असार १५, २०७९
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बिहीवार झण्डै ३ घण्टा सम्बोधन गरेका छन् ।
सभामुखसँग विशेष समय लिएर ओलीले बिहीवार प्रतिनिधि सभामा २ घण्टा ५० मिनेट सम्बोधन गरेका हुन् ।
२०७४ फागुन २१ गते शुरू भएको प्रतिनिधिसभा बैठकमा अहिलेसम्म कुनै सांसदले यति लामो सम्बोधन गरेका थिएनन् । ‘अहिले यकिन भन्न सकिएन तर यो प्रतिनिधि सभामा यति लामो सम्बोधन यो नै पहिलो हो जस्तो लाग्छ,’ संसद सचिवालयका एक अधिकारीले लोकान्तसँग भने ।
प्रतिनिधिसभा बैठकमा बिहान ११ बजेर १० मिनेटदेखि सम्बोधन शुरू गरेका ओलीले २ बजेसम्म सम्बोधन गरेका थिए । संसदमा यति लामो सम्बोधन दुर्लभ हुने गरेको छ ।
संसद सचिवालय स्रोतका अनुसार टनकपुर सन्धीको बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीले ३ घण्टा संसदमा बोलेका थिए ।
ओलीले सरकारका नीति तथा कार्यक्रमको केस्राकेस्रा चिरफार गर्दै आलोचना गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू संसदको बैठकमा सहभागी छन् ।
विपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा हो । विपक्षी दलको नेताले सम्बोधन गर्दा समय नतोक्ने संसदीय परम्परा छ ।
स्वास्थ्यका कारण भन्दै ओलीले कुर्सीमा बसेर संसदको रोस्टमबाट सम्बोधन गरेका थिए । आफ्नो सरकार विस्थापन भएपछि गत वर्षको साउन २६ गते ओलीले संसदमा सम्बोधन गरेका थिए ।
त्यसयता एमालेले संसदमा ९ महिना अवरोध गरेको थियो । जेठ ३ गते संसद अवरोध खुलाएको थियो । ओलीको ३ घण्टाको सम्बोधनपछि रोस्टममा उभिएका सांसद हृदयेश त्रिपाठीले ‘उहाँले प्रयोग गर्नुभएको समयको एकचौथाइ भए पुग्छ’ भनेर ठट्टा गरेका थिए ।
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको साख उँचो बनाउने गरी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय शान्तिनगरमा बुधवार बोलाएर नेता नेपालले जनताको मन जित्ने ग...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रविन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधवार ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोल...
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...