×

X
Nic Asia
Khukuri
Daraz

कछुवाको पर्याप्त अध्ययन हुनुपर्नेमा संरक्षणकर्मीको जोड

काठमाडाैं | जेठ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कछुवा संरक्षणका लागि नेपालमा कछुवाको पर्याप्त अध्ययन हुनुपर्ने संरक्षणकर्मीहरूले जोड दिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

विश्व कछुवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरूले कछुवासम्बन्धी पर्याप्त अध्ययन नहुनु र सचेतना जगाउन नसक्नुले कछुवा संकटमा पर्दै गएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पद्मकन्या बहुमुखी क्याम्पसका उपप्रध्यापक चन्द्रमणि अर्यालले कछुवासम्बन्धी नेपालमा पर्याप्त अध्ययन नभएको बताए ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सन् २००८ देखि २०१८ को बीचमा नेपालका संरक्षण क्षेत्र भित्र जम्मा ६ वटा मात्रै अनुसन्धानका अनुमति लिइएको पाइयो,’ उनले भने, ‘संरक्षण क्षेत्र बाहिर पनि पर्याप्त अनुसन्धान भएका छैनन् ।’


Advertisment
Saurya island

उनले सरोकारवालाहरूले पनि कछुवालाई पर्याप्त ध्यान नदिएको बताए । कछुवाको खबटा घरमा राख्दा आँखा लाग्दैन तथा खबटा घोटेर खुवाउँदा बच्चाहरुको दम निको हुन्छ भन्ने अन्धविश्वासका कारण पनि विनाश बढ्दै उनको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS

उनका अनुसार खानका लागि अव्यवस्थित रुपमा गरिने संकलन, वासस्थानहरूको विनाश र अन्तर्राष्ट्रिय रुपमा हुने व्यापार विश्वमा कछुवाका लागि मुख्य चुनौती हुन् ।

‘नेपालको सन्दर्भमा पनि अव्यवस्थित रुपमा गरिने संकलन र वासस्थानहरूको विनाश र गैरकानूनी व्यापार कछुवाका संरक्षणका लागि प्रमुख चुनौती हुन्,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी पाइने पुतली कछुवाहरूको अव्यवस्थित संकलन, बासस्थानको विनाश, घरमा पाल्ने आदि कारणले उनीहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।’ 

कार्यक्रममा त्रिचन्द्र क्याम्पसका वातावरण विज्ञान विभागका विद्यार्थी दुर्लभ पराजुलीले हेटौंडामा कछुवाहरूको संरक्षणका अवस्थाबारे जानकारी गराएका थिए । 

हेटौंडामा गरेको सर्भेमा २१ प्रतिशत मानिसहरुले कछुवाको मासु खाने गरेको पाइएको  उनले बताए । कछुवाको वातावरण हुने भूमिका थाहा नहुनु, अन्धविश्वासलगायतका कारण कछुवाको अवस्था संकटमा पर्दै गएको उनी बताउँछन् । 

गोल्डेनगेट इन्टरनेशनल कलेजका वातावरण विज्ञान स्नातकोत्तर तह प्रमुख तथा क्यारोनका अध्येता प्रकाशचन्द्र अर्यालले बारा जिल्लामा पहेँलो कछुवाको अवस्थाबारे जानकारी दिएका थिए । 

बारा जिल्लामा गरिएको अध्ययनमा ६७ प्रतिशतले जंगलबाट पहेँलो कछुवा संकलन गरेको, ६० प्रतिशतले भविष्यमा पनि संकलन गर्ने, ८५ प्रतिशतले अरुले संकलन गरेको देखेको बताएको उनको भनाइ छ । 

यस्तै ५३ प्रतिशतले पहेँलो कछुवाको मासु खाएको, करीब ६६ प्रतिशतलाई कानूनले कछुवा संकलन ओसारपसार तथा खान वर्जित गरेको छ भन्ने विषयमा जानकारी नभएको र करीब ९८ प्रतिशतले त्यस क्षेत्रमा कछुवा संरक्षणका कुनै कार्यक्रमहरू नभएको जनाएको उनले बताए । 

‘आक्रामक नहुने भएकाले मान्छेले घरमा राख्न मन पराउने, संरक्षणमा चासो नभएकाले पनि कछुवा संकटमा पर्दै गएको छ,’ उनले भने ।

कार्यक्रममा सहभागीहरुले कछुवा संरक्षणलाई मानिसको जीविकोपार्जनसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए ।​

विश्वमा ३६० प्रजाति तथा ४८२ उपप्रजातिका कछुवाहरू पाइन्छन् । त्यसमध्ये करीब ५२ प्रतिशत संकटापन्न अवस्थामा  छन् । १६ प्रजाति र १८ उपप्रजातिहरू पाइने नेपालमा  ७५ प्रतिशत प्रजाति संकटापन्न अवस्थामा छन् ।

नेपालमा पाइने कछुवामध्ये रेडक्राउन रुफ्ड टर्टल (बातागुर कछुगा, थ्रि स्ट्राइप्ड रुफ्ड टर्टल बातागुर ढोगांखा र स्पोटेड पोण्ड टर्टल (जियोक्लेमिक्स ह्यामिल्टोनि)) पाइन्छ/पाइँदैन भनेर यसै भन्न नसकिने उपप्रध्यापक चन्द्रमणि अर्याल बताउँछन् । 

दिवसको अवसरमा वातावरण अध्ययन तथा संरक्षण केन्द्र, उभयचर तथा सरिसृपका साथीहरु (क्यारोन) तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको आयोजनामा बत्तीसपुतलीस्थित कलेजमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता थियो । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ९, २०७९

दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’पछि ‘नेपाली पात्रो’ले ‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेको छ । नेपाली पात्रोले उक्त रेडियो...

मंसिर ९, २०७९

राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ४ गतेको निर्वाचनको दिन बाजुरामा भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ ।  निर्वाचनको क्रममा दुईजना व्यक्तिहरूको मृत्यु भएको घटनामा अनुसन्धान शुरू गरिएको आयोगले  विज्ञ...

मंसिर १०, २०७९

विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम शुरू भएको छ । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले ...

मंसिर ९, २०७९

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा शुक्रवार आगलागी भएको छ । आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चाल...

मंसिर १०, २०७९

पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका माछापुच्छ्रेलगायत हिमशृङ्खला ।

मंसिर १०, २०७९

कैलालीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ । कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन् । पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक ना...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x