×

NMB BANK
NIC ASIA

प्रादेशिक विश्वविद्यालय स्थापना सम्बन्धमा बृहत् छलफल

जेठ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नीति अनुसन्धान प्रतिष्ठानले आज नेपालमा प्रादेशिक विश्वविद्यालयको स्थापनाका लागि आवश्यक न्यूनतम पूर्वाधार, संस्थागत ढाँचा, वित्तीय व्यवस्थापन तथा लगानीका सम्भावित स्रोतहरू सम्बन्धी अध्ययनको नतिजा प्रस्तुतीकरण तथा पृष्ठपोषण कार्यक्रम आयोजना गरेको छ । 

Muktinath Bank

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेश सचिवहरू, विश्वविद्यालयका रजिस्ट्रार, प्राध्यापक, शिक्षाविद् लगायतको उपस्थिति रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. उप्रेतीले विश्वविद्यालय जग्गा प्राप्त नगरी सुरु गर्दा समस्या हुन सक्ने र भइराखेका विश्वविद्यालयहरूमा के कमी भएका कारणले नयाँ विश्वविद्यालयको आवश्यकता भएको हो भन्ने कुरा पनि बुझ्न आवश्यक रहेको बताए  । साथै नीतिगत स्पष्टता र अन्तरनीति समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने कुरामा जोड दिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरी राज शर्माले अनुसन्धानका नतिजा प्रस्तुत गरेका थिए  । उनले  प्रादेशिक विश्वविद्यालय संविधान प्रदत्त अधिकार भइसकेपछि खोलिने विश्वविद्यालयहरूलाई कसरी स्रोत साधन सम्पन्न गराई विद्यार्थीले चाहेको जस्तो शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा सोच्न आवश्यक रहेको बताए  ।

Vianet communication
Laxmi Bank

बागमती प्रदेशमा प्रति क्याम्पस विद्यार्थी सङ्ख्या सबै भन्दा कम भएको र सो सङ्ख्या मधेस प्रदेशमा सबै भन्दा धेरै रहेको, प्राविधिक शिक्षाको उपलब्धता कमजोर रहेको जस्ता चुनौती रहेको तथ्य प्रस्तुत गरेका थिए  ।

यसै गरी पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति; राजनैतिक सहमतिको अभाव; नीतिगत समस्या; लगानी रकम अभाव; सञ्चालन ढाँचा वैज्ञानिक नहुनु; नेतृत्व छनोटमा राजनैतिक प्रभाव; शैक्षिक कार्यक्रमहरूको छनोट; उद्यमशील र गरिखाने शिक्षाको अभाव; प्रादेशिक विश्वविद्यालयहरूका विद्यार्थीका लागि छात्रवृत्ति जस्ता समस्या तथा चुनौतीहरू रहेको डा. शर्माले आफ्नो प्रस्तुतिमा बताएका थिए । 

प्रादेशिक विश्वविद्यालयको दायरा के हुने भने बारेमा डा. शर्माले सुझावहरू दिएका थिए भने उनले  प्रादेशिक विश्वविद्यालयको स्थापनाका ७ आधारहरू प्रस्ताव गरेका थिए : आवश्यकताका आधार; नक्साङ्कन नीतिको आधार; उद्यमशीलता तथा मानव संसाधन विकासका आधार; क्याम्पसको स्तरोन्नति गर्ने नीतिको आधार; मानक स्तरका आधार; नीति प्रावधान र कार्यान्वयनका आधार; र विश्वविद्यालयको स्थापनामा अन्य पक्षहरू ।

स्थापना हुँदै गरेका विश्वविद्यालयलाई आधार मान्दै गर्दा प्रादेशिक विश्वविद्यालय न्यूनतम ५००-७०० रोपनी जग्गा आवश्यक हुने उहाँको ठम्याई रहेको थियो । कार्यक्रममा उपस्थित सबै विज्ञ सहभागीहरूले आ-आफ्नो धारणा राखेका थिए । प्रदेश विश्वविद्यालय स्थापना गर्न हतार नगरी यसको बहुपक्षीय विश्लेषण गरेर मात्र नेपाल सरकारलाई सुझाव दिन सकिने धेरैजसोको राय थियो ।

प्रदेश नं १ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. पूर्ण कुमार लोक्समले उच्च शिक्षालाई परिवर्तनको संवाहक बनाउन हामीले नयाँ विषय, देशको आवश्यकतामा आधारित शैक्षिक कार्यक्रमहरू बनाई विश्वविद्यालय संचालन गर्नुपर्ने तर्क राखे भने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले नेपालको उच्च शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्‍याउने चिकित्सा शिक्षालाई पनि प्रादेशिक विश्वविद्यालय निर्माणको एउटा आधारको रूपमा हेर्न सकिने उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x