नगरपालिकामा भएको अनियमिततामा प्रश्न उठाउँदै उनले बीचैमा पदबाट राजीनामा दिए र सचेतना अभियान शुरू गरे । त्यसपछि, मलिखेले जनसरोकार मञ्च गठन गरेका थिए । त्यसैमार्फत धरानका विकृति, विसंगतिबारे आवाज उठाउँथे ।

अघिल्लो स्थानीय तहको चुनाव अघि नै धरानमा एकीकृत सम्पत्ति करको विषयमा व्यापक विवाद भयो । नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाउने निर्णय गर्‍यो । नगरवासीले त्यसको विरोध गरे । मलिखे नेतृत्वको जनसरोकार मञ्चले विरोधको नेतृत्व गरेको थियो । त्यो विवरोधको कार्यक्रममा साम्पाङ पनि मिसिन आएका थिए ।

धरान उपमहानगर–१८ बुद्ध चोकमा साम्पाङकाे निवास छ । त्यहीँ ‘धनकुटे रोड’ नामको सडक छ । भलै, यो धरानबाट धनकुटा जाने बाटो भने होइन । २०७२ सालमा त्यही धनकुटे रोड विस्तारको आयोजना कार्यान्वयमा थियो । तर, त्यहाँका स्थानीयले यसको विरोध गरे । सडक बढाउँदा घर भत्किने भएकाले स्थानीय आन्दोलनमा उत्रिए । त्यही आन्दोलनमा साम्पाङ पनि देखिन्थे । सडक विस्तारमा उनको घर पनि भत्किने भएकाले उनी सडक विस्तारको विरोधमा थिए । 

विस्तारै सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका साङपाङले राष्ट्रिय एकता सञ्जाल गठन गरे । मन मिल्नेहरुलाई त्यसमा सहभागी गराए ।

मलिखे नेतृत्वको जनसरोकार मञ्च र साम्पाङको राष्ट्रिय एकता सञ्जालले धरानको सार्वजनिक एजेण्डामा आआफ्नो तरिकाले आवाज उठाथ्यो । विरोध प्रदर्शन गर्थ्याे । स्थानीयलाई सचेत गराउँथ्यो । कतिपय अवस्थामा दुवै फोरमले मिसिएर सार्वजनिक मुद्दामा बसह पैरवी गर्थे ।

केही वर्ष अघि मलिखेको निधन भयो । तर, साम्पाङले सार्वजनिक पैरवीको अभियानलाई मुर्झाउन दिएनन् । बरु थप सशक्त बनाए । 

२०७४ कै निर्वाचनमा उनी धरान उपमहानगरको मेयरको स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसबेला उनले जम्मा ५४० मत मात्रै पाएका थिए । त्यही मतलाई उनले आफ्नो उदयको आधारको रुपमा स्थापित गरे । 

धरानको सबैभन्दा ठूलो समस्या हो– खानेपानी । नगरपालिकाले एसियाली विकास बैंक (एडीबी)काे ऋण सहयोगमा धरानमा खानेपानी वितरणकाे याेजना  बनायो । एडीबीले २ अर्ब ऋण दियो । परियोजना सम्पन्न पनि भयो तर, खानेपानीको समस्या झन विकराल भयो । धरान उपमहानगरको जनप्रतिनिधि र कर्मचारीलाई खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोप लाग्यो । साम्पाङले यही मुद्दालाई बलियो गरी उठाए । तर, यसलाई पुष्टि गराउने प्रयास भने कसैले गरेन । 

धरानमा उपमहानगर र खानेपानी संस्थानको बीचमा खानेपानी परियोजनालाई लिएर शितयुद्ध थियो । खानेपानी संस्थानले सप्तकोशीबाट सुनसरीको चतरा हुँदै धरानसम्म खानेपानी ल्याउने भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । संस्थानले नै उक्त काम गर्न सक्ने भएकाले एडीबीको परियोजना नचाहिने संस्थानका कर्मचारीको तर्क थियो । उपमहानगर भने खानेपानी बोर्ड बनाउने र संस्थानलाई पनि मिसाउने योजनामा थियो । 

उपनिर्वाचनबाट मेयर बन्नु अघि कांग्रेसका तिलक राई पनि खानेपानी संस्थानबाटै धरानमा पानी वितरण गर्ने पक्षमा थिए । मेयर निर्वाचित भएपछि उनैले बोर्ड बनाए र संस्थानलाई बोर्डमा गाभिदिए । उपमहानगरको मेयर बोर्डको अध्यक्ष हुने व्यवस्था छ । 

उता साम्पाङले भने निरन्तर यसको विरोध गरिरहे । कहिले खोनपानीकै विषयमा भानु चोकमा विरोध प्रदर्शन गर्थे त कहिले नगरपालिकाको कार्यालयमा । उनी अहिले पनि सप्तकोशीको पानी नै धरानमा ल्याउनुपर्ने पक्षमा छन् ।

