असार १५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीले गरेको सम्बोधन रन्थनिएको बेलाको कुण्ठा भएको टिप्पणी गरेका छन् ।
शनिवार संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले ओलीले गरेको सम्बोधनमाथि यस्तो टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले गत बिहीवार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो विचार राख्दै संसदमा तीन घण्टा लामो सम्बोधन गरेका थिए ।
ओलीको त्यही सम्बोधनमाथि थापाले टिप्पणी गरेका हुन् । स्थानीय तहको निर्वाचनमा एमालेले पराजय बेहोरेपछि अध्यक्ष ओली रन्थनिएको र त्यसको कुण्ठा संसदमा अभिव्यक्त भएको थापाको आशय थियो ।
थापाले आफ्नो सम्बोधनको शुरूमै ओलीको सम्बोधनमाथि टिप्पणी गरेका थिए ।
थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा शरूमै घन्टौं लामो गन्थन प्रस्तुत भएपछि साथीहरूले भन्नुभएको यसमा उठेका सबै प्रश्नको जवाफ दिनुपर्छ । तर, मैले साथीहरूलाई भनेँ प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । सहमति असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केबल सहानुभूति मात्रै हुन्छ । त्यसैले यो बेलामा रन्थनिएको बेलामा उठेर, बसेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेँटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ । कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केबल विचरा भन्न सक्छौँ । यति मात्रै हो ।’
शनिवारको संसद बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथि आ-आफ्नो विचार राखिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । उनले बुधवार बिहान सामाजिक सञ्जालमार्फत...
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ&n...
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...