चैत ६, २०७९
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको म...
चितवन | जेठ १३, २०७९
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले शुक्रवार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।
उनले भने, ‘गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित बनेको गुनासो रहेको छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।’
स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।
देशमा दीगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्यांकनबाट मात्रै सम्भव हुने बताए । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीहरूले छायाँ सरकारको रूपमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेसले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।’ ५ वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको म...
जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र...
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सद...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री...
महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीका अनुसार सोमवार महान्...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...