असार १५, २०७९
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो । देशभरी फैलिएका सिप्रदी...
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो ।
यो मास्क जर्मन टेक्नोलोजी प्रयोग गरेर “अल अबाउट इनोभेसन” नामक संस्थाले भारतमा बनाएको हो ।
उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रा. लि. ले नेपालको बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
हावामा रहेको बिकार, किटाणु तथा अशुद्दतालाई ९९.९% नष्ट गरि स्वास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी निर्माण गरिएको बताइएको छ ।
भारत लगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सो रुम, रेस्टुरेन्ट तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुको साथै महामारी रोकथाममा टेवा पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, भित्तामा एयर कन्डिसनर जस्तै गरि राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनि मोनिटरमा हेर्न सकिन्छ ।
कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरि किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँछ ।
एयर मास्क वान र एयर मास्क मिनी गरि हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिट र ५०० स्क्वायर फिटको लागि डिजाइन गरिएको छ ।
नेपाली बजार अनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको कुरा प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले जानकारी दिए ।
आइतवार मेरिएट होटलमा आयोजित एक कार्यक्रममा कम्पनीका वैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्यवर्धक र मेडिकल मापदण्ड सहित प्रमाणित रहेको दाबी गरे ।
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो । देशभरी फैलिएका सिप्रदी...
नेपाली बजारमा बिहीवार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रत...
माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले लन्ड्री विभाजन अन्तर्गत क्रमशः MF200W80WB/T-NP र MF200W90WB/T-NP गरी ८ किलो र ९ केजी क्षमताका २ वटा वाई–फाई सिरिजका २ वटा वासिङ मेसिन सार्वजनिक गरेको...
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...
जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुरू भएको छ । नेपाली बजारमा ईको भिजनरी प्रालिले किङ्ग लङ्गलाई भित्र्याएको हो । नेपालका लाग...
तपाईं आफ्नो आफन्तकोमा बच्चालाई पठाउने मन छ, तर तपाईं चाहिँ व्यस्त समयले जान भ्याउनुभएको छैन ? सम्झनुस् त, यो समयमा के गर्ने ? न बच्चालाई एक्लै पठाउनु न त आफू पनि बिदामा बसेर बच्चालाई आफैं लैजाने ?&nbs...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...