×

X
Nic Asia
Dabur
Marvel

पूर्वपदाधिकारीको सुविधा र सुरक्षासम्बन्धी कानूनको मस्यौदाका लागि कार्यदल

काठमाडाैं | जेठ १३, २०७९

TVS INSIDE

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउनेसम्बन्धी कानून मस्यौदाका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

IME BANK INNEWS

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कुमार खड्काले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका बैठक तथा प्रशासन महाशाखाका सचिव संयोजक रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनका अनुसार कार्यदलको सदस्यद्वयमा अर्थ मन्त्रालयका सचिव र कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव रहेका छन् । कार्यदललाई गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई के कस्तो सुविधा उपलब्ध गराउन उपयुक्त हुन्छ सो विषय यकिन गर्ने, नेपाल सरकार तथा अन्य प्रदेश सरकारले पूर्वपदाधिकारीको सुविधा सम्बन्धमा व्यवस्था गरेका कानूनी प्रावधानलाई आधार बनाई कानून मस्यौदा गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तो सुविधा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीले मात्रै नभई प्रदेशसभाका पदाधिकारीले पनि पाउने बताउँदै मन्त्री खड्काले ककसलाई के–के सुविधा दिने भन्ने यकिनपछि कानूनमा उल्लेख गरिने जानकारी दिए ।  आफूहरूले सुविधाभन्दा पनि सुरक्षालाई जोड दिएको उल्लेख गर्दै प्रवक्ता खड्काले भने, “सुविधाभन्दा पनि सुरक्षासम्बन्धी कुरा हो । पूर्वमुख्यमन्त्री, पूर्वप्रदेश प्रमुख, पूर्वसभामुख भइसकेपछि उहाँहरूलाई राज्यले दिनुपर्ने हो–होइन भनेर आउँछ । दिनुपर्ने हो भने के–के दिनुपर्ने हो त्यसमा चर्चा हुन्छ ।”


Advertisment
mahindra Box
Saurya island

सरकार बजेट निर्माणको तयारीमा जुटिरहेको र गत वर्षको भन्दा बजेट आकारमा बढ्ने उनले जानकारी दिए । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरुआत भएको छ । विसं २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकलाई आवतजावतका लागि पदमार्ग निर्माणले तीव्रता पाएको छ । च...

साउन २८, २०७९

 संस्कृत भाषाप्रति विभिन्न देशमा आकर्षण बढेका बेला देशमै भने यसको महत्व बिर्सने अवस्था आउन नहुनेमा जोड दिइएको छ । पाँचौँ विश्व संस्कृत दिवसका अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभाग, भ...

साउन २९, २०७९

धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित नवनिर्मित बसपार्क सञ्चालनमा आउने भएको छ । उद्घाटन भई हालसम्म सञ्चालनमा आउन नसकेको उक्त नवनिर्मित बसपार्क भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको हो । आज उपमहानगरपालिकाम...

साउन ३१, २०७९

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ ।  विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घ...

साउन २९, २०७९

नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका नि...

साउन २९, २०७९

विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनलाई उ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x