×

NMB BANK
NIC ASIA

फिचर

जनप्रिय अम्बर गुरुङः पञ्चायतमा प्रधानपञ्च, प्रजातन्त्रमा गाविस अध्यक्ष, लोकतन्त्रमा वडाध्यक्ष

जेठ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जनताको काम गर्नेले कहिल्यै हार्नु पर्दैन भन्ने उदाहरण हुन् तेह्रथुमको लालीगुराँस नगरपालिका-९ का वडाध्यक्ष अम्बरबहादुर गुरुङ ।

Muktinath Bank

२०४३ सालयता उनी लगातार जनप्रतिनिधि निर्वाचित हुँदै आएका छन् । २५ वर्षको उमेरमा प्रधानपञ्च भएका उनी अहिले ६१ वर्ष पुगेका छन् । हाल उनी वडाध्यक्ष छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पञ्चायती शासन व्यवस्थामा २०४३ सालमा उनी तत्कालीन सोल्मा पञ्चायतको प्रधानपञ्च भए । २५ वर्षको कलिलो उमेरमा प्रधानपञ्चमा भिड्दा उनलाई धेरैले पत्याउँदैन्थे । पञ्चहरूको दबदबा भएका बेला जनपक्षीय उम्मेदवारको रूपमा उनी निर्वाचित भएका थिए । 


Advertisment
Nabil box
Kumari

स्थानीय निर्वाचनका कुनै पनि चुनावमा उनले हार व्यहोर्नुपरेको छैन । लालीगुराँस नगरपालिका–९ मा उनी २ पटक निर्वाचित भएका हुन् ।

Vianet communication
Laxmi Bank

२०४९ सालमा नेकपा एमालेबाट उनी तत्कालीन सोल्मा गाविसको अध्यक्ष भए । २०५४ सालको निर्वाचनमा पनि गुरुङलाई अत्यधिक मत दिएर सोल्मावासीले पुनः गाविस अध्यक्ष बनाए । जनताको पसिना खान नहुने भन्दै जनताको काममा जाँदा आफ्नै खर्चबाट उनले चिया–खाजा खुवाउँछन् । उनको आर्थिक अवस्था सामान्य छ । गुरुङ गाउँ विकासका मोडल पनि मानिन्छन् । 

प्रधानपञ्च भएकै समयमा २०४५ सालमा वामपन्थी भनेर उनलाई जेल हालिएको थियो । त्यतिबेला उनले ३२ दिन जेल जीवन बिताए । २०४७ सालमा उनकै गाउँ पुरुन्दीनमा रहेको कालिका प्राथमिक विद्यालयमा पूर्व पञ्चहरूको समूह र कम्युनिस्टबीच दोहोरो भिडन्त समेत भएको भयो । त्यतिबेला पूर्व पञ्चको समूह ठूलो र कम्युनिस्टको समूह सानो थियो । घटनामा दुवै पक्ष घाइते भएका थिए । 

आन्दोलनको नेतृत्व गुरुङले नै गरेका थिए । त्यो आन्दोलन राजनीतिक आन्दोलन थिएन । गाउँमा कम्युनिस्ट विचारधारा राख्नेहरूमाथि पूर्व पञ्चहरूले अत्याचार गर्न थालेपछि जाई लाग्नुको कुनै विकल्प नभएको उनी बताउँछन् । जनताले पालेका खसी–बोकादेखि अन्नबाली समेत पञ्चहरूको समूहले उठाउन थालेपछि उनी आन्दोलित भएका थिए ।

आन्दोलनले उग्ररूप लिन थाले पनि प्रहरीले पञ्चहरूका नेतालाई नियन्त्रणमा लिन सकेन । प्रहरीले नियन्त्रणमा लिन नसकेपछि उनले आफैं नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । गाउँमै दोहोरो झडप भएको ३ वर्षपछि उनीमाथि पूर्व पञ्चहरूको समूहले बाटो ढुकेर ज्यानै मार्ने गरी आक्रमण गरेको थियो । सदरमुकाम म्याङलुङ बजारबाट घरतर्फ फर्किने क्रममा जिरिखिम्ती बजार नजिक पूर्व पञ्चहरूको एक समूहले बाटो ढुकेर उनीमाथि खुकुरी प्रहार गरेको थियो । अहिले पनि उनको निधारमा खुकुरीले काटेको ‘डाम’ छ । 

एमाले जिल्ला कमिटी तेह्रथुमले हेलिकप्टर बोलाएर उनलाई काठमाडौं पठायो । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने त्यो बेला एमाले तेह्रथुमको सचिव थिए । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले गुरुङको उपचारका लागि हेलिकप्टर नमगाएको भन्दै एक एमालेका नेताले सीडीओमाथि हातपात नै गरेका थिए । उपचारपछि गाउँ फर्किएर उनी राजनीतिमै सक्रिय भए ।

माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वबाट विस्थापित भएर काठमाडौं गएर बसे उनी । काठमाडौंमा कांग्रेसका नेताहरूले उनलाई सहयोग गरेपछि राजनीतिक धार समेत बदले । उनी नेपाली कांग्रेस लालीगुराँस नगर कमिटीका अध्यक्ष छन् । 

उनले ५ पटक प्रतिद्वन्द्वीलाई पछि पार्दै चुनावमा विजय हासिल गरिसकेका छन् । ५ दशक जनप्रतिनिधि बनेका गुरुङको कार्यशैलीबाट जनता पनि खुशी छन् । विकासका मोडल समेत मानिएका गुरुङले जनताको काम गर्दा कुनै भेदभाव गर्दैनन् ।

लालीगुराँस नगरपालिकामा मेयर अर्जुन मावोहाङका बुवा स्व. डम्बरबहादुर मावोहाङ र गुरुङ समकालीन हुन् । डम्बरबहादुर तत्कालीन वसन्तपुर गाविसका अध्यक्ष हुँदा गुरुङ सोल्मा गाविसका अध्यक्ष थिए । दुवै जनाले कांग्रेसको राजनीति पनि सँगै गरे । अर्जुनको मेयरमा यो दोस्रो कार्यकाल हो ।

बुवाका समकालीन गुरुङले अर्जुनलाई जिताउन ठूलो भूमिका खेलेका छन् । छोराको मातहत बसेर समेत उनले एउटै पदलाई दोहोर्‍याइरहेका छन् । जनताको सेवा गर्ने भएकाले पद ठूलो र सानो नहुने उनी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x