असार १३, २०७९
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएप...
म्याग्दी | जेठ १४, २०७९
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो ।
विक्रम संवत् २०६५ सालमा ट्रयाक खुलेको ७ किलोमिटर दूरीको सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो शुरू भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकल समेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ । सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन्, न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ । सडक मर्मत गर्न हालसम्म करीब १ करोड रुपैयाँ खर्च भइसकेको भए पनि सडकको अवस्था भने खराब हुँदै गइरहेको स्थानीयको गुनासो छ ।
अहिलेसम्म ट्रयाक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताए ।
‘साना सवारीसाधन वर्षका ४ महिना मात्र मुस्किलले सञ्चालन हुन्छन्, यो सडकबाट न कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक,’ थापाले भने, ‘मर्मत र स्तरोन्नतिका लागि १ करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरे पनि अलिअलि पानी पर्दा मोटरसाइकल समेत गुडाउन सकिँदैन ।’
सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीयको भनाइ रहेको छ ।
निवर्तमान वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए । सडकको स्तरोन्नतिलाई ठूलै बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएप...
नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि २ दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा शुरू भएको छ । लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको अभिमुखीकरणको शुभारम्भ गर्दै लुम्ब...
झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दीगो समुदाय परियोजना अन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा त...
जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय ...
भारतीय भूमिमा दुई नेपाली महिलामाथि बलात्कार गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको आरोपमा चार भारतीय युवा...
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाक...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...