×

X
Nic Asia
Marvel

विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग

काठमाडाैं | जेठ १३, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहका विद्यार्थीमा पाठ्यपुस्तक नपुगेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक पु¥याउन माग गरेकी हुन् । 

DHARA
LAxmi BAnk

सामग्री केन्द्रले रुस र युक्रेन युद्धका कारण देखाउँदै लाखौँ विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्यप्रति अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

“मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारणले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै विद्यालयहरुमा पुगिसक्नुपर्ने पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रको सुरु भइसकेको हप्तौँ बितिसक्दा पनि विद्यार्थीहरुको हातमा पुग्न सकेको छैन”, विज्ञप्तिमा भनिएको छ, “जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष यसरी नै लाखौँ विद्यार्थीमाथि अन्याय गर्दै आइरहेको छ र आफ्नो कमजोरी लुकाउन सधैँझैँ बाहनाबाजी गरिरहेको छ ।”

जनक शिक्षा सामग्री केन्द्रभित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी र केन्द्रको क्षमता वृद्धि गरी समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन भनिएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्त...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईले चालु आर्थिक वर्षभरि देशका मुख्य सडकमा बाढी, पहिरो आउँदासमेत बनाउने बजेट नभएको बताएका छन् । उनले चालु आर्थिक वर्षमा सडक बोर्डमा रहेको ७ अर्ब ९२ करोड रुपैय...

असोज १०, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन न...

असोज १०, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा नेता सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् । डडेलधुराबाट निर्वाचन लड्ने...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x