२६ जेठ २०८३, मंगलबार

चिनियाँ प्रधानमन्त्रीद्वारा १ लाख प्रशासकसँग भिडियो कन्फरेन्स

जेठ १५, २०७९
चिनियाँ प्रधानमन्त्रीद्वारा १ लाख प्रशासकसँग भिडियो कन्फरेन्स

चिनियाँ केन्द्रीय सरकारले बुधबार एक लाखभन्दा बढी प्रशासकसँग आपतकालीन बैठक गरेको छ ।  सरकारी मिडियाका अनुसार, बैठकमा शीर्ष नेतृत्वले लकडाउनले प्रभावित अर्थतन्त्रलाई स्थिरतामा ल्याउन नयाँ कदमहरु बताएका थिए। 
सरकारी स्वामित्वको ग्लोबल टाइम्सको समाचार अनुसार राज्य परिषदद्वारा आयोजित अप्रत्याशित भिडियो टेलिकन्फ्रेन्समा प्रान्तीय, सहर र काउन्सिलस्तरका अधिकारी उपस्थित थिए। 
उच्च पदस्थ नेता र देशका प्रधानमन्त्री ली खछ्याङले रोजगारी दर टिकाई राख्न र बेरोजगारी घटाउनका लागि कदम चाल्न आग्रह गरे।

मार्चमा कोभिड लहर फैलिएदेखि विश्वको दोस्रो ठूलो अर्थतन्त्रले विभिन्न क्षेत्रहरूमा कठिनाई सामना गरिरहेको छ । कोरोनाको विस्तार रोक्न उसले कैयौं सहर त्यसमा पनि विशेषत वित्तीय हब शाघाई लगाइएको लकडाउनले अर्थतन्त्रमा असर गरेको छ। 
लीले सम्बोधनको क्रममा अर्थतन्त्रका केही हिस्सामा मार्च र अप्रिलमा देखिएको असर कोरोनाभाइरसको प्रारम्भिक प्रकोपको बेला अर्थात २०२० को भन्दा बढिरहेको बताएका थिए । उनले यसमा बेरोजगारी दर, न्युन औद्योगिक उत्पादन र कार्गो यातायात लगायतका धेरै सूचकहरूलाई औंल्याए ।

salt training

कमेन्ट गर्नुहोस्