असार १५, २०७९
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।
अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी ४ हजार ६३८ मतका साथ विजयी भएका हुन् ।
त्रिपाठीले आफ्ना निकटतम प्रतिष्पर्ध जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार जयसावाललाई ३९९ मत अन्तरले पछि पारे । जयसवालले ४ हजार २३९ मत मात्र ल्याए ।
यस्तै, उपाध्यक्षमा लोसपाकै सुशीलाकुमारी यादव ४ हजार ७३६ मत पाएर निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गुजराती यादवले ३ हजार ४४२ मत पाएको निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।
७ वटा वडा रहेको गाउँपालिकामा वडा नं. १ मा लोसपाका राजेश गुप्ता, वडा नं. २ मा जनता समाजवादी पार्टीका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डेय, वडा नं. ४ मा लोसपाका बेचुराम गडेरिया, वडा नं ५. मा लोसपाका संजय कुमार शैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं ७ मा नेपाली कांग्रेसका पवनकुमार यादव बिजयी भएका छन् ।
जिल्लाका १६ स्थानीय तहमध्ये लोसपाले जितेको यही एउटा पालिका हो ।
योसँगै रुपन्देहीका १५ पालिकाको अन्तिम नजिता आएको छ ।
अब तिलोत्तमा नगरपालिकाको नतिजा आउन बाँकी छ ।
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ&n...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...