खानेपानीसँगको उनको अभियान यति स्थापित भयो कि धरानमा कसैको घरमा पानी आएन भने साम्पाङलाई फोन गर्थे । साम्पाङ त्यहाँ पुग्थे र खानेपानी बोर्डका कर्मचारीसँग समस्या समाधानको प्रतिवद्धता खोज्थे । कतिपय अवस्थामा फेसबुकमा लाइभ गरेर खानेपानी समस्याको उजागर गरिदिन्थे । स्थिति यतिसम्म भयो की, खानेपानी बोर्डका कर्मचारीलाई साम्पाङको समूहले मूहान अवलोकनमा गएको बेला कुटिदियो ।

तस्वीर- प्रकाशचन्द्र परियारकाे फेसबुकबाट साभारउनले मेयरको उम्मेदवार हुँदा यही खानेपानी समस्या समाधानलाई मुख्य एजेण्डा बनाएका थिए ।

धरानमा साम्पाङको अर्को परिचय टेम्पो व्यवसायीको पनि हो । धरानमा उनको ३–४ वटा टेम्पो चल्छन् । टेम्पो उनले ठेक्कामा अरुलाई चलाउन दिएका छन् । उनैको पहलमा धरानमा टेम्पो एकता संघ बनेको छ । 

२०७५ मा भाडाको विषयलाई लिएर टेम्पो व्यवसायी आन्दोलिन भएका थिए । त्यसबेला, उपमेयर मञ्जु भण्डारी कार्यबाहक मेयर थिइन् । यसमा भण्डारी र टेम्पो व्यवासायी बीच टसल भयो । त्यसको पृष्ठभूमीमा साङपाङ नै थिए ।

साम्पाङले आफूलाई स्थापित गरेको अर्को मुद्दा हो सर्दु–सेउती खोलाको दोहन । नगरपालिकाका मेयर तिलक राईले खोलाको गिटी बालुवा ठेक्कामा लगाउने निर्णय गरे । ठेक्का हात पारे भीम पौडेलले । पौडेल अहिले उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष छन् । उनी कांग्रेसको सुनसरी–२ का महाधिवेशन प्रतिनिधि पनि हुन् ।

बस्तीलाई नै जोखिम पार्ने गरी खोला दोहन हुन थालेपछि स्थानीयले दोहन रोक्न साम्पाङ समूह सक्रिय हुनुपर्ने मत राख्न थाले । २०७८ जेठको अन्तिमतिर खोलाको दोहन रोक्न साम्पाङ समूह पौडेलले ढुङुगा गिटी उठाइरहेको सर्दु खोलाको किनारमा पुग्यो । तर, उपमहानगर र प्रहरीको संरक्षणमा पौडेलका ट्रिपर चालकले साम्पाङ समूहमाथि आक्रमण गर्‍यो । साम्पाङ समूहका सदस्य राजेश राई गम्भिर घाईते भए । साम्पाङ समूहमाथि मुद्दा लाग्यो तर पछि त्यो केश मिलापत्रमा टुंगियो ।

उनीहरूले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिलाई पनि उत्तिकै जोड दिएर उठाए । यिनै मुद्दाले साम्पाङलाई धरानमा सडक सत्ताको कमाण्डर बनायो ।

उनी कतिपय विषयमा एक्लै विरोध प्रदर्शन गर्थे । वैदेशिक रोजगारीमा रहेका युवाको विषयमा होस वा धराने जनताको अधिकार, भ्रष्टाचार होस वा सम्पदा दोहन सबै ठाउँमा साम्पाङको निगरानी हुन थाल्यो । 

आफ्नो अभियानमा धरानका मिडियाबाट बलियो साथ नपाएका साम्पाङले दिउँसै मोवाइलको लाइट बालेर ‘गैर दलीय’ पत्रकार खोज्ने अभियान चलाएका थिए । उनले नेता, कर्मचारी, पत्रकार कसैलाई छाडेका थिएनन् । सबैका विरूद्ध आक्रोश ओकल्थे । कतिपयले उनलाई धरानमा अराजकको उपमा पनि दिएका थिए । 

लामो समयदेखि धरानमा पत्रकारिता गरेका र उनको अभियानलाई नियाली रहेका पत्रकार गोपाल दाहाल भने कुनै पनि विषयमा एकोहोरो लागिरहने व्यक्तिका रुपमा साम्पाङलाई चिन्छन् । 

साम्पाङ माइक लिएर टेम्पोमा धरानका चोक–चोक पुग्थे । चोकमा एक्लै उभिएर टेम्पोमा राखिएको स्पिकरमा धरानका विकृतिविरूद्धका आवाज बाेल्थे । विकृति विरूद्धको संघर्षमा उनलाई कुनै भीड र समूह चाहिँदैनथ्यो ।

उनले निर्वाचन जितेपछि टिकटमा भाइरल भइरहेको एउटा भिडियाेमा उनलाई  सोधिएको छ, ‘एक्लै यसरी गरिएको विरोध कसले सुन्छ होला र ?’ साम्पाङले जवाफ दिएका छन्, ‘मेराे काम सुनाउने हो, सुन्ने नसुन्ने उनीहरूको कुरा हो ।’

धरान र इटहरीका क्याम्पसमा अध्यापन गराइरहेका प्रा.डा. टंक न्यौपाने हर्क साम्पाङले धरानमा युवाहरुको प्रतिनिधित्व गरेको बताउँछन् । 

धरानको पानीको समस्या समाधान गर्दा नै उनी सफल बन्ने न्यौपानेकाे बुझाइ छ । ‘कांग्रेस र एमालेसँग एजेण्डा थिएन । एमाले र कांग्रेसको पालामा खानेपानी समस्या साधान हुन सकेन । धरान काकाकूल सहर हो । साम्पाङले खानेपानीकै एजेण्डा लिएर आए’, न्यौपानेले भने, ‘साम्पाङको विजयी दलहरुप्रतिको वितृष्णको सन्देश पनि हो । जनता पार्टीमा मात्रै लाग्दैनन् भन्ने संकेत पनि हो ।’

धरानका पर्यटन व्यवसायी वासुदेव रिमाल भने दलहरु पुग्न नसक्ने ठाउँमा पुग्ने अभियन्ताका रुपमा साम्पाङलाई चिन्छन् । ‘उनले सबै विषयको विरोध गरे तर, कसैको नाम लिएनन् । उनी दलहरु पुग्न नसकेको ठाउँमा पुगेका कुटनीतिक अभियन्ता हुन्’, बरालले भने । 

साम्पाङले अत्याधिक मत ल्याएर चुनाव जित्नुमा मतदातामा दलहरुप्रतिको विकर्षण मुख्य कारण भएको बराल बताउँछन् । ‘भोट माग्ने नगएको ठाउँबाट पनि उनलाई भोट आएको छ । यो दलहरुप्रतिको विकर्षण हो । साम्पाङको आकर्षण मात्रै होइन्’, बरालले भने ।

साम्पाङका चुनौति

धरानको मेयरमा निर्वाचित भएका साम्पाङले विगतमा आफैले उठान गरेका विषयलाई तदारुकताका साथ सम्बोधन गर्नुपर्ने छ । सबैभन्दा पहिले त धरानवासीलाई खानेपानीको सुविधा दिलाउनु छ । जुन उनको प्रमुख एजेण्डा हो । उनले सप्तकोशीको पानी धरानमा उकाल्ने भनेका छन् । 

सोमबार नगरप्रमुखको सपथ ग्रहण गर्दै नगरपालिकामा भ्रष्टाचार निमिट्यान्न पार्ने उद्घोष उनले गरेका छन् ।

निर्वाचनमा उनको टीमले जितेको होइन् । नेतृत्व मात्रै उनको हो । उपमेयर माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । २० वटा वडा मध्ये १० वटा वडाको अध्यक्ष एमालेले जितेको छ । त्यसबाहेक, ७ वटा वडाको नेतृत्व कांग्रेसले, एउटा माओवादीले र एउटा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यी वडा अध्यक्ष र सदस्यलाई उनले आफ्ना एजेण्डामा सहमत गराएर काम गर्नुपर्ने छ । 

विगतमा विरोधको बारूद ओकल्दा त्यसको निशाना नगरपालिकाका कर्मचारी पनि थिए । आज उनले तिनै कर्मचारीसँग काम लिनुपर्ने छ । ती कर्मचारीको मन साम्पाङले कसरी जित्छन् भन्नेमा पनि उनी कति सफल हुन्छन भन्ने निर्भर गर्छ ।

खानेपानी आयोजना विस्तारको लागि एडीबीसँग लिएको ऋणको ब्याज मात्रै नगरपालिकाले वार्षिक १० करोड तिर्नुपर्छ । त्यसका लागि उपमहानगरको आम्दानी बढाउनुपर्ने छ । साम्पाङले चुनावी प्रचारको क्रममा नगरले लिने कर घटाउने भनेका छन् । कर घटाएर नगरको आम्दानी बढाउनु उनको चुनौति हो ।

व्यवसायी बराल भन्छन्, ‘नगरको आन्तरिक आम्दानी बढाउनु, कर घटाउनु र उनले यसअघि उठाउँदै आएका मुद्दाको सामाधान खोज्नु साम्पाङको मुख्य चुनौति हो ।’

जुनसुकै कारण भए पनि धरानको जिम्मेवारी साम्पाङको काँधमा आएको छ । जनताले मेयरको जिम्मेवारीमा पुर्‍याएका हर्कले धरानका जनतामा हर्ष फर्काउनुपर्ने छ । हर्ष फर्काउने जिम्मेवारीमा हर्क राई साम्पाङ कति सफल हुन्छन् त्यसको छनक आगामी केही साताबाटै आउन थाल्नेछ । 

काठमाडौंमा स्वतन्त्र उम्मेदवार वालेन साहको चर्चा भइरहेको बेला लाहुरेको शहरमा एक ‘भूइँ मान्छे’ मेयर बन्दा राजनीतिक दललाई जनताले पत्याएको उम्मेदवार छान्न दबाब परिरहेको छ ।  यसपटकको चुनावमा साम्पाङ ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x