असोज १८, २०८१
सरकारले सार्वजनिक गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा कतिपय महत्वपूर्ण विषय समावेश नभएकाे भन्दै सरोकारवालाहरूले कमजाेरी औँल्याएका छन् । बिहीवार कम्प्युटर एसोसिएसन अफ नेपाल ...
फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो ।
कोभिड १९ पछि नेपालीहरू डिजीटल प्रविधीका अनेकौ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको हो ।
कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरूका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ ।
कोभिड १९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुर्याएको । सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको भन्दा दुई गुणा बढि संकुचित भएको छ । तर विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा उच्च प्रतिशतमा फस्टाएको छ ।
कोभिड संकटकै बिचमा खर्बौँ डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ । डिजिटल अर्थतन्त्रले इन्टरनेट, फिक्स्ड र मोबाईल ब्रोडब्याण्ड इन्फ्रास्ट्रक्चर, क्लाउड कम्प्युटिङ्ग, डिजिटल प्लेटफर्म र अन्य धेरै मार्फत आफ्नो व्यवसाय गर्ने उत्पादक र उपभोक्तालाई जनाउँछ । कुनैपनि राष्ट्रको यो उद्योगमा प्रविधि,टेलिकम, मिडिया क्षेत्रका साथै नयाँ सेवाहरू र इकमर्स र डिजिटल बैंकिङ्ग जस्ता गतिविधिहरू समावेश हुन्छन् ।
कृषि,यातायात,स्वास्थ्य, पर्यटन, शिक्षा जस्ता धेरै परम्परागत व्यवसायहरूमा यी डिजिटल प्लेटफर्महरू र व्यापार मोडलहरूको एकीकरणको साथ उद्योगहरूले हालैका वर्षहरूमा सबै कुराको डिजिटलाइजेशनमा वृद्धि भएको देखिन्छ ।
कोभिड १९ पछि नेपालीहरू पनि डिजीटल प्रविधीका अनेकौ आयाम जस्तै इकमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त हुँदै गइरहेका छन् भने डिजीटाइजेशन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित हुँदै जान थालेको छ । अहिले धेरैलाई अनलाइन कारोबारतर्फ डोर्याइरहेको छ । परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रुपान्तरण गर्दै लगिरहेका छन् ।
कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गराएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्न बाध्य बनाएको छ ।
घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल बालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवाहरूमा नेपालीहरू अभ्यस्त भइसकेका छन् । जसले गर्दा नेपाली अर्थतन्त्र नै डिजिटाइजेशनमा रुपान्तरण हुँदै गएको छ । नयाँ प्रविधि तथा इन्टरनेटका माध्यमबाट हाल भइरहेको वस्तु र सेवाको व्यापारिक मोडलमा आएको यो परिवर्तन डिजिटल डिसरप्सन भइरहेको छ ।
यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ ।
कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरूमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ ।
कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र समेत हुनेछ ।
यस कन्क्लेभ देशका प्रमुख टेलिभिजन च्यानलका साथै अनलाईन मिडिया र अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ । डिजीटल इकोनोमीका बारेमा आयोजन गरिएको कन्क्लेभको दोस्रो सस्करणले आम नेपालीका लागी विशिष्ठ महत्व राख्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।
सरकारले सार्वजनिक गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा कतिपय महत्वपूर्ण विषय समावेश नभएकाे भन्दै सरोकारवालाहरूले कमजाेरी औँल्याएका छन् । बिहीवार कम्प्युटर एसोसिएसन अफ नेपाल ...
गुगल फोटोज एप आफ्नो तस्वीर तथा भिडियोहरू ब्याकअप गर्ने उत्तम विकल्प हो । यसको मद्दतले कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ । यो एपले फोटोहरूको फेस, लोकेसन, सम...
एप्पलले आईफोन–१६ को लागि एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ । यो सुविधा, पहिले नै ‘एप्पल वा...
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् । उनले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले...
टाटा कम्युनिकेसन्स इन्टरनेशनलले एनसेललाई दिँदै आएको ब्यान्डविथ कटौती गरेको छ । बक्यौता नतिरेको भन्दै यही असार ३ गतेबाट टाटाले ब्यान्डविथ दिन बन्द गरेको हो । स्रोतका अनुसार&nbs...
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई महसुल दर स्वीकृतिको सूचना प्रकाशन पछि मात्र सेवा शुल्क लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति पत्र प्राप्त दूरसञ्...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...