×

NMB BANK
NIC ASIA

नेपाली सिरियल

‘भुन्टी’देखि ‘सक्किगोनि’सम्मले युट्युबमा पाउँछन् लोभलाग्दो भ्युज

जेठ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एक समय थियो सिरियल हेर्नका लागि टेलिभिजनको विकल्प थिएन । सिरियलका पारखीहरूलाई प्रसारण हुने दिन, समय कण्ठस्थ हुन्थ्यो । टेलिभिजन पनि सीमित घरमा हुन्थे । 

Muktinath Bank

सिरियल आउने दिन टोलभरमा मानिसहरू जम्मा भएर टेलिभिजनमा सिरियल हेर्थे । ‘हिजोआजका कुरा’ होस् वा ‘तीतो सत्य’ यी सिरियल कुनै बखत निकै चर्चित थिए । ‘जिरे खुर्सानी’ होस् वा ‘मेरी बास्सै’ यी सिरियलले पनि निकै लोकप्रियता कमाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यीमध्ये अहिले ‘मेरी बास्सै’ मात्रै नियमित प्रसारणमा छ । अन्य थुप्रै नयाँ सिरियलहरू पनि प्रसारण हुँदै आएका छन् तर अहिले हिजोको जस्तो सिरियल हेर्न टेलिभिजनको अगाडि कुरेर बसिरहनुपर्ने अवस्था भने छैन । प्रविधिको विकाससँगै अहिले दर्शकहरू युट्युबमा चाहेको समयमा चाहेकै सिरियल हेर्न सक्छन् । 


Advertisment
Nabil box
Kumari

केही सिरियलहरू युट्युबकै लागि समेत निर्माण हुँदै आएका छन् । पछिल्ला समय प्रसारणमा रहेका थुप्रै सिरियलहरू छन्, तीमध्ये केहीले दर्शकमाझ राम्रो छाप छाड्न समेत सफल छन् । ती सिरियलले आफ्ना नियमित दर्शक बनाउन सफल हुँदै युट्युबमा सार्वजनिक भएको छोटो समयमै लाखौं भ्युज पाउने गरेका छन् । युट्युबमा सर्वाधिक भ्युज पाउँदै आएका नेपाली सिरियलहरू यसप्रकार छन् –

Vianet communication
Laxmi Bank

‘सक्किगोनि’

नेपाली दर्शकमाझ सर्वाधिक लोकप्रिय सिरियल हो ‘सक्किगोनि’ । हरेक बिहीवार राति हिमालय टीभीमा प्रसारण हुँदै आएको यस कमेडी सिरियललाई दर्शकले निकै रुचाउँदै आएका छन् । टीभीमा प्रसारणपश्चात ‘जेपीटी क्रियसन अफिसियल’ नामक युट्युबमा सार्वजनिक हुने सिरियलले निकै राम्रो भ्युज पाउने गरेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबमा १० लाख बढी भ्युज यो सिरियललाई मिल्ने गरेको छ । 

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले यस सिरियलको लेखन एवं निर्देशन गर्दै आएका छन् । ‘भद्रगोल’ सिरियलबाट छुट्टिएपछि अर्जुन घिमिरे र कुमार कट्टेलको टीमले ‘सक्किगोनि’ शुरू गरेका थिए । अहिले सिरियल सिजन–२ को ७० भागसम्म प्रसारण भइसकेको छ । सिरियलमा ‘पाँडे’ र ‘जिग्री’का अलावा संजिता पाण्डे, कविराज भाम, रश्मी पाण्डे, कमलमणि नेपाल, दीपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियना आचार्य, सितादेवी घिमिरे लगायतको अभिनय रहँदै आएको छ । सिरियलका प्रायः भागले युट्युबमा ३० लाखभन्दा माथि भ्युज पाएका छन् ।

‘भुन्टी’ र ‘कान्छी’

‘भुन्टी’ र ‘कान्छी’ युट्युबमा निकै हिट सिरियल मानिन्छन् । यद्यपि यी दुवै सिरियल टेलिभिजनमा भने प्रसारणमा आउँदैनन् । यी दुवै सिरियललाई आशा खड्काले लेखन, निर्माण तथा निर्देशन गर्दै आएकी छन् । विगतदेखि नै दुवै सिरियलले युट्युबमा छोटो समयमै निकै लोभलाग्दो भ्युज पाउँदै आएका हुन् ।

‘भुन्टी’ हालसम्म १११ भाग प्रसारणमा आइसकेको छ भने ‘कान्छी’ ९९ भाग प्रसारणमा आइसकेको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै यी दुवै सिरियलले १० लाख बढी भ्युज पाएका हुन्छन् । सार्वजनिक भएकामध्ये अधिकांश भागले ३० लाखभन्दा बढी भ्युज पाएका छन् । दुवै सिरियलमा आशा खड्का शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । उनले ‘भुन्टी’ सिरियललाई ‘सुकुमाया टीभी’ र ‘कान्छी’लाई ‘कान्छी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन् ।

‘जुठे’

प्रसारणको छोटो समयबाटै दर्शकको मन जितेको सिरियल हो ‘जुठे’ । सामाजिक कथा प्रस्तुत गर्दै आएको सिरियल हिमालय टेलिभिजनमा बुधवार राति प्रसारण हुँदै आएको छ । सिरियलको हालसम्म ६१ भाग युट्युबमा सार्वजनिक गरिएको छ । मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’ र राजु पौडेल ‘राजु माष्टर’को संयुक्त लेखन तथा निर्देशन रहने सिरियलको युट्युबमा सार्वजनिक हरेक भागले लोभलाग्दो भ्युज पाउँदै आएका छन् । सिरियलमा मरिचमान र राजुबाहेक रवी गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, सरिता ढुंगाना लगायतको अभिनय रहँदै आएको छ । सिरियल राजु पौडेलको ‘मास्टर टीभी’ नामक युट्युब च्यानलमा सार्वजनिक हुँदै आएको छ ।

‘हल्का रमाइलो’

मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’ र राजु पौडेल ‘राजु मास्टर’ले संयुक्त रूपमा ‘जुठे’सँगै ‘हल्का रमाइलो’ सिरियलको पनि लेखन एवं निर्देशन गर्दै आएका छन् । आइतवार राति हिमालय टीभीमा प्रसारण हुने ‘हल्का रमाइलो’ सिरियल पनि निकै लोकप्रिय मानिन्छ । यो कमेडी सिरियलमा मरिचमान र राजु नै शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएका छन् । उनीहरूबाहेक शारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, रजनी गुरुङ, ईष्टु कार्की लगायतका कलाकारहरूको सिरियलमा अभिनय रहँदै आएको छ । यो सिरियल युट्युबमा भने मरिचमानको ‘बल्छि धु्रबे’ मार्फत सार्वजनिक हुँदै आएको छ । १३२ भागसम्म सार्वजनिक यस सिरियलका हरेक भागले लाखौं भ्युज पाएका छन् । 

‘गाह्रो छ हो’ 

‘गाह्रो छ हो’ पनि अर्को हिट नेपाली सिरियल हो । एपीवान टेलिभिजनमा सोमवार राति प्रसारण एवं ‘भटभटे माइला’ युट्युबमार्फत सार्वजनिक हुँदै आएको ‘गाह्रो छ हो’लाई पनि दर्शकले निकै रुचाउँदै आएका हुन् । बेगम नेपाली र रियाशा दाहालको संयुक्त लेखन रहेको यस कमेडी सिरियललाई मनराज श्रेष्ठले निर्देशन गर्दै आएका छन् ।

सिरियलमा बेगम र रियाशाबाहेक सुशील पोखरेल, अंशु थापा, मनराज श्रेष्ठ, विनोद राई, राजकुमार देवकोटा, करुणा श्रेष्ठ लगायतको अभिनय रहँदै आएको छ । सिरियल भाग ९९ सम्म प्रसारणमा आइसकेको छ । अधिकांश भागको युट्युबमा भ्युज लाखौं देखिन्छ ।

यीबाहेक ‘मेरी बास्सै’ सिरियलले पनि युट्युबमा राम्रै भ्युज पाउँदै आएको छ । यद्यपि पहिलेको जस्तो क्रेज भने देखिँदैन । ‘भद्रगोल’ सिरियलको भ्युज पनि पहिले जस्तो गएको छैन । रोकिएको ‘गोलमाल’ सिरियल फेरि प्रसारणमा आए पनि अपेक्षित भ्युज पाउन सकिरहेको छैन । 

‘हर्के हवल्दार’, ‘अति भो’ लगायतका सिरियलको भ्युज पनि अपेक्षित देखिँदैन । पछिल्लो समय प्रसारणमा आएको सिरियल ‘बिर्खे’, ‘ख्यालठट्टा’को भ्युज पनि खासै राम्रो छैन । युट्युबकै लागि पनि केही सिरियल निर्माण हुँदै आएका छन् । यद्यपि केही समय निर्माण हुने र बन्द हुने सिरियलको संख्या पनि निकै धेरै हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x