×

X
Nic Asia
Khukuri

‘डोजर मालिक आफैँ अपरेटर र इञ्जीनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

बाग्लुङ | जेठ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिए ।

LAxmi BAnk
nabil BANK inside

पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उनले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गरे । “भएका सडकलाई स्तरोन्नति गरिन्छ, बाह्रैमास चल्ने बनाइन्छ”, उनले भने, “डोजर मालिक आफैँ अपरेटर बन्ने, आफैँ इञ्जीनियर बन्ने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।”


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा नगरपालिकाका इञ्जीनियरबाट प्राविधिक नापजाँच गरेर मात्र काम अघि बढाइने बताए । नगरप्रमुख श्रेष्ठले मनलागीरूपमा जहाँ पायो त्यहीँ सडक खन्ने कुरालाई कडाइका साथ रोकिने प्रतिबद्धता जनाए । 

जथाभावी सडक खन्दा भूस्खलन बढ्ने, प्राकृतिक प्रकोप निम्तने र गाउँठाउँको सौन्दर्य पनि नासिने भएकाले कडाइ गर्न लागिएको हो । नगरप्रमुख श्रेष्ठले वर्षायाममा बाढीपहिराका कारण हुनसक्ने सडक अवरोधलाई दृष्टिगत गरी उपकरण र जनशक्तिलाई तयारी हालतमा राखिने बताए । 
पत्रकारहरूले नगर क्षेत्रका जल्दाबल्दा समस्याबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । अस्तव्यस्त ट्राफिक, ढल निकास, खानेपानी, सडक, फोहर व्यस्थापन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रका समस्या समाधानमा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली र...

मंसिर १३, २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले करोड पर्ने गाडी नचढेर आफूले दुई वटा डोजर किनेको बताएका छन् । यति गर्दा पनि आफ्नो विरोध भएको सामाजिक सञ्जालमा लेखेका साम्पाङले आफ्नो विरोध गर्नेहरु खराब प्रवृति भएकाहर...

मंसिर १४, २०७९

स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जन...

मंसिर १३, २०७९

काठमाडौंको फर्पिङबाट  पक्राउ परेका सुमो चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । सोमबार पक्राउ परेका चालकमाथि मंगलबार मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी ...

मंसिर १३, २०७९

विश्वभरका समाजवादीहरूको  साझा संस्था सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित भएका छन् । स्पेनको म्याड्रियमामा यही नाबेम्बर २५ देखि २७ सम्म भएको सम्मेलनले जिसीलाई सर्वसम्मत निर्वाचित गरेक...

मंसिर १३, २०७९

औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।   बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x