साउन ३०, २०७९
लुम्बिनी प्रदेशबाट ह्याट्रिक (लगातार ३ पटक चुनाव जितेका) गरेका नेता ५ जना छन् । रूपन्देहीबाट नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्घाखाँचीबाट एमालेकै सचिव टोपबहादुर रायमाझी, दाङबाट नेकपा माओवादी केन्द्रका प्रभ...
काठमाडाैं | जेठ १५, २०७९
तारा एयरको विमान हराइरहेको भनिएको मुस्ताङको कोवाङ क्षेत्रमा बाक्लो हुस्सु लागेपछि खोजी कार्यमा समस्या भएको छ ।
बाक्लो हुस्सु लागेको हुँदा उक्त क्षेत्रमा विमान खोज्नका लागि हेलिकप्टर समेत जान सकेका छैन ।
मुस्ताङको थासाङ गाउँपालिकामा पर्ने कोवाङको धेरैजसो भाग हिमाली क्षेत्रमा पर्छ । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले कोवाङको माथिल्लो भेगमा जहाज दुर्घटनामा परेको अनुमान गरेको तर हिडेर कोवाङको माथिल्लो भेगमा पुग्न असाध्यै कठिन भएको बताए ।
‘कोवाङको माथिल्लो भेगमा जहाज हराइरहेको आशंका गरेर हेलिकप्टरहरूले खोजी गरिरहेका छन् । तर, त्यस क्षेत्रमा बाक्लो बादल लागेको हुँदा हेलिकप्टर पनि पुग्न सकिरहेका छैनन्’, उपाध्यक्ष हिराचनले बताए ।
शुरूमा मुस्ताङको टीटी ताल क्षेत्रमा जहाज हराइरहेको अनुमान गरिएको भए पनि टीटी ताल वरपर भने दुर्घटना नभएको लामाले बताए ।
‘म अहिले टीटी ताल नजिकै छु । यहाँबाट त्यस क्षेत्रमा पुग्न मलाई मोटरसाइकलमा पाँच मिनेट मात्रै लाग्छ । टीटी क्षेत्रमा जहाज दुर्घटना भएको छैन्’, लामाले भने, ‘कोवाङको माथिल्लो भेग धौलागिरी आइसफल तिर नै जहाज दुर्घटनामा हुनसक्ने हामीलाई लागेको छ । तर, त्यसतर्फ हेलिकप्टर पनि जान सकेको छैन ।’
थासाङ गाउँपालिका अन्तर्गतको कालिगण्डकी किनारमा भने हेलिकप्टर दुर्घटना नभएको स्थानीय हिराचनले जानकारी दिए ।
‘तल्लो क्षेत्रमा विमान दुर्घटना भएको भए हामीले थाहा पाइसक्थ्यौँ । माथिल्लो हिमाली क्षेत्रमा दुर्घटना भएको हुनसक्छ । त्यहाँ सम्पर्कको माध्यम हामीसँग पनि छैन’, उनले भने ।
लुम्बिनी प्रदेशबाट ह्याट्रिक (लगातार ३ पटक चुनाव जितेका) गरेका नेता ५ जना छन् । रूपन्देहीबाट नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्घाखाँचीबाट एमालेकै सचिव टोपबहादुर रायमाझी, दाङबाट नेकपा माओवादी केन्द्रका प्रभ...
सत्तारुढ ५ दलीय गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले बाँडफाँट टुंगो लगाएर प्रतिवेदन बनाउने तयारी गरे...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...
सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भए...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि ब...
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